लक्ष्मी सनराइज बैंकले गर्यो नेपालगञ्जमा सेवा विस्तार
काठमाडौं । लक्ष्मी सनराइज बैंकले नेपालगञ्जमा आफ्नो शाखा स्थानान्तरण गरी सेवा विस्तार गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका नजिकै रहेका २ शाखाहरूमध्ये वडा नम्बर- २ कार्काँदो चोकको शाखा सोही वडाको न्यूरोडमा स्थानान्तरण गरिएकाे हाे । स्थानान्तरण गरिएका शाखाका साविकका ग्राहकहरूले सोही उपमहानगरपालिका- १८ स्थित पुष्पलाल चोकमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्ने बैंकले जनाएको छ । स्थानान्तरण भएसँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकमाझ बैंकिङ सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएकf शाखाले ग्राहक तथा व्यवसायलाई सबै प्रकारका रिटेल बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएकाे छ । साथै, बैंकले आफ्ना ग्राहकहरूलाई थप व्यवस्थित र सहज सेवा प्रदान गर्न भैरहवास्थित सिद्धार्थनगर नगरपालिका- ५ र ८ मा रहेका २ वटा शाखा गाभी सोही नगरपालिकाको वडा- ७ नारायणस्थान (साविक सनराइज बैंकको शाखा रहेको स्थानभन्दा ७०० मिटर उत्तरतर्फ) बाट संयुक्त कारोबार सुरु गरेको छ ।
राष्ट्र बैंकले बंगालीलाई सेयर बेच्न दिएन, पौने २ करोड कित्ता सेयर कारोबारमा ब्रेक
काठमाडौं । नबिल बैंकमा रहेको सेयर बिक्री गरेर बाहिरिने योजना बनाएको इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी)को योजनामा ब्रेक लागेको छ । नियामक नेपाल राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति नदिएपछि कम्पनीको बाहिरिने योजनामा ब्रेक लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचना जारी गर्दै आइफआईसीको सेयर खरिद बिक्रीको प्रक्रिया रोकिएको बताएको छ । नबिल बैंकको ६५८औं सञ्चालक समितिको बैठकले नबिल बैंकमा रहेका आईएफआईसी बैंकको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता सेयर खरिदबिक्रीको प्रक्रिया स्थगित भएको निर्ण गरेको नेप्सेले जारी गरेको सूचनामा उल्लेख छ । आईएफआईसीको नाममा रहेको सेयर बिक्री गर्नका लागि नबिलले २०७९ मंसिर १५ गते सूचना जारी गरेको थियो । उक्त सेयर खरिद गर्नका लागि नबिल बैंकका ठूला सेयरधनी विनोद चौधरीले लामो समयदेखि मिहिनेत गरिरहेका थिए । तर, नियामक राष्ट्र बैंकले सेयर खरिदबिक्रीको अनुमति नदिएपछि अन्ततः सो सेयर अब आईएफआईसीको नाममै रहनेछ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख गुरुप्रसाद पौडेलले सो सेयर खरिदबिक्रीमा राष्ट्र बैंकले केही ‘कन्सर्न’ राखेको धारणा राखे । ‘यस विषयमा केही कैफियतहरू छन्, करको विषय पनि छ, महालेखा परीक्षक कार्याललले पनि प्रश्न उठाएको छ, हामीले स्वीकृतिका लागि आउने बिक्तिकै अनुमति दिने कुरा हुँदैन, अहिले पनि साथीहरूले यो विषय अध्ययन गरिरहनु भएको छ,’ पौडेलले विकासन्युजसँग भने । नेपाल राष्ट्र बैंकले चाहेरै सो सेयर खरिदबिक्रीका लागि अनुमति नदिएको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘सेयर बिक्री गर्नको लागि अनुमति दिनु पर्ने कुनै कानुनी अड्चन नभएपनि व्यवहारिक रुपमा दिन सक्ने अवस्था भएन, हामीलाई अझैं पनि विदेशी बैंकको अभ्यास सिक्नु छ, राष्ट्र बैंक विदेशी लगानीकर्तालाई गुमाउने अवस्थामा छैन, आईएफआईसीलाई केही विकल्प दिएका थियौं । तर, सो विकल्पमा कुरा अगाडि नबढेपछि अहिलेको सेयर खरिदकर्तालाई सेयर खरिद गर्न दिन नसकिने गरी काम अगाडि बढेको हो,’ राष्ट्र बैंक स्रोतले भन्यो । आइएफआईसी बंगलादेशको सरकारी बैंक हो । यसले नेपाल बंगलादेश बैंकमा लगानी गरेको थियो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि अहिले आइएफआईसी नबिल बैंकको सेयरधनी बनेको छ । स्रोतका अनुसार सो सेयर खरिद गर्नका लागि विदेशी खरिदकर्ता नै हुनु पर्ने अडान राष्ट्र बैंकको थियो । तर, आइएफआईसीलले विनोद चौधरीको श्रीमती सारिका चौधरीको नाममा आवेदन दिएपछि राष्ट्र बैंकले अनुमति नदिएको बुझिएको हो । समब्धित सामग्री :बंगालीलाई नबिलको सेयर बेच्न राष्ट्र बैंकले दिएन, चौधरीको प्रयास अब ढुङ्गानालाई गभर्नर बनाउने
बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनमा प्रभु बैंकका ग्राहकलाई छुट
काठमाडौं । बागलुङको न्यु होटल पिस प्यालेस र होटल दि राजनमा प्रभु बैंकका ग्राहकलाई छुट हुने भएको छ । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई बागलुङ अवस्थित न्यु होटल पिस प्यालेस र होटल दि राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरुले भरिपुर्ण बागलुङ जिल्ला नेपालको उत्तरी र दक्षिणी भागका लागि व्यापारिक केन्द्रका रुपमा चिनिन्छ । अन्नपुर्ण, धौलागिरी, ढोरपाटन, मुस्ताङ्ग र डोल्पा क्षेत्रको भ्रमण गर्नेहरुका लागि ट्रान्जिट सेन्टरको रुपमा काम गरिरहेको बागलुङ झोलुङ्गे पुलहरुको जिल्लाको उपनामबाट परिचित छ । बैंकका अनुसार धौलागिरि र अन्नपुर्ण श्रृङ्खलाका मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय बागलुङ बाइकिङ्ग, -याफ्टिङ्ग तथा साहसिक चाहनेहरुका लागि उक्तम गन्तव्य स्थानका रुपमा लिईन्छ । कालिका भगवती मन्दिर, पन्चकोट, शालिग्राम संग्रहालय, गलकोट दरबार जस्ता धार्मिक तथा पुरातात्विक महत्वका स्थानहरुबाट समेत परिचित छ । त्यस्तै बागलुङको अर्को लोकप्रिय आकर्षण नेपालको एक मात्र इजाजतप्राप्त शिकार आरक्ष, ढोरपाटन शिकार आरक्ष जहाँ निलो भेडाहरुको प्रमुख बासस्थान रहेको पाईन्छ ।