काठमाडौं । कृषि विकास बैंकका ग्राहकले अब बैंकको स्मार्ट प्लस मोबाइल एपबाटै डिसहोमका विभिन्न सेवा नवीकरण गर्न सक्ने भएका छन् ।
यो सुविधामार्फत ग्राहकले डिसहोम इन्टरनेट र आईपीटिभीको संयुक्त प्याकेज, इन्टरनेट र डीटीएच टिभीको संयुक्त प्याकेज तथा डिसहोम डीटीएच टेलिभिजन सेवा नवीकरण गर्न सक्नेछन् ।
यसका लागि ग्राहकले घरमै बसेर स्मार्ट प्लस एप प्रयोग गरी भुक्तानी गर्न सक्नेछन् । यसले सेवा नवीकरण गर्न कार्यालय वा सेवा केन्द्र धाउनुपर्ने झन्झट कम गर्नेछ ।
डिसहोमले ग्राहकलाई सहज सुविधा उपलब्ध गराउने उद्देश्यले विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट सेवा नवीकरण गर्न सकिने व्यवस्था गर्दै आएको जनाएको छ ।
कृषि विकास बैंकको स्मार्ट प्लस एपका साथै अन्य उपलब्ध विद्युतीय भुक्तानी माध्यमबाट पनि डिसहोमका सेवा नवीकरण गर्न सकिने कम्पनीले जनाएको छ ।