महालक्ष्मी विकास बैंकले घर बनाउन र उद्यम गर्न सस्तोमा कर्जा दिने
काठमाडौं । महालक्ष्मी विकास बैंकले घर निर्माण र उद्यम गर्न चाहानेको लागि विशेष कर्जा योजना ल्याएको छ । बैंकले एक विज्ञप्ती जारी गर्दै आवास कर्जा र द्यमशील कर्जा अन्तर्गत विशेष योजना ल्याएको जानकारी दिएको हो । बैंकले घर कर्जामा धितो मुल्याङ्कनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष तोकेको छ । घर निर्माणमा अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ । यस्तै, बैंकले व्यवसायिक कर्जा योजनामा धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुट जस्ता सुविधाहरु प्रदान गर्ने जनाएको छ। महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा बैंकका सम्पुर्ण शाखाहरुबाट उपलब्ध हुने बैंकले जनाएको छ ।
नेपाल एसबिआई बैंकका ग्राहकलाई दराजमा विशेष छुट
काठमाडाैं । नेपाल एसबिआई बैंक र अनलाइन सपिङ पाेर्टल दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम र दराजको तर्फबाट विधुतीय भुक्तानी तथा साझेदार विभागका प्रम’ख श्री अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । यस सम्झाैता अनुसार नेपाल एसबिआई बैंकका डेबिट कार्ड प्रयोगर्कताहरुले दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम १५% वा २५ सयसम्मको छुट र क्रेडिट कार्ड प्रयोगर्कताहरुलाई दराज अनलाइन सपिङ गरी भुक्तानी गर्दा अधिकतम २०% वा ३ हजारसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंककाे अनुसार यो योजना कात्तिक २५ गतेदेखि लागू हुनेछ ।
लुम्बिनी विकास बैंकले नुवाकोट बसपार्कको लागि दियो टिभी
काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिदुर नगरपालिकालाई टिभी र डिशहाेम सहयाेग गरेकाे छ । बैंकले नुवाकोटको बट्टार बसपार्कमा टिभी राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत बिदुर नगरपालिका का नगर प्रमुख राजन लाल श्रेष्ठलाई ४३ इन्चको रङ्गिन टेलिभिजन एक थान र डिशहोम एक थान प्रदान गरेकाे हाे । लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । बैंकले छिट्टै काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने जनाएकाे छ ।