कुमारी बैंकको विशेष योजना : मुद्दती खाता खोल्दा निःशुल्क जीवन बीमा
काठमाडौं । नेपालमै पहिलो पटक कुमारी बैंकले जीवन बीमा सुविधा सहितकोे कुमारी जीवन बीमा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत बैंकले मुद्दती रकम बराबरको आवधिक जीवन बिमा सुविधा निःशुल्क प्रदान गर्ने छ । यस योजना अन्तर्गत ग्राहकहरुले मुद्दती रकमको २ देखि १० गुणा वृद्धि गर्नुका साथै जीवन बीमा मार्फत जोखिम व्यवस्थापन गर्ने अवसर प्राप्त गर्न सक्नेछन् । यस योजनामा १८ देखि ५० वर्ष उमेर समुहका ग्राहकले न्युतम पचास हजार देखिको मुद्दती खाता खोल्न सक्नेछन् । सो योजना अन्तर्गत मुद्दती निक्षेपकर्ताले अधिकतम एक करोड रुपैयाँसम्मको जीवन बीमा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले निक्षेप अवधि सम्मका लागि जिवन बीमा सुरक्षण प्राप्त गर्नका साथै सोहि अवधिमा मुद्दती रकममा दुई देखि १० गुणासम्म प्राप्त गर्न सक्नेछन् । यस योजनाको बीमा प्रदायक कम्पनी महालक्ष्मी लाईफ इन्स्याेरेन्स कम्पनी रहेको छ ।
तिहार र छठमा बैंक जाँदै हुनुहुन्छ ! कुन बैंकका कुन-कुन शाखा खुल्छन् ?
काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दिपावली तथा छठ पर्वमा ६ दिन दिएको छ । यसपटकको तिहार बिदा सोमबार कात्तिक ७ गते कुकुर तिहार तथा लक्ष्मी पुजादेखि छठ पर्व अर्थात् कात्तिक १३ गतेसम्म रहेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि तिहार तथा छठमा रहनेछन् । तर, बैंकहरुले भने तिहार तथा छठ बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले छुट्टाछुट्टै सूचना प्रकाशन गरी आफ्ना निश्चित शाखाबाट मात्रै तिहार तथा छठका बेलामा सेवा प्रवाह गर्ने बताएका हुन् । वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकका केही शाखा खोल्ने गरेका हुन् । कृषि विकास बैंक बैंक अफ काठमाण्डु सेन्चुरी बैंक सिभिल बैंक एभरेष्ट बैंक ग्लोबल आइएमई बैंक हिमालयन बैंक लक्ष्मी बैंक माछापुच्छ्रे बैंक मेगा बैंक नबिल बैंक नेपाल बैंक एनसीसी बैंक नेपाल इन्भेष्टमेन्ट बैंक नेपाल एसबिआई बैंक एनएमबि बैंक प्रभु बैंक प्राइम कमर्शियल बैंक सानिमा बैंक सिद्धार्थ बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंक सनराइज बैंक एनआइसी एशिया बैंक राष्ट्रिय वाणिज्य बैंक
सानिमा बैंकको १०.९८ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत अर्थात् १ अर्ब १३ करोड २७ लाख रुपैयाँ बराबरको बोसन सेयर र ०.९८ प्रतिशत अर्थात् ११ करोड १० लाख ८ हजार रुपैयाँ बराबरको नगद लाभांश गरी कूल १०.९८ प्रतिशत अर्थात् १ अर्ब २४ करोड ३७ लाख ४६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । बैंकको प्रस्ताव गरेको उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयधरधनीहरुलाई वितरण गरिनेछ ।