यस वर्ष लाभांश वितरण नगर्ने माछापुच्छ्रे बैंककाे घाेषणा

काठमाडौं । माछापुच्छ्रे बैंकले यस वर्ष लाभांश वितरण गर्ने भएको छ । शुक्रबार बिहान बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत वर्षको अन्तिममा कायम रहेको वितरणगोग्या मुनाफा संचित गर्ने निर्णय गरेको छ । बैकले यसअघि सेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा विभिन्न सेवामा छुट

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक र काठमाडौं क्यान्सर सेन्टर चाँगुनारायण बीच सम्झौता भएको छ। कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको हो। बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाईल बैंकिङ प्रयोगकर्ता, सबै ग्राहक तथा बैकका कर्मचारीहरुलाई काठमाडौं क्यान्सर सेन्टर, चाँगुनारायणमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। थ्रीडी सीआरटी सेवा, आइएमआरटी सेवा, भीएमएटी सेवा लगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ। सम्झौतापत्रमा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष अन्जनीकुमार झा र बैंकका वाग्मती प्रदेश प्रमुख दीपेन्द्रबाबु विष्टले हस्ताक्षर गरेका छन्। बैंकले १४८ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

नेपाल बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद बढी

काठमाडौं । नेपाल बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १ गते बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको २ प्रतिशत बोनस र १० प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्ने छ ।