माछापुच्छ्रे बैंकको मोबाइल एप ह्याकरले पासवर्ड पाए पनि ह्याक गर्न नसक्ने

काठमाडाैं । माछापुच्छ्रे बैंकले आफ्नो मोवाईल बैंकिङ्ग एपमा नयाँ प्रविधी थप गरेकाे छ । बैंकले  मोवाईल बैंकिङ्ग एप एमबिएलएम स्मार्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको हो । पछिल्लो समय मोबाईल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनाधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न बैंकले मोबाईल बैंकिङ्ग एपमा एसएमएस प्रमाणिकरण प्रविधि थप गरेको जनाएकाे छ । बैंकले यस प्रविधिको शुरुवात गरे सँगै ह्याकरले ग्राहकबाट ओटिपी प्राप्त गरी मोबाइल बैंकिङ्ग एपमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ । ह्याकरहरुले कुनै पनि माध्यमबाट ओटिपी पाए पनि माेबाइल बैंकिङ एप ह्याक गर्ने नमिल्ने बैंकले जनाएकाे छ ।  

कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश दिने, बोनस कति ?

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो, अब कहिलेसम्म ?

काठमाडौं । एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने समय थप गरिएको छ । बैंकले पुस २५ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा माघ ९ गतेसम्म आवेदन दिने समय थप गरिएको हो । बैंकले वार्षिक ७.५० प्रतिशत ब्याजदरमा १० वर्ष अवधिको ‘एभरेष्ट बैंक उर्जा ऋणपत्र २०८९’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले २ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दर मूल्यका २० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १२ लाख कित्ता व्यक्तिगतका लागि र बाँकी ४० प्रतिशत अर्थात् ८ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा लगानीकर्ताले माघ ९ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिन्छ । साथै सिडिएससीको मेरो सेयर वेबसाइट वा एपबाट पनि सिआस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रलाई केयर नेपालले केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ ।