विकास बैंकको नाफा ३० प्रतिशत घट्यो, सांग्रिलाको १३७ प्रतिशत बढेपनि मुक्तिनाथ अग्रस्थानमा
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ वटा विकास बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका विकास बैंकहरुको समग्रमा ३० प्रतिशत भन्दा बढी नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विकास बैंकहरुको खुद नाफा ३०.३७ प्रतिशत घटेर १ अर्ब ८ करोड ८२ लाख ७० हजार रुपैयाँ मात्रै आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी ११ बैंकले १ अर्ब ५६ करोड ३० लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । असोज मसान्तसम्ममा विभिन्न ४ वटा विकास बैंकको नाफा भने बढेको छ । जसमध्ये शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४२ प्रतिशत बढेर २० करोड ९१ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, प्रतिशतका हिसावले सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको नाफा १३७ प्रतिशत वृद्धि भएको छ । यस अवधिमा बैंकले ५ करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, गरिमा विकास बैंकको नाफा ४.८३ प्रतिशत बढेर १९ करोड ३३ लाख २८ हजार रुपैयाँ र मितेरी डेभलपमेन्ट बैंकको १.१५ प्रतिशत बढेर २ करोड ५६ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । विभिन्न ७ वटा बैंकहरुको नाफा घटेको छ । जसमा २ वटा बैंक नोक्सानीमा छन् । लुम्बिनी विकास बैंकको ६६.६७ प्रतिशत घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । असोज मसान्तसम्ममा मुक्तिनाथ विकास बैंकको नाफा पनि घटेको छ । बैंकले गत वर्षको तुलनामा ११ प्रतिशत घटेर ३० करोड ७४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । बैंकको नाफा घटेपनि सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । यस्तै, ज्योति विकास बैंकको ५४ प्रतिशत घटेर १० करोड ९९ हजार रुपैयाँ, महालक्ष्मी विकास बैंकको ४८ प्रतिशत घटेर ११ करोड ९३ लाख ३९ हजार रुपैयाँ र कामना सेवा विकास बैंकको ७६ प्रतिशत घटेर ४ करोड १५ लाख ६१ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेका छन् । यस अवधिमा ग्रीन डेभलपमेन्ट बैंक १ करोड ७८ करोड ३६ लाख रुपैयाँ नोक्सानीमा छन । गत वर्षको सोही अवधिमा बैंकले ६ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यस्तै, नारायणी डेभलपमेन्ट बैंकको नोक्सानी बढेको छ । बैंक गत वर्ष ८ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा थियो भने बढेर १ करोड ६७ लाख ८१ हजार रुपैयाँ पुगेको छ ।
सिटिजन्स बैंकद्वारा क्यास डिपोजिट मेसिन मार्फत नगद जम्मा गर्ने सेवाको शुरुवात
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको शुरुवात २०७९ लक्ष्मी पूजाको दिनबाट गरेको छ । सो नवीनतम सेवा मार्फत अब ग्राहकहरुले कुनै भौतिक फारम बिनानै सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ । यस सेवा अन्तर्गत ग्राहकहरूले क्यास डिपोजिट मेसिनबाट १,००० र ५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेको छ । यस सेवाबाट ग्राहकहरूले शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुने भन्ने विश्वास बैंकले लिएको छ । बैंकले यो सेवा हालको लागि आफ्नो दरवारमार्ग शाखा नारायणहिटी पथ, काठमाडौंमा सञ्चालन गरेको र यस सेवालाई निकट भविष्यमा देशका अन्य शाखाहरूमा समेत विस्तार गर्ने योजना बनाइरहेको छ । कार्यक्रमको आरम्भ समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेले आधुनिक बैंकिङ्गको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङ्गलाई सिटिजन्स बैंकले अत्यन्त प्रभावकारी ढंगले अगााडि बढाएको र शसक्त ढंगले गा्रहक मैत्री सेवा अझ सहज, सुरक्षित, सर्वसुलभ, र विश्वास योग्य बनाईएको बताएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नाफा वृद्धिमा कुमारी आक्रमक बन्दा एनआईसी एक नम्बर, सनराइज ओरालो लाग्यो, कुन बैंकको कति ?
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । चालु आर्थिक वर्षको ३ महिनामा वाणिज्य बैंकहरुको खुद नाफा ६ प्रतिशत बढेको छ । तरलता असहज रहेको अवस्थामा बैंकहरुको नाफा नढ्ने अनुमान गरिएकोमा ३ महिनामा ६ प्रतिशत मात्रै बढाएका हुन् । २६ वटा वाणिज्य बैंकहरुको खुद नाफा ५.९३ प्रतिशत बढेर १८ अर्ब ७५ करोड ५६ लाख १५ हजार रुपैयाँ आर्जन गर्न सफल भएका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले १७ अर्ब ७० करोड ५७ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । २६ वटा बैंकहरुमध्ये १२ वटा बैंकको खुद नाफा भने घटेको छ भने बाँकी १४ वटा बैंकको नाफा बढेको छ । तीन महिनाको अवधिमा एक अर्ब भन्दा बढी नाफा आर्जन गर्नेमा ६ वटा वाणिज्य बैंक रहेका छन् । अन्य सबै बैंकको नाफा करोड क्लबमा छ । जसमध्ये सबैभन्दा धेरै एनआईसी एशिया बैंकको नाफा बढेको छ । बैंकले यस अवधिमा १ अर्ब ७५ करोड ६७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, दोस्रोमा नबिल बैंकले १ अर्ब ५७ करोड १५ लाख ३७ हजार रुपैयाँ, तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २४ करोड ६६ लाख ७८ हजार रुपैयाँ, चौंथोमा ग्लोबल आइएमई बैंकले १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ र पाँचौंमा नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब १४ करोड ५ लाख९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यस्तै, कुमारी बैंकले १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्ष एनएमबि बैंकले तीन महिनमा नै १ अर्ब नाफा कमाएकोमा यस वर्ष भने घटेर ९० करोड ४१ लाख ३४ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । यस अवधिमा सबैभन्दा कम नाफा सनराइज बैंकको रहेको छ । बैंकले १६ करोड ५८ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै, कृषि विकास बैंकले २२ करोड ९ लाख ५३ हजार रुपैयाँ, बैंक अफ काठमाण्डूले २८ करोड ६ लाख १५ हजार रुपैयाँ, सेञ्चुरी बैंकले ३१ करोड ८५ लाख १५ हजार रुपैयाँ, सिभिल बैंकले ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ, माछापुच्छ्रे बैंकले ४५ करोड ११ लाख ८३ हजार रुपैयाँ, सिद्धार्थ बैंकले ४९ करोड ८२ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छन् । यस्तै, प्राइम कमर्सियल बैंकले ८७ करोड ४१ लाख ७० हजार रुपैयाँ, एभरेष्ट बैंकले ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८१ करोड १३ लाख ९७ हजार रुपैयाँ, प्रभु बैंकले ७० करोड ५० लाख ६ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकले ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँ, नेपाल बैंकले ६० करोड ४० लाख ९८ हजार रुपैयाँ, सानिमा बैंकले ५४ करोड ८२ लाख २० हजार रुपैयाँ, हिमालयन बैंकले ५३ करोड २४ लाख ७५ हजार रुपैयाँ, एनसीसी बैंकले ५१ करोड ६८ लाख ३६ हजार रुपैयाँ, मेगा बैंकले ५० करोड ९१ लाख ६९ हजार रुपैयाँ, लक्ष्मी बैंकले ५० करोड ३४ लाख ७२ हजार रुपैयाँ र सिटिजन्स बैंकले ५० करोड १२ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । तीन महिनाको अवधिमा कुमारी बैंकल सबैभन्दा धेरै वृद्धि गरेको छ । बैंकले ८५ प्रतिशत नाफा वृद्धि गरेको हो । यस अवधिमा सनरइाज बैंकको नाफा भने झनै खस्किएको छ । सनराइज बैंकको नाफा भने ६१.४९ प्रतिशतले गिरावट आएको छ । (रकम हजारमा)