काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनाका लागि ब्याजदर प्रकाशन गरेका छन् । भदौ महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश केही बैंकले ब्याजदर बढाएका छन् भने केही बैंकले ब्याजदर घटाएका छन् । साथै, केही बैंकहरुले साउन महिनाको ब्याजदरलाई भदौमा यथावत राखेका छन् । साउनदेखि आफूखुशी ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले भदौमा पनि सोही परम्परा अपनाएका हुन् ।
भदौमानेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल बैंक, नेपाल एसबिआई बैंक र हिमालयन बैंकले ब्याजदर स्थिर राखेका छन् । साउन महिनाको तुलनामा भदौमा एनएमबि बैंक, प्राइम बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका हुन् ।
सिटिजन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आइमएई बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंकले साउनको तुलनामा ब्याजदर बढाएका छन् ।
भदौमा एनआईसी एशिया बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, कृषि विकास बैंक र नेपाल बैंकले संस्थगततर्फ ८.८९६ प्रतिशत र ब्यक्तिगततर्फ १०.८९६ प्रतिशत ब्याजदर तोकेका छन् ।
यस्तै, प्राइम बैंकको संस्थागततर्फ ८.५ प्रतिशत र ब्यक्तिगततर्फ १०.५ प्रतिशत, नबिल बैंकको संस्थागततर्फ ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४९ प्रतिशत, लक्ष्मी सनराइज बैंकको संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४ प्रतिशत र प्रभु बैंक र एभरेष्ट बैंकलेले समान संस्थागततर्फ ८ प्रतिशत र ब्यक्तिगततर्फ १० प्रतिशत ब्याजदर तोकेका छन् ।
यस्तै, एनएमबि बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक र राष्ट्रिय वाणिज्य बैंकले संस्थागततर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । तर, स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने व्यक्तिगततर्फ ६.९२ प्रतिशत र संस्थागततर्फ ८.९२ प्रतिशत ब्याजदर तोकेको छ ।