मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अर्घाखाँचीको एभरेष्ट ओल्ड होटेल र छाँया अस्पतालमा छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘एभरेष्ट ओल्ड होटेल अर्घाखाँची’ र ‘छाँया अस्पताल’ मा छुट हुने भएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो ग्राहकहरुलाई थप सेवा दिन अर्घाखाँचीको सन्धिखर्कमा रहेको ‘एभरेष्ट ओल्ड होटेल अर्घाखाँची र छाँया अस्पतालसँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले एभरेष्ट ओल्ड होटेल अर्घाखाँची को अकुमुडेसन एन्ड फूडमा र छाँया अस्पताल प्रालि को विभिन्न सेवाहरु जस्तै बेड चार्ज, सर्जरी, चेकअप, ओपिडि, ल्याब टेस्टहरुमा विशेष १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसस नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । ‍

सिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको कोल्हुवा शाखाले कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई दुई  र नवलपुरलाई १३ गरी कुल १५ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कम्पोस्ट बिन हस्तान्तरण गरेको बताएको छ । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष सुबासचन्द्र नेपाललाइ सो सामाग्री हस्तान्तरण गरेको बैंकले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । कम्पोस्ट बिनको प्रयोगले उपभोक्तका भान्छा घरमा प्रयोग भएका दैनिक उपभोग्य बस्तुहरु बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको बताएको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तनमा योगदान गर्ने योजना रहेको बताएको छ ।

सोमबार लक्ष्मी सनराइजको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

काठमाडौं । सोमबारको सेयर बजारमा लक्ष्मी सनराइज बैंकको सर्वाधिकर सेयर कारोबार भएको छ । बैंकको एकैदिन ७ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । सर्वाधिक कारोबार भएको बैंकको सेयर मूल्य पनि बढेको छ । दिनभरको बजारमा बैंकको सेयर रमूल्य बढेर प्रतिकित्ता १८१.२० रुपैयाँमा कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४.७१ प्रतिशतले बढी हो । सोमबारको सेयर बजार सामान्य अंकले बढेको छ । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ५.०९ अंकले बढेर १९९८.४८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२५ प्रतिशतले बढी हो । बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले बढेको छ । सो दिन हाइड्रोपावर, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । सबैभन्दा बढी होटल्स समूह ४५.२३ अंकले बढेको छ ।