स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले सेयरधनीलाई १६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १६ प्रतिशतका दरले कर प्रयोजनसहित नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कात्तिक ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ । 

Share News