बैंकर्सको दशैं : वृद्ध आमाबुबाबाट टिका, नाती–नातिनालाई खेलाउनेदेखि तास खेल्नेसम्म, कसले कसरी मनाउँदैछन् ?
काठमाडौं । नेपालीहरुको महान पर्व दशैं हर्षाेल्लासका साथ मनाइन्छ । देशविदेशमा काम तथा अन्य शिलशिलाका लागि विदेशमा रहेका नेपालीहरु दशैंको बेलामा गाउँघरमा आएर रमाइलो गर्छन् । वर्षभरिको कामको थकान मेट्ने र आफन्तहरुसँग भेट जुराउने दशैं पर्वले नै हो । बैंकरहरुलाई वर्षभरि नै कामको चटारो हुन्छ । कार्यालय समयमा भेट्ने फर्सद नहुने बैंकर्सहरु यति बेला भने दशैं मनाउन गाउँ फर्किसकेका छन् । गोविन्द प्रसाद ढकाल गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)गोविन्द प्रसाद ढकाल दशैं मनाउन आफ्नो जन्म घर आँधीखोला गाउँपालिका स्याङ्जामा जाने बताउँछन् । उनले आफ्नो ८८ वर्षीय आमाको हातबाट टिका लगाउने बताए । ‘म अहिले पोखरामा छु, मेरो घर स्याङ्जा आँधीखोला गाउँपालिका हो, गाउँ जान्छ, मेरो दशैं सामान्य हुन्छ, मेरो ८८ वर्षको आमा हुनुहुन्छ, उहाँको हातको टिका लगाएर आशिर्वाद लिन्छु, अनि अन्य व्यक्तिहरुसँग पनि टिका लगाउँछु, दशैंको बेलामा घरमा नै बसेर रमाइलो गर्छु,’ उनले भने । शम्भु गौतम बैंकर्स तथा सिद्धार्थ बैंकका पूर्व सीईओ शम्भु गौतमको जन्मघर पोखरा हो । उनी अहिले पनि पोखरामा नै बस्छन् । उनले परिवारसँग नै दशैं मनाउने बताए । हिन्दुहरुको पर्व दशैं भएकाले आफन्तहरुसँग आशिर्वाद लिएर टिका लगाउने उनले बताए । ‘घरमा बस्ने हो, रमाइलो गर्ने हो, परिवारसँग दशैं मनाउने हो, परिवार तथा आफन्तहरुसँग भेटघाट र रमाइलो गरिन्छ,’ उनले भने । रविनादेशराज श्रेष्ठ मेगा बैंककी कायमुकायम प्रमुख कार्यकारी अधिकृत रवीनादेशराज श्रेष्ठ आफ्नो मामा–माइजु, फुपु र दाजु–भाउजुको हातबाट दशैंमा टिका लगाउने बताउँछिन् । आफ्नो नातिनीको पहिलो टिका भएकाले धेरै खुसी लागेको उनको भनाइ छ । ‘दशैंमा परिवारसँग बसेर मनाउने हो, छोरा दशैंको लागि घर आउँदै छ, मेरी नातिनीको पहिलो टिका हो, अझै रमाइलो हुने वाला छ, नातिनीलाई पनि टिका लगाउँछु, मेरो मामा माइजु, फुपु र दाइभाउजुको हातबाट टिका लगाउँछु,’ उनले भने । उनले दशैंमा देउताप्रति आस्था राखेको हुँदा त्यो पुरा गर्ने उनले बताइन् । जमरा रोपेकोले जेष्ठ नागरिकसँग गएर टिका लगाउँदै आशिर्वाद लिनले उनको भनाइ छ । साथै, दशैंमा तास खेल्ने, राम्रो लुगा लगाउने, खुसी बाड्ने उनले बताइन् । ‘दशैंमा देउताप्रति आस्था छ, देउताप्रतिको आस्था पुरा गर्छु, दशैंको पुजा गर्छु,जमरा रोपेकी छु, सबैलाई टिका लगाउँछु, आफ्नो जेष्ठ नागरिकसँग गएर मानसम्मान, आशिर्वाद लिन्छु, हाम्रो जीवन धेरै व्यस्त हुन्छ, दशैंमा भेटघाट गर्न पाइन्छ,’ उनले भनिन्, ‘दशैंमा आफन्तरुलाइ भेट्ने, तास खेल्ने, बच्चाबच्चीसँग जमघट गर्ने, मिठोमिठो खाने, राम्रो लुगा लगाउने, खुसी बाड्ने, खुसी हुने साथीहरु, आफन्तहरु छन् है भनेर मख्ख परेर नक्कल पारेर खाँदै घुम्दै हिड्ने हो ।’ नारायणदास मानन्धर प्राइम बैंकका सीईओ नारायणदास मानन्धर दशैंमा साथीभाइसँग रमाइलो गर्नुका साथै घुमघाम पनि गर्ने बताउँछन् । आफ्नो परिवार ठूलो भएकाले माहोल पनि रमाइलो हुने गरेको उनको भनाइ छ । उनले आफ्नो ८५ वर्षको बुबाको हातबाट दशैंको टिका लगाउने बताए ।
