नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन, बुधबार कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ४ प्रतिशत बोनसको लागि बैंकको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २४२.१२ रूपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको मंसिर २० गतेको अन्तिम कारोबार मूल्य अर्थात प्रतिकित्ता २५१.८० रुपैयाँलाई आधार मानेर सेयर मूल्य समायोजन गरेको हो । यससँगै बुधबारको सेयर बजारमा बैंकको पहिलो सेयर कारोबार समायोजित मूल्य (प्रतिकित्ता २४२.१२ रूपैयाँ) लाई नै आधार मानेर हुने छ ।
सानिमाको मोबाइल बैंकिङ्ग प्रयोग गर्ने १८ जना जोडीले सौराहा घुम्न पाउने
काठमाडौं । सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत १८ जना जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्नेछन् । यस योजनामा सहभागी हुन ग्राहकले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने छ जसमा २०० रुपैयाँ भन्दा बढि र कम्तिमा एउटा टपअप हुनुपर्नेछ । बैंकको अनुसार ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्नेछन् । यो योजना मंसिर २१ देखि पुस ९ गतेसम्म १८ दिनका लागू हुने बैंकले जनाएको छ । बैंकको अनुसार योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत गरेका कारोबारहरुलाई समावेश गरिने छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटिएम संचालनमा रहेका छन् ।
ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार खुला
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बिओके)को सेयर कारोबार फुकुवा भएको छ । ग्लोबल आइएमई र बिओके मर्जरको लागि प्रकृियामा गएपछि उनीहरुको सेयर कारोबार रोक्का भएको थियो । नेप्सेले मंगलबार सूचना जारी गर्दै दुवै बैंकको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको छ । नेप्सेले संस्थागत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार मंसिर २१ गतेदेखि लागु हुने गरी खुला गरेको छ ।