एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा छुट

<p>काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा छुट हुने भएको छ । एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाइने बैंकले जनाएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय [&hellip;]</p>

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा छुट हुने भएको छ ।

एभरेष्ट बैंक र हिमालय दृष्य रिसोर्ट धुलिखेल बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । यो संगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त रिसोर्टमा १० प्रतिशत सम्मको आकर्षक छुट पाइने बैंकले जनाएको छ ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भए संगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले समेत सो विशेष छुटको लाभ लिन सक्नेछन् ।

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य के.सीको समेत उपस्थिति रहेको थियो ।

Share News