महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस भन्दा नगद बढी
काठमाडौं । महालक्ष्मी विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत अर्थात् १६ करोड ४ लाख ३५ हजार ३३१ रुपैयाँ बोनस सेयर र ६.४७ प्रतिशत अर्थात् २५ करोड ९५ लाख ४ हजार १४७ रुपैयाँ नगद गरी कूल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी साधारण सभाले पारि गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले स्कारपिओ र टिप्पर बेचेर रकम असुल्दै
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले ऋण कर्जाको धितो सवारी साधन सम्पतिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीले पौष १७ गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ । राम कृष्ण अधिकारीको नाममा मालपोत कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा दर्ता कायम रहेको वडा नं. ८ स्थित कित्ता नम्बर २११ को जम्मा क्षेत्रफल ०–८–० विगाह जग्गा र सोहिमो जग्गामा बनेका घरहरु समेत बिक्री गरिनेछ । यस्तै, सवारी धनी नेपाल इन्भेष्टमेण्ट बैंक रहेको ऋणी पुरुषोत्तम अधिकारीको बा १७ च ५६३८ नम्बरको महिन्द्रा एण्ड महिन्द्रा मोडलको महिन्द्रा पिकअप स्कारपिओ गाडी र ना ७ ख २१४१ नम्बरको टाटा एचसीवी टिप्पर बिक्री गर्ने भएको हो । साथै व्यक्तिगत जमानी दिएका र धितो सुरक्षण दिएकाले लिलाम बिक्री हुने समय अगावै आफूले कबूल गरेको रकम ऋणीलाई तिर्न लगाउनुहुन वा आफैले तिरी आफ्नो दायित्व पुरा गर्नुहुन बैंकले अनुरोध गरेको छ । उक्त सम्पतिहरु के कति रकममा किन्ने हो प्रष्ट खुलाई आवेदन पेश गर्नु पर्नेछ । बोलपत्र साथ आफूले कबुल गरेको रकमको कम्तिमा १० प्रतिशत रकम धरौटी जम्मा गर्नुपर्नेछ । सिलवन्दी बोलपत्रहरु पौष १८ गते वा उक्त दिन विदा परे भोलिपल्ट दिनको ३ बजे खोलिनेछ ।
शाइन रेसुङ्गाको साधारण सभा पुस २५ गते, १४ प्रतिशत लाभांश पारित गर्ने
। शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १४ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले पुस २५ गते बिहान ११ बजे ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटल मणिग्राम रुपन्देहीमा वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्ने, सञ्चालक नियुक्ती अनुमोदन गर्नेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ५ अर्ब ५१ करोड ९ लाख रुपैयाँको १३.३० प्रतिशत अर्थात् ५० करोड २८ लाख ७४ हजार १९८ रुपैयाँ बोनस सेयर र ०.७० प्रतिशत अर्थात् २ करोड ६४ लाख ६७ हजार ६३ रुपैयाँ नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस सेयर वितरणपश्चात् चुक्ता पूँजी बृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने, वैदेशिक भ्रमण भत्ता तथा सुविधाहरु निर्धारण गरी नियमावली संशोधन गर्ने, कर्पोरेट कार्यालय सम्बन्धी व्यवस्था प्रबन्धपत्र तथा नियमावलीमा थप गर्नेछ । यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति र समाहित गर्न उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमती पत्रमा हस्ताक्षर गर्ने, सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्गन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट फेरबदल गर्न निर्देशन भएमा आवश्यकता अनुसार सोमा थपघट, परिमार्जन, संशोधन तथा सच्याउनका लागि सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी प्रदान गर्नेछ । बैंकले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १२ गतेदेखि पुस २५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेन्जमा पुस ११ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।