धितोमा राखिएको बैंकको सेयर लिलामीमा आयो, मूल्य प्रतिकित्ता १२४ रुपैयाँ मात्र
काठमाडौं । सेयर बजारमा मूल्य घट्ने क्रम जारी रहेको बेलामा एक बाणिज्य बैंकको सेयर लिलामीमा आएको छ । प्रतिकित्ता १२४ रुपैयाँका दरले झण्डै एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ । सेन्चुरी कमर्शियल बैंकको ९३ हजार ६७४ कित्ता सेयर लिलामीमा आएको हो । त्यसमा ८९ हजार ४५६ कित्ता संस्थापक र ४ हजार २१८ कित्ता साधारण सेयर रहेको छ । सबै सेयरको मूल्य १ करोड १६ लाख २० हजार ५०० रुपैयाँ तोकिएको छ । जसमा प्रतिकित्ता सेयर मूल्य १२४ रुपैयाँ ५ पैसा पर्छ । आइतबार यस बैंकको साधारण सेयर प्रतिकित्ता १९१ रुपैयाँमा कारोबार भैएकाे थियाे । व्यवसायी सुरज शाक्यले नेपाल फाइनान्सको कर्जा तिर्न नसकेपछि धितोमा रहेको सेयर लिलामीमा आएको हो । शाक्यले ललित मण्डप ट्राफल्स एण्ड टुर्स प्रालिको नाममा तत्कालिन ललितपुर फाइनान्सबाट कर्जा लिएका थिए । उक्त कर्जा लामाे समय विवादमा परेकाे थियाे । विवाद ऋण असुली न्यायधिकरणामा पुगेकाे थियाे । न्यायधिसले गरेकाे फैसला अनुसार सेयर लिलामीको सूचना ऋण असुली न्यायाधिकरणले प्रकाशित गरेको छ ।
प्रभु बैंकका ग्राहक र कर्मचारीले द क्लिफको एड्भेन्चरमा छुट पाउने
कुश्मा । प्रभु बैंकका ग्राहक र कर्मचारीले द क्लिफको एड्भेन्चरमा छुट पाउने भएका छन् । उनीहरूले द क्लिफमा बन्जी, स्विङ, स्काइ साइक्लिङ लगायत एड्भेन्चर लगायतका गतिविधि गर्दा १० प्रतिशत नगद छुट पाउने भएका हुन् । जसको लागि बैंकले नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिसंग साझेदारी गरेको हो । सो साझेदारीमा प्रभु बैंकको मुख्य व्यवसाय केन्द्र अधिकारी शान्ति सेरचन र द क्लिफका प्रमुख कार्यकारी अधिकृत इश्वध्वज कार्कीले हस्ताक्षर गरेका छन् । उक्त छुट पाउन बैंकका ग्राहक तथा कर्मचारीले बैंकको मोबाइल एप, डेबिट कार्ड, क्रेडिट कार्ड मार्फत भुक्तानी गर्नुपर्ने द क्लिफका निर्देशक नेत्र पराजुलीले बताए । त्यस्तै, प्रभु बैंकले द क्लिफको रिसोर्ट तथा एड्भेन्चर परियोजना निर्माणको समयमा ऋण लगानी गरेको थियो ।
एनएमबि बैंकले ल्यायो रकम डबल हुने दुई मुद्दती योजना, धितोमा ८०% सम्म कर्जा दिने
काठमाडौं । एनएमबि बैंकले दुई नयाँ मुद्दती योजना ल्याएको छ । बैंकले ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ गरी दुई योजना सार्वजनिक गरेको हो । जसमध्ये ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार रुपैयाँ वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिनापछि सो रकम डबल हुनेछ । त्यसैगरी, ‘एनएमबि जन्मभूमि डबल मुद्दती योजना’ मा नेपालीहरुले वैदेशिक रोजगारीबाट रेमिट्यान्स आएको रकममा ७० महिनामै सो रकम डबल हुने बैंकले जानकारी गराएको छ । सोही योजना अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले आफ्नो मुद्दती रकमको ९० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा र उक्त कार्ड जारी गर्दा शुल्क नलाग्ने साथै मुद्दती रसिद धितोमा पनि ८० प्रतिशतसम्म कर्जा पाउन सकिने जानकारी गराइएको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।