नेपाल राष्ट्र बैंकले माग्यो धेरै संख्यामा कर्मचारी, १२ पासालाई पनि अवसर
काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि आवेदन खुलाएको छ । राष्ट्र बैंकले विभिन्न पदका लागि ५२ जना कर्मचरी माग गरेको हो । जसमध्ये प्रशासन तर्फ ३४ जना सहायक निर्देशको लागि राष्ट्र बैंकले आवेदन खुलाएको हो । यसका साथै सहायक प्रशासनका लागि १३ र सूचना प्रविधि तर्फ ५ जना सहायक पदका लागि आवेदन माग गरेको हो । राष्ट्र बैंकका अनुसा सहायक निर्देशकका लागि अर्थशास्त्र, व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर पास गरेको हुनुपर्ने छ । यसैगरी सहायकका लागि १२ पास गरेको हुनु गरेको पर्नेछ । सहायक सूचना प्रविधिका लागि कम्प्युटर इन्जिनियरिङ्ग, कम्प्युटर साईन्स इन्जिनियरिङ्ग, हार्डवेयर इन्जिनियरिङ्ग वा इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ्ग विषयमा ३ वर्षे डिप्लोमा पास गरेको हुनुपर्ने छ । इच्छुकले भदौ २० गतेसम्म अनलाईनबा आवेदन दिन सक्ने जनाइएको छ । दोब्बोर दस्तुर तिरेर भदौ २७ गतेसम्म आवेदन दिने मौका रहने राष्ट्र बैंकले जनाएको छ । https://www.nrb.org.np/contents/uploads/2024/08/external-vacancy-2081.pdf?fbclid=IwY2xjawErvjtleHRuA2FlbQIxMAABHdag7wOoGfFyPTtFT0mHZ_jLIpaC3trBd8fM7uO7AL_A7XD09FFy5pFXuw_aem_wKkOV0y81DfCq-E5VbKFwA
भदौमा पनि घटाए बैंकहरूले ब्याजदर, कुन बैंकको कति ?
काठमाडौं । भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरू ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले भदौमा मुद्दति निक्षेपमा औसत ०.२५ प्रतिशत ब्याज घटाएका हुन् । सार्वजनिक तथ्याङ्क अनुसार भदौमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत छ भने संस्थागततर्फ ५.३१ प्रतिशतमा झरेको छ । यसअघि साउनमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ६.६७ प्रतिशत थियो भने संस्थागततर्फ ५.४३ प्रतिशत थियो । साउन महिनाको तुलनामा भदौमा औसत व्यत्तिगततर्फ ०.२५ प्रतिशत र संस्थागततर्फ ०.४६ प्रतिशत घटेको हो । भदौमा विभिन्न १३ बैंकले ब्याजदर घटाएका छन् भने विभिन्न ५ बैंकको ब्याजदर स्थिर रहेको छ । कुमारी बैंक र प्राइम बैंकले भने भदौमा ब्याजदर बढाएका छन् । भदौमा एनआईसी एशिया र एनएमबि बैंकको ब्याजदर सबैभन्दा धेरै रहेको छ । यी बैंकले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका हुन् । सबैभन्दा कम ब्याज भने नेपाल बैंकको ५.२५ प्रतिशत रहेको छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको ब्याजदर घट्यो, आधारदर ६.३८ प्रतिशत
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले मुद्दति निक्षेपमा संस्थागतको ब्याजदर घटाएको छ भने व्यक्तिगततर्फको स्थिर राखेको छ । बैंकले भदौमा मुद्दति निक्षेपमा संस्थागततर्फ ४.५० प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गर्नेछ । बैंकले रेमिट्यान्स खातामा भने ८ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि साउनमा बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज प्रदान गरेको थियो । बैंकले भदौमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.०५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.०५ प्रतिशत तोकेको छ । यसअघि बैंकले साउनमा साधारण बचतमा ३.१० प्रतिशतदेखि ४.१५ प्रतिशत र रेमिट्यान्समा ५.१५ प्रतिशत ब्याजदर तोकेको थियो । बैंकको तीन महिनाको औसत आधारदर ६.३८ प्रतिशत रहेको छ । सो आधार दर बैंकले ५ प्रतिशतसम्म प्रिमियम दर तोक्नेछ ।