ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको सेयर कारोबार खुला

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू(बि‌ओके)को सेयर कारोबार फुकुवा भएको छ । ग्लोबल आइएमई र बि‌ओके मर्जरको लागि प्रकृियामा गएपछि उनीहरुको सेयर कारोबार रोक्का भएको थियो । नेप्सेले मंगलबार सूचना जारी गर्दै दुवै बैंकको सेयर कारोबार फुकुवा गरेको जानकारी दिएको छ । नेप्सेले संस्थागत सेयरधनी बाहेकको सेयरधनीको सेयर कारोबार मंसिर २१ गतेदेखि लागु हुने गरी खुला गरेको छ ।

एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं । एनएमबि बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजीको १ अर्ब ५१ करोड ५२ लाख ५३ हजार २४१ रुपैयाँ बराबरको नगद  लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ

साना किसान विकास लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६८४२१०५३ प्रतिशत नगद गरी कूल २७.३६८४२१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तको हाल चुक्ता पूँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७ रुपैयाँ रहेको छ । चुक्ता पूँजीको ४० करोड ६७ लाख ४७ हजार ५६९ रुपैयाँको बोनस सेयर र २ करोड १४ लाख ७ हजार ७६६ रुपैयाँको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।