एनएमबि बैंक र युएसऐड ट्रेडबीच १८.९ मिलियन अमेरिकी डलर लगानी भित्र्याउन सहकार्य

काठमाडौं । एनएमबि बैंकले ग्रिन फाईनान्सिङ्ग, जलवायु फाईनान्सिङ्ग र विदेशी तथा स्वदेशी लगानीलाई सहज बनाउन युएसऐड ट्रेड एण्ड कम्पिटिटिभनेससँगको सहकार्य पत्रमा हस्ताक्षर गरेको छ । यस सहकार्य अन्तर्गत बैंकले दिगो रूपमा लघु, साना र मझौला व्यवसायहरुको लागि वित्तीय पहुँच बढाउने छ । यस सहकार्यले प्रमुख केन्द्रमा रहेको कृषि, पर्यटन र डिजिटल सेवाहरूसँग सम्बन्धित आर्थिक अवसरहरूमा सहभागी हुन महिला, युवा र सीमान्तकृत समूदायलाई ऐक्यबद्ध हुन प्रवद्र्धन गर्नेछ । युएसऐड ट्रेड एण्ड कम्पिटिटिभनेस पाँच वर्षको १८.९ मिलियन अमेरिकी डलरको सहयोग हो जसले नेपाललाई उच्च गुणस्तर र उच्च मूल्यको निर्यातमा विविधता ल्याउन, आर्थिक रुपले पिछडिएकाहरुको लागी दिगो रोजगारी वृद्धि र आय सृजनाका अवसरहरू बढाउनको सहयाेग गर्दछ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।

कात्तिक २५ गतेदेखि कामना सेवाका ग्राहकलाई दराजमा ३ हजारसम्मको छुट

काठमाडौं । कामना सेवा विकास बैंक र दराज केयमुबीच सम्झाैता भएकाे छ । बैंक र दराजबीच बैंकका ग्राहकलाई दराजकाे ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको  हाे । कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराज द्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकमहानुभवहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ । दराजको ११.११ छुट योजना कार्तिक २५ गतेदेखि लागू हुने बैंकले जनाएक छ ।

प्रभु बैंकका ग्राहकले मुस्ताङ ताजको सेवामा १० प्रतिशत छुट पाउने

काठमाडौं। प्रभु बैंकका ग्राहकहरुले मुस्ताङको होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा छुट पाउने भएका छन्। प्रभु बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनको ‘फुड’, ‘वेभरेज’ र ‘लजिङ’ सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ। सम्झौता अन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट पाउने छन्।