महालक्ष्मी विकास बैंकले गर्याे विभिन्न संस्थालाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकका विभिन्न शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गतका कार्यक्रमहरु सम्पन्न गरेका छन् । बैंकको थापाथली शाखाले त्रिपुरेश्वरस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुलाई ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर सहयोग गरेको छ । संस्थामा अध्ययनरत बालबालिकाहरुको शिक्षामा थप टेवा पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बैंकले जनाएको छ । यस्तै, बैंकको न्युरोड शाखाले सराङकोट धार्मिक एवं पर्यटक क्षेत्र विकास समितिलाई पंञ्चमुखि गणेश मुर्ती स्थापनाको लागी ५० हजार रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोगबाट धार्मिक एवं पर्यटकीय विकासमा थप टेवा पुग्ने अपेक्षा बैंकले गरेको छ । यस्तै, बैंकको ठुटिपिपल शाखाले ओमसत्तिया गाँउपालिका १, रुपन्देहीमा रहेको श्री गंगा विशुन आधारभूत विद्यालयलमा अध्ययनरत बालबालिकाको लागि बाल उद्यान सम्बन्धी पिङ्ग, ढिके पिङ्ग लगायतका सामाग्री हस्तान्तरण गरेको जनाएको छ । मनोरञ्जनका गतिविधिहरुले बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ । यस्तै, बैंकको रुकुम शाखाले जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) लाई मिटिङ टेबुल हस्तान्तरण गरेको छ । प्रहरी कार्यालयको बैठक कक्षमा विभिन्न बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सहज हुने बैंकले विश्वास लिएको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने बताएको छ ।
३ विकास बैंकको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् । यतिबेला सेयरधनीहरुले लाभांश सिजनका रुपमा लिने गर्दछन् । वर्षभरिको कमाएको नाफा सेयरधनीहरुलाई वितरण गरिने भएकाले कम्पनीहरुले पनि धमाधम लाभांश वितरण गरिरहेका छन् । नेप्सेमा सूचीकृत १६ वटा विकास बैंकहरुमध्ये हालसम्म ३ वटा बैंकले मात्रै सेयरधनीहरुलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हुन् । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद गरी कूल १४.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस्तै, लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस र ९ प्रतिशत नगद लाभांश गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र ०.।७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यी तीन वटै विकास बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाइै वितरण गरिनेछ ।
एभरेष्ट बैंकको सर्लाहीमा १२३औं शाखा विस्तार
काठमाडौं । एभरेष्ट बैंकले सर्लाहीको लालबन्दीमा आफ्नो १२३ औं शाखा उद्घाटन गरेको छ । बैंकले देशका विभिन्न गाउँ तथा शहरहरुमा रहेका ग्राहकहरुलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उद्देश्यका साथ आज उक्त शाखाको विस्तार गरेको हो । उक्त शाखाको उद्घाटन लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा गरेका छन् । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरेका छन् । यो संगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगको छ । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई ५०,००० को चेक समेत हस्तान्तरण गरेको छ । उक्त उद्घाटन समारोहमा लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र कुमार बलमपाकी, लालबन्दी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष लाल बहादुर योञ्जन, हुलास गु्रपका महाप्रबन्धक मोती लाल टटेर, बैंकका मधेश प्रदेशका प्रादेशिक–प्रबन्धक विभूती न्यौपाने साथै बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।