‘काउन्टर साइकल वफर खारेज गरौं, खुद तरलता सम्पत्ति अनुपात १५ % ताेकाैं’

<p>काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंक समक्ष काउन्टर साइकल वफर खारेज गर्नु पर्ने माग राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै बैंकर्स संघले काउन्टर साइकल वफर स्थगन गर्नु पर्ने माग राखेको हो । बैंकहरुको नाफा नियमित घट्दै गएपछि र बजारमा देखिएको लगानी योग्य रकमको अभावले ब्याजदरमा पार्नसक्ने प्रभावलाई कम [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंक समक्ष काउन्टर साइकल वफर खारेज गर्नु पर्ने माग राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव दिँदै बैंकर्स संघले काउन्टर साइकल वफर स्थगन गर्नु पर्ने माग राखेको हो ।

बैंकहरुको नाफा नियमित घट्दै गएपछि र बजारमा देखिएको लगानी योग्य रकमको अभावले ब्याजदरमा पार्नसक्ने प्रभावलाई कम गर्न अन्तर बैंक सापटीलाई अझ फराकिलो बनाई स्रोत परिचालनमा गणना गर्नका लागि काउन्टर साइकल बफरलाई २०७९÷८० सम्मको लागि स्थगन गर्नुपर्ने माग संघको छ ।

यस्तै, बैंकर्स संघले तोकिएको क्षेत्रमा प्रवाह गर्नुपर्ने न्युनतम कर्जा लगानीकोे अवधि १ वर्ष थप गर्ने, लघु, घरेलु तथा साना उद्योगको हालकोे कर्जा सीमा रु ३ करोड कायम गर्नुपर्ने, स्थानीय तहको निक्षेपको ८० प्रतिशत सम्म बैंकहरुले निक्षेपको रुपमा गणना गर्न सकिनेलाई निरन्तरता दिनुपर्ने माग राखेको छ । यद्यपि, अर्थमन्त्रालयले ८० प्रतिशत रकम निक्षेपमा राख्न पाउने व्यवस्थालाई निरन्तरता दिइसकेको छ ।

संघले खुद तरल सम्पत्ति अुनपात (एनएलए) १५ प्रतिशतमा घटाउनु पर्ने, मुलुक बाहिरबाट समेत लगानी प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय ग्रिन बण्ड र एनआरएन बण्ड लगायतका व्यवस्थाहरु लागू गर्नु पर्ने पनि माग राखेको छ ।

यस्तै, असल कर्जाको न्यूनतम नोक्सानी व्यवस्था १ प्रतिशत कायम गरिनुपर्ने, निक्षेपको ब्याजदरलाई समेत बेन्चमार्क गर्नुपर्ने, ऋणीको रिक्स प्रोफाइल हेरेर एक निश्चित समयावधि पछि प्रिमियम दर परिवर्तन गर्न सकिने व्यवस्था गर्नुपर्ने, एसेट म्यानेजमेन्ट कम्पनीेको नीतिगत व्यवस्था गर्नु पर्ने र बैंकिङ्ग कसुर तथा सजाय ऐन संशोधन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउनु पर्ने माग राखेको छ ।

अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समेत हालको े निक्षेप सुरक्षणको प्रिमियम दर उच्च रहेको हुनाले त्यसको पुनरावलोकन गर्नुपर्ने माग पनि संघको छ ।

Share News