काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप पुनः घट्न थालेको छ । लामो समयपछि साउनको अन्तिम साता बढेको निक्षेप भदौको पहिलो सातामा पुनः घटेको छ ।
नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा बैंकहरुमा ७ अर्ब रुपैयाँ घटेको छ । साउनको अन्तिम सातामा ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप भदौ पहिलो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँमा सीमित छ ।
त्यस्तै, कर्जा लगानी भने निरन्तर रुपमा बढीरहेको छ । साउनको अन्तिम सातामा ४१ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका बैंकहरुले भदौ पहिलो सातामा ४१ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गर्न सफल भएका छन् ।
निक्षेप घट्ने र कर्जा बढ्ने क्रम बढेसँगै बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेको छ । भदौ पहिलो सातामा बैंकहरुको सीडी रेसियो औषतमा ८८.४७ प्रतिशत पुगेको छ । जुन साउनको अन्तिम सातामा ८८.०७ प्रतिशत थियो ।