माछापुच्छ्रे बैंक २३औं वर्षमा प्रवेश, ल्यायो छुट र उपहारको बहार
काठमाडौं । माछापुच्छ्रे बैंक २२ औँ वर्षपार गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २२ वर्ष अघि पोखरामा क्षेत्रिय बैंकको रुपमा स्थापना भएको माछापुच्छ्रे बैंकले २२ वर्ष पुरा गरेर २३ औं वर्षमा प्रवेश गरेको हो । बैंकले ग्राहकको अगाध माया र अटुट विश्वास, नियमकारी निकायको मार्गदर्शन, सेयरधनी सदस्यको भरोसा, कर्मचारीको अतुलनिय योगदानको फलस्वरुप आजको दिनमा आईपुग्दा व्यवसायिक बैंकहरुमा अब्बल बैंकको रुपमा स्थापित हुन सफल भएको बताएइको छ । २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको अवसरमा बैँकले एक कार्यक्रम गरी २० वर्ष भन्दा बढी निरन्तर सेवा गरिरहेका कर्मचारीहरुलाई सम्मान गरेको छ । उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले २२ वर्ष सम्मका यात्रालाई सफल बनाउन योगदान दिने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै आगामी दिनहरुमा पनि अझ गुणस्तरीय बैंकिङ्ग सेवा दिंदै थप उत्कृष्ट सुविधाहरु प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसै सञ्चालक समितिका सदस्य रोशन के.सीले बैंकका संस्थापक अध्यक्ष स्वर्गीय सुर्य बहादुर केसीको योगदानलाई उच्च कदर गर्दै बैंकलाई यो स्थानमा ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण ग्राहक, नियमनकारी निकाय, सेयरधनी सदस्य, सम्पूर्ण कर्मचारी एंव शुभचिन्तकहरुलाई बधाई तथा धन्यवाद प्रकट गरे । साथै कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरु जयमुकुन्द खनाल र विश्वप्रकाश गौतमले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले सवल उत्कृष्ठ एंव विस्तारित भन्ने नाराका साथ बैंक पूँजी, व्यवसाय वृद्धि, शाखा सञ्जाल विस्तार एवं रोजगारी सिर्जना लगायत सबै हिसाबमा अग्रणी स्थानमा रहि समस्त राष्ट्रको आर्थिक विकासमा टेवा पुर्याउन निरन्तर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा लगायत नायव महाप्रबन्धक प्रसिद्ध राज अर्यालले आ–आफ्नो मन्तव्य राख्दै बैंकलाई आजको स्थानमा ल्याई पुर्याउन सहयोग गर्ने सम्पूर्ण निकाय, ग्राहक महानुभाव एंव शुभचिन्तकहरुलाई हृदय देखि नै धन्यवाद ज्ञापन गरे । साथै माछापुच्छ्रे बैंकले आफ्नो २२ औ वार्षिकोत्सबको अवसरमा विभिन्न क्यासब्याक तथा डिस्काउन्ट अफरहरु ल्याएको छ । जसको उपयोग बैंकले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरु (एमबीएल एम स्मार्ट, डेबिट तथा क्रेडिट कार्ड ) बाट लिन सकिनेछ । उक्त अफर अन्तर्गत बैंकका ग्राहकले फुडमाण्डूमार्फत् बैंकको क्रेडिट कार्ड प्रयोग गरी खाना अर्डर गर्दा २० प्रतिशत वा अधिकतम ३०० रुपैयाँ, एमबीएल एम स्मार्टमार्फत पहिलो पटक मोबाईल टपअप गर्दा १०% वा अधिकतम १०० रुपैयाँ, एमबीएल एम स्माटमार्फत ९ आश्विन २०७९ देखि २० आश्विन २०७९ सम्म