एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटीभी सेवामा छुट
काठमाडौं । एनआईसी एशिया बैंक र सिजी कम्युनिकेसन्स लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजन थापाले हस्ताक्षर गरे । यस सम्झौतासँगै बैंकका ग्राहकहरूले पहिलो पटक सिजी इन्टरनेट र आइपीटीभीको सेवा लिँदा व्यक्तिगत सेवामा २ हजार ५०० र संस्थागतरूपमा प्रयोग गर्दा २० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकले सिजी नेटको १५० एमबीपीएस, २५० एमबीपीएस र ३५० एमबीपीएस इन्टरनेट सेवा उपभोग गर्दा वार्षिक शुल्कमा २ हजार ५०० रुपैयाँ छुट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, इन्टरनेटसँगै आईपीटीभीको सेवा लिने नयाँ ग्राहकले पनि उक्त रकमको छुट प्राप्त गर्न सक्नेछन् । साथै हाल सेवा लिइरहेका ग्राउक्त सेवा नवीकरण गर्दा वार्षिक सेवामा थप एक महिनाको अतिरिक्त सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
मितेरी डेभलपमेन्ट बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत, यस्ता छन् अन्य सूचक
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा १०.०३ प्रतिशत घटेर १३ करोड ४ लाख २ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले १४ करोड ४९ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी २१.३२ प्रतिशत घटेर २० करोड ४३ लाख २४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले २५ करोड ९७ लाख ७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत असारसम्ममा बैंकले ३ करोड २६ लाख ६४ हजार रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी, ३० करोड ९५ लाख ४१ हजार रुपैयाँ कुल सञ्चालन आम्दानी र १८ करोड ६२ लाख ८८ हजार रुपैयाा सञ्चालन नाफा गरेको छ । बैंकको वितरणयोग्य नाफा १५ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस आधारमा बैंकको लाभांश क्षमता १२.८३ प्रतिशत छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १५ करोड ५७ लाख ३९ हजार रुपैयाँ थियो । १ अर्ब २१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडामा ३४ करोड ४२ लाख २३ हजार रुपैयाँ रहेको छ । गत असारसम्ममा बैंकले ६ अर्ब ५० करोड ६७ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब १७ करोड ८६ लाख २५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको प्रतिसेयर आम्दानी १०.७१ प्रतिशत छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१.११ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६४.२३ गुणा छ । समीक्षा वर्षमा बैंकको खराब कर्जा घटेको छ । अघिल्लो वर्ष ०.८१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष घटेर ०.२८ प्रतिशतमा झारेको छ । यस्तै, बैंकको रिटर्न अन इक्विटी ७.८८ प्रतिशत रहेको छ ।
बयालपाटा अस्पताललाई सांग्रिला डेभलपमेन्ट बैंकको अक्सिजन कन्सन्ट्रेटर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । बयालपाटा अस्पतालमा आयोजित कार्यक्रममा बैंकको साँफेबगर शाखाका शाखा प्रबन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई उपकरण हस्तान्तरण ग रे। निशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको ५० बेडको बयालपाटा अस्पतालमा दैनिक २००–२५० र वार्षिक ७०–८० हजार बिरामी उपचार लिने गरेको छ । डा. पाठकका अनुसार अक्सिजन कन्सन्ट्रेटरले बिरामीको उपचारमा अक्सिजन व्यवस्थापन गर्न थप सहजता पुर्याउनेछ । बैंकले यसअघि आव ०८०/८१ को सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र र रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि एक–एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइसकेको छ ।