नेपाल इन्भेष्टमेन्ट बैंकको छलाङ, सबै सूचक बढायो

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा २३.४७ प्रतिशत बढेको छ । बैंकले तीन महिनामा १ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले ९२ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशत बढेर २ अर्ब २१ करोड रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत बढेर ३३ करोड ३४ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१.८७ प्रतिशत बढेर १ अर्ब ७० करोड रुपैयाँ र सञ्चालन मुनाफा २३.४७ प्रतिशत बढेर १ अर्ब ६२ करोड रुपैयाँ छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ १९ पैसा बढेर २४ रुपैयाँ ९२ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १०.६३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १९२.३२ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड रुपैयाँ, जगेडा कोष ५.८६ प्रतिशत बढेर १६ अर्ब ९० करोड रुपैयाँ, निक्षेप ४.०६ प्रतिशत बढेर १ खर्ब ९२ अर्ब ३० करोड रुपैयाँ र कर्जा ७.०७ प्रतिशत बढेर १ खर्ब ६८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

कुमारी बैंकको नाफा १ अर्बभन्दा बढी, अधिकांश सूचकमा अब्बल

काठमाडौं । कुमारी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ८५.०७ प्रतिशत बढेको छ । बैंकले ३ महिनाको अवधिमा १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ५३.२५ प्रतिशत बढेर १ अर्ब ९७ करोड २२ लाख ६१ हजार रुपैयाँ, खुद फि तथा कमिशन आम्दानी ९.४४ प्रतिशत बढेर २६ करोड ५७ लाख ४६ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २७.५२ प्रतिशत बढेर २ अर्ब ३८ करोड २२ लाख ३९ हजार रुपैयाँ र सञ्चालन मुनाफा ८६.०१ प्रतिशत बढेर १ अर्ब ४३ करोड १३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । कुमारी बैंकको वितरण योग्य मुनाफा २६ करोड ४६ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६३ पैसा बढेर २७ रुपैयाँ २३ पैसा पुगेको छ । यस अवधिमा बैंकको मूल्य आम्दानी अनुपात ६.८३ गुणा छ भने प्रतिसेयर नेटवर्थ १४९.३६ रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ, जगेडा कोष १५.४४ प्रतिशत बढेर ७ अर्ब २६ करोड २१ लख २० हजार रुपैयाँ, कर्जा २.१४ प्रतिशत बढेर १ खर्ब ५५ अर्ब ८२ करोड रुपैयाँ र निक्षेप १.५८ प्रतिशत घटेर १ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंकको नाफा पौने २ अर्ब, ईपीएस ५९.६२ रुपैयाँ पुग्यो

काठमाडौं । एनआईसी एशिया बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ४९ प्रतिशतले बढेको छ । खुद नाफा ४९ प्रतिशतले बढ्दा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, बैंकको कर्जा २ खर्ब ७३ अर्ब १० करोड रुपैयाँ र निक्षेप संकलन ३ खर्ब ८ अर्ब १८ करोड रुपैयाँ पुगेको छ । बैंकको स्वपूँजीमा प्रतिफल २६.५५ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर आम्दानी ५९.६२ रुपैयाँ रहेको छ । स्वपूँजीमा प्रतिफल र प्रतिसेयर आम्दानी बाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकले जनाएको छ । बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्कृय कर्जालाई प्रथम त्रयमाससम्ममा ०.५९ प्रतिशतमा सीमित राख्न सफल भएको छ । बैंकले पहिलो त्रैमासमा २ लाखभन्दा बढी नयाँ ग्राहकहरू थप गर्दै ३४ लाखभन्दा बढी ग्राहक पुगेका छन् । बैंकका अनुसार कुल कर्जा लगानीको अंशमा करिब ८४ प्रतिशत साना तथा मझौला र रिटेल प्रकारका रणनीतिक क्षेत्रहरूमा कर्जा विस्तार गरेको छ । साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरू भन्दा यस बैंक अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ । बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।