नारायणी डेभलपमेन्ट बैंकको सीईओमा रेग्मी नियुक्त
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा विष्णु रेग्मी नियुक्त भएका छन् । बैंकको भदौ २८ गते बसेको संचालक समितिको बैठकले रेग्मीलाई सीइओमा नियुक्त गरेको हो । रेग्मीले आजबाट सिइओको कार्यभार सम्हालेका छन् । सीइओ नियुक्त भएका रेग्मी भरतपुर महानगरपालिका वडा नम्बर १२ निवासी हुन् । रेग्मी यस अघि कुमारी बैंकमा सिनियर म्यानेजर थिए । प्रदेशस्तरीय बैंक रहेको सो बैंकको केन्द्रीय कार्यालय बाहेक चितवनमा मात्रै ५ वटा शाखा रहेका छन् भने अन्य शाखा पनि विस्तारको क्रममा रहेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकका गभर्नर अधिकारी र सेबोनका अध्यक्ष हमालबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालबीच भेटवार्ता भएको छ । राष्ट्र बैंकका अधिकारी र सेबोन अध्यक्ष्य हमालबीच सोमबार भेटवार्ता भएको हो । गभर्नर अधिकारी र सेबोनका अध्यक्ष हमालबीच भएको भेटमा पूँजी बजारका बारेमा छलफल भएको हो । पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।
एक महिनामा एक अर्ब नाफा गर्दै ग्लोबल आईएमई बन्यो नम्बर वान, एनआईसी एशिया नवौंमा झर्यो
काठमाडौं । चालु आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले ८ अर्ब ५२ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुले पहिलो महिनामा सो नाफा गरेका हुन् । साउनमा सबैभन्दा बढी नाफा गर्ने बैंक ग्लोबल आइएमई बनेको छ । यस बैंकले सबैभन्दा बढी ९९ करोड २० लाख रुपैयाँ नाफा गर्दै नम्बर वान बनेको छ । नबिल बैंकले साउनमा ७५ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । बढी नाफा गर्ने बैंकको तेस्रो नम्बरमा नेपाल इनभेष्टमेन्ट मेगा बैंक रहेको छ । यस बैंकले ७४ करोड ६० लाख, ६३ करोड १० लाख, कुमारीले ५७ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, प्राइम कमर्सियलले ४२ करोड ४० लाख, लक्ष्मी सनराइजले ४१ करोड ५० लाख र एनआईसी एशिया बैंकले ३८ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको छ । एनआईसी एशिया साउनमा नाफा गर्ने बैंकको नवौं नम्बरमा झरेको छ । यसअघि बैंक उत्कृष्ट चारमा आउँथ्यो ।