हरेक दिन बिहानको ७ बजे बाट बिहानको ९ बजेसम्म २ घण्टाको अबधिमा २२२ भन्दा बढीको ५ वा सो भन्दा बढी कारोबार गरेको खन्डमा २२% वा अधिकतम २२२ रुपैयाँ, सीजी डिजिटल मार्फत क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा २०% वा अधिकतम १५०० रुपैयाँ सम्मको क्यासब्याकहरु (यो योजना दशमी सम्मको लागि मात्र), सेन्ट्रल बजार मार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी समान अर्डर गर्दा १०% वा अधिकतम १००० रुपैयाँ सम्मको छुट र आश्विन १५ गतेबाट दराजमार्फत डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २२% वा अधिकतम २२२२ रुपैयाँ सम्मको डिस्काउन्ट (यो योजना सिमित अवधिको लागि मात्र ) प्राप्त गर्न सक्नेछन् । स्थापनाकाल देखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. आफ्ना १६५ वटा शाखाहरु लगायत १७४ शाखा रहित बैंकिङ्ग , १० वटा एक्सटेन्सन काउण्टर गरी जम्मा ३४९ स्थानवाट १६०० भन्दा बढि कर्मचारी मार्फत ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गर्नुका साथै, बंैकको देशभर २०५ वटा एटीएमहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गरिरहेको छ । २२ वर्षअघि क्षेत्रिय बैंकको रुपमा स्थापना भएको बैंकले यस अवधिमा विभिन्न आरोह अवरोह पार गर्दै बैंकले प्रदान गर्ने हरेक सेवा र सुविधामा आफूलाई स्मार्ट बैंकको रुपमा परिचित गराएको छ । बैंकले २२ औँ वार्षिकोत्सवको अवसरमा आगामी दिनहरूमा ग्राहकको चाहना अनुसार अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधि मैत्री सुविधाहरुमा जोड दिने प्रतिवद्धता गर्दै बैंकको २२ वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहक शेयरधनी, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक महानुभावहरुमा बैंकले कृतज्ञता प्रकट गरेको छ ।
दशैंमा बैंक जाने सोचमा हुनुहुन्छ ? यी हुन् २६ बैंकका खुल्ने शाखा
काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दशैं बिदा ६ दिन दिएको छ । यसपटकको दशैं बिदा आज असोज १६ गते फुलपातीदेखि द्धाद्धशी असोज २१ गतेसम्म रहेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि दशैंमा बन्द रहनेछन् । तर, बैंकहरुले भने दशैं बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले छुट्टाछुट्टै सूचना प्रकाशन गरी आफ्ना निश्चित शाखाबाट मात्रै दशैंका बेलामा सेवा प्रवाह गर्ने बताएका छन् । वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकका केही शाखा खोल्ने गरेका हुन् । कृषि विकास बैंक बैंक अफ काठमाण्डु सेञ्चुरी बैंक सिटिजन बैंक सिभिल बैंकग्लोबल आइएमई बैंकहिमालयन बैंक कुमारी बैंक लक्ष्मी बैंक माछापुच्छ्रे बैंक मेगा बैंक नबिल बैंक नेपाल बैंक नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल एसबिआई बैंक एनएमबि बैंक प्राइम कमर्शियल बैंक सानिमा बैंक सिद्धार्थ बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक सनराइज बैंक एनआइसी एशिया बैंक एनसीसी बैंक प्रभु बैंक एभरेष्ट बैंक राष्ट्रिय वाणिज्य बैंक