नेपाली बजारमा जीएमडब्लुको शक्तिशाली ट्यांक सिरिजको धमाकेदार इन्ट्री
काठमाडौं । चिनियाँ अटोमोबाइल ग्रेट वाल मोटर्सले आफ्नो विश्वप्रसिद्ध र शक्तिशाली हाइब्रिड एसयूभी ब्रान्ड ट्यांकलाई नेपाली बजारमा आधिकारिक रूपमा बिक्री सुरु गरेको छ । जीएमडब्लुको नेपालका लागि आधिकारिक बिक्रेता भीजी इम्पेक्सले हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोमा सार्वजनिक गरिएका दुई बहुप्रतिक्षित मोडलहरू ट्यांक ३०० र ट्यांक ५०० को बिक्री सुरुवात गरेको हो । यो लन्चसँगै नेपालको प्रिमियम एसयूभी सेगमेन्टमा नयाँ र आक्रामक खेलाडीको प्रवेश भएको छ । जसले पावर, पर्फर्मेन्स र प्रविधिको बेजोड संयोजन प्रस्तुत गरेको छ । दमदार पावर र अतुलनीय पर्फर्मेन्स ट्यांक ३०० हाइब्रिड एसयूभी हो भने ट्यांक ५०० प्लगइन हाइब्रिड हो । २.० लिटर टर्बो पेट्रोल इन्जिन रहेको यी दुवै कारमा ९ स्पीड अटोमेटिक ट्रान्सिमिसन (एचआइ ४ टी) छ । ट्यांक ३०० हाइब्रिडले ३५१ पीएस पावर तथा ६४८ एनएम टर्क दिन्छ । त्यस्तै, प्लगइन हाइब्रिड ट्यांक ५०० ले ४०८ पीएस पिक पावर तथा ७५० एनएम टर्क दिन्छ । मूल्य र मोडलहरू कम्पनीले प्रतिस्पर्धी बजारलाई चुनौती दिँदै आकर्षक मूल्य निर्धारण गरेको छ । जसमा ट्यांक ३०० (५-सिटर एचइभी) को मूल्य १ करोड ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । यस्तै ट्यांक ५०० (७-सिटर लक्जरी पीएचइभी) को मूल्य २ करोड १५ लाख ९९ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । ट्यांक ३०० एक दमदार ५-सिटर अफ-रोड एसयूभी हो भने ट्यांक ५०० ले ७-सिटको फराकिलो स्पेससहित लक्जरी र पारिवारिक अनुभव प्रदान गर्दछ । कम्पनीका अनुसार सन् २०२१ मा अन्तर्राष्ट्रिय बजारमा डेब्यु गरेको त्ब्ल्प् ब्रान्डले छोटो समयमै विश्वभर ४ लाखभन्दा बढी युनिट बिक्री भई आफ्नो गुणस्तर र विश्वसनीयता प्रमाणित गरिसकेको छ । यसको शक्तिशाली हाइब्रिड प्रविधि, बलियो निर्माण र प्रिमियम विशेषताहरूले यसलाई विश्वव्यापी रूपमा लोकप्रिय बनाएको हो । नेपालको सन्दर्भमा यी एसयूभीहरू शहरको ट्राफिकदेखि लिएर पहाडका कठिन र कच्ची बाटोसम्म, सबै प्रकारका भू–भागका लागि उपयुक्त छन् । ७५० एनएमसम्मको टर्कले उकालो र अफ–रोडमा अतुलनीय शक्ति प्रदान गर्दा हाइब्रिड प्रविधिले शहरी ड्राइभमा इन्धन दक्षता बढाउँछ ।
नाडा अटो शो २०२५ मा टाटाका चार विद्युतीय मोडेल प्रदर्शन गरिने
काठमाडौं । टाटा इभीको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ नाडा अटो शो २०२५ मा तयारीसहित सहभागी हुने भएको छ । प्रदर्शनीको स्टल आ४८ मा टियागो ईभी, पन्च ईभी, नेक्सन के ३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय मोडेलहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहार उपलब्ध गराउने जनाएको छ । २०२५ टियागो ईभीमा दुई एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल–होल्ड कन्ट्रोल, कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन् । पन्च ईभीमा भ्वाइस–असिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड लेदर सिट, ६ एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सुविधा रहेको छ । यसले १९० मिमि ग्राउन्ड क्लियरेन्स र ५-स्टार सेफ्टी रेटिङ पाएको छ । नेक्सन के ३ ईभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, १२ इन्च टचस्क्रिन र नेपाली भौगोलिक अवस्थालाई सुहाउने अन्य सुविधाहरू छन् । कर्भ ईभीमा ५५ किलोवाट आवर ब्याट्री प्याक, ९८ किलोवाट मोटर, ५०० लिटर बुटस्पेस, १८६ मिमि ग्राउन्ड क्लियरेन्स र एडिएएस लेभल २ सहितका अत्याधुनिक सुरक्षा सुविधा उपलब्ध छन् । नाडा अटो शो २०२५ मा अटोप्रेमीहरूले यी गाडी प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर पाउनेछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यो प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने लक्ष्य राखेको छ ।
याडियाको भेलक्स स्कुटरमा ४० हजारको छुट
काठमाडौं । याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘विशेष सीमित स्टक अफर’ अन्तर्गत भेलक्स इलेक्ट्रिक स्कुटरमा ४० हजार रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ । यो छुटपछि २ लाख ८५ हजार रुपैयाँ पर्ने भेलक्स स्कुटर अब ग्राहकले २ लाख ४५ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार यो अफर सीमित स्टकका लागि मात्र हो र स्टक सकिएपछि स्कुटर पुरानै मूल्यमा बिक्री हुनेछ । याडिया भेलक्समा ३ हजार २०० वाटको शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १७२ एनएम टर्क उत्पन्न गर्छ । यसको अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टा रहेको छ । स्कुटरमा २.१ किलोवाट आवरको लिथियम-आयोन फस्फेट ब्याट्री छ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले १०० किलोमिटरको रेन्ज प्रदान गर्छ । यो ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता र लामो आयु सुनिश्चित गर्ने कम्पनीले बताएको छ । यसमा ग्राउन्ड क्लियरेन्स १७० एमएम, थप सुरक्षाका लागि फ्रन्ट र रियर दुवैमा सीबीएससहितको डिस्क ब्रेक, सजिलो पार्किङ र ह्यान्डलिङका लागि उपयुक्त छ । यसका साथै यसले लामो यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ । कम्पनीले भेलक्सको ब्याट्री र मोटर दुवैमा ३ वर्ष वा ५० हजार किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी प्रदान गरेको छ ।