राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर सार्वजनिक, कुन कर्जा कति महँगो ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले बचत खातामा न्यूनतम ७.१३३ प्रतिशतदेखि अधिकतम १०.१३३ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ । यस्तै, बैंकको मुद्दति निक्षेपमा भने बैंकले संस्थागत तर्फ १०.१३३ प्रतिशत र व्यक्तिगततर्फ १३.१३३ प्रतिशत ब्उाजदर प्रदान गर्ने भएको हो । बैंकले रेमिट्यान्स बचत खातामा १०.१३३ प्रतिशत र रेमिट्यान्स मुद्दती खातामा १३.१३३ प्रतिशत ब्याजदर ताकेको छ । बैंकले प्रकाशन गरेको ब्याजदर अनुसार बैंकको आधार दर ८.३३ प्रतिशत रहेको छ भने स्प्रेडदर ४.१६ प्रतिशत रहेको छ । बैंकले संथागत आवधिक कर्जाको लागि १३.५ प्रतिशतदेखि १५.५० प्रतिशतसम्म स्थिर ब्याजदर तोकिएको छ । बैंकले विभिन्न कर्जाहरुमा २ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम तोकेको छ । सबैभन्दा धेरै प्रिमियिम सेयर धितोमा जाने कर्जामा रहेको छ । जसमा ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम लिने भएको हा ।

पुसमा बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर नघट्ने, मंसिर कै लागू हुने

काठमाडौं । पुसमा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर नबढाउने भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुले मंसिर महिनाकै ब्याजदरलाई पुसमा पनि निरन्तरता दिने भएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले पुसका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार स्थिर राखेका हुन् । मंसिरको अन्तिम दिन आज बिहीबार बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर स्थिर राखेर सूचना प्रकाशन गरेका हुन् । यसअघि मंसिरमा वाणिज्य बैंकहरुले कात्तिकको ब्याजदरलाई मंसिरमा लागू गरेका थिए भने विकास बैंक तथा फाइनान्स कम्पनीहरुले भने ब्याजदर घटाएका थिए । तर, पुसमा भने बैंक तथा वित्तीय संस्थाहरुले मंसिरको ब्याजदरलाई यथावत राखेका हुन् । नेपाल बैंकर्स संघले तीन महिनामा ब्याजदर पुनरावलोकन गर्ने गरेको छ । बैंकर्स संघका अध्यक्ष अनिल उपाध्यायले तीन महिनामा बेस रेट परिवर्तन गर्नुपर्ने भएकाले सोही अनुसार नै छलफल गरेर ब्याजदरबारे निर्णय गर्ने गरेको बताए । विकास बैंकहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १२.८५ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा १०.८५ प्रतिशतसम्म ब्याजदरलाई तोकेका छन् । यस्तै साधारण बचत खातामा भने ९.५० प्रतिशतसम्म ब्याजदर तोकिएको छ भने रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । सोही ब्याजदर पुसमा लागू हुनेछ । यसअघि विकास बैंकहरुले मंसिरमा निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाएका थिए । फाइनान्स कम्पनीहरुले ब्यक्तिगत मुद्दती निक्षेपमा १३.३५ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११.३५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । साधारण बचत खातामा भने फाइनान्सको ब्याजदर १० प्रतिशतसम्म ब्याजदर तोकेका छन् । साही ब्याजदर पुसमा लागू हुनेछ । यसअघि फाइनान्स कम्पनीहरुले ३ महिनाको निक्षेपमा ०.२ प्रतिशत र १ वर्षभन्दा माथिको निक्षेपमा ०.१५ प्रतिशत ब्याजदर घटाएका थिए । वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत र संस्थागततर्फ ९.१३३ प्रतिशत ब्याज तोकेका छन् । रेमिट्यान्स मुद्दति खातामा १५.३३३ प्रतिशतसम्म ब्याज तोकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०।३३३ प्रतिशत ब्याज निर्धारण गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशन गरेको ब्याजदर पुस १ देखि लागू हुनेछ ।

७ प्रतिशत ब्याजदरमा निफ्रा बैंकको ५ अर्बको ऋणपत्र बिक्री खुला

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले आज (मंसिर २९ गते, बिहीबार) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधि भएको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५र८६’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ताले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको रकम ब्यक्तिगत तवरबाट बिक्री गरिनेछ । यस्तै, ४० प्रतिशत अर्थात् २० लाख कित्ताले हुन आउने २ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । जसमा ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले छिटोमा पुस ४ गतेसम्म र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा लगानीकर्ताहरुले न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । बैंकको ऋणपत्रलाई इक्राएनपी आईआर आइआर त्रिपल बी रेटिङ्ग प्रदान गरको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।