व्यवसायीले कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा पाउने
काठमाडौं । अब उद्योगी व्यवसायीले कुल कारोबारको ५० प्रतिशतसम्म चालु पुँजी कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै ५० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सक्ने व्यवस्था गरेको हो । यसअघि ४० प्रतिशत रहेको सीमालाई बढाएर राष्ट्र बैंकले ५० प्रतिशत पुर्याएको हो । ‘इजाजतपत्रप्राप्त संस्थाले उद्यम व्यवसायको अपरेटिङ साइकल, क्यास कन्भर्सन साइकल, डेज सेल्स आउट स्टयाण्डीङ, इन्भेन्टरी कन्भर्जन पिरियड, लिड टाइम र एकाउन्ट्स पेईबल पिरियडको विश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक वश्लेषण गर्दा औचित्यपूर्ण देखिएमा कर्जा फाइलमा सो कारणहरु उल्लेख गरी अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम ५० प्रतिशतले हुन आउने रकमसम्म कुल चालू पुँजी कर्जा सीमा कायम गर्न सक्नेछन्,’ चालु पुँजी कर्जाको मार्गदर्शनमा उल्लेख छ ।
प्राइम बैंकले काठमाडौंमा घरजग्गा र कार बेच्दै
काठमाडौं । प्राइम कमर्सियल बैंकले गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका गैर बैंकिङ््ग सम्पत्तिहरु घरजग्गा तथा सवारी साधन बिक्री गर्ने भएको हो । बैंकको नाममा मालपोत कार्यालय साँखु काठमाडौंमा दर्ता कायम रहेको कागेश्वरी नगरपालिका ४ स्थित कित्ता नम्बर १३६१ को ०–४–३–३ को घरजग्गा र जग्गाले चर्चेको सम्पत्ति बिक्री गर्ने बैंकले जनाएको छ । यस्तै, बा २१ प ९५ नम्बरको टाटा मोटर्स हेक्सा २०१८ को मोडल भएको सवारी साधन बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको सम्पत्ति जे जस्तो अवस्थामा छ सोही अवस्थामा बिक्री गरिने जनाएको छ । सो सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी १५ दिनभित्र शीलबन्दी बोलपत्र पेश गर्न बैंकले आग्रह गरेको छ ।
लक्ष्मी सनराइज बैंकको सेयर नेप्सेमा सूचीकृत, सोमबारदेखि कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लक्ष्मी सनराइज बैंककाे सेयर सूचीकृत भएको छ । साविक लक्ष्मी र सनराइज बैंक मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट सेयर सूचीकृत भएको हो । आइतबार बैंकको कुल २१ करोड ६७ लाख २ हजार ३७९ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेले पहिलो कारोबारका लागि लक्ष्मी सनराइज बैंकलाई प्रतिकित्ता १७३.०५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । सोही मूल्यबाट सोमबारदेखि दोस्रो बजारमा कारोबार हुने छ । नेप्सेले मर्जरपछि बनेको लक्ष्मी सनराइज बैंकलाई ‘एलएसएल’ कारोबार संकेत प्रदान गरेको छ । साबिक लक्ष्मी र सनराइज बैंक १ः१ अनुपातमा मर्ज भएका हुन् । यी दुवै बैंकले गत असार २९ गतेबाट एकीकृत कारोबार सुरु गरेका थिए । नेप्सेले असार २९ गतेबाट मर्जर प्रयोजनका लागि यी दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।