काठमाडौँको कोरिडोर-अण्डरपासः जाम घटाउने उत्तम विकल्प
काठमाडौँ । केही महिना अघिसम्म काठमाडौँको मैतीदेवी–पुरानो बानेश्वर जोड्ने धाबी खोलामाथिको साँघुरो पुलमा दैनिक नै गाडी जाम हुँदा यात्रुलाई उदेक लाग्थ्यो । उक्त बाटो जाम हुने वित्तिकै छ तिरबाट आएका गाडी एकैचोटी रोकिन्थे । सामान्य अवस्थामा समेत यहाँ सडक जाम हुनु नौलो कुरा थिएन । बिदाको दिन बाहेक प्रायः बिहान ९ः०० देखि ११ः०० र साँझ ४ः०० देखि ६ः०० बजेको बीचमा अत्यधिक जाम हुन्थ्यो । गाडीको लाइन मैतिदेवी चोकदेखि पुरानो बानेश्वरसम्मै पुग्थ्यो । यहाँको असर काठमाडौँको मुख्य सडकसम्म आइपुग्थ्यो तर केही महीना भयो, यहाँ यात्रुले यति ठूलो सास्ती खेप्नु परेको छैन । प्रायः उक्त सडक प्रयोग गर्नुहुने शेखरचन्द्र राईलाई सो सडकमा ठूलो जामको समस्याले पिरोलेको छैन । “अहिले धेरै सहज भएको छ, बाँकी कोरिडोर र अण्डरपास खोल्न सके उपत्यकाको जाम धेरै घट्छ”, राईले भन्नुभयो । यसरी जाम कम हुनुको मुख्य कारण हो कोरिडोर र अण्डरपास ९पुल मुनीको सडक० सञ्चालन । धाबीखोला कोरिडोरको मैतीदेवी क्षेत्रको पुलमुनीको सडक सञ्चालन भएपछि भने यहाँको जाम हटेको छ । बानेश्वर पट्टीको अण्डरपास अझै खुल्न नसक्दा केही जाम बाँकी नै छ । सोही खोलाको रातो पुल, कालोपुल र भत्केको पुलमुनीका सडकसमेत सञ्चालनमा आएपछि भने साना सवारी साधान उक्त कोरिडोर हुँदै सहज रुपमा जान थालेका छन् । सबै क्षेत्र खुलाएर अण्डरपास गर्न सके जाम कम गर्न महत्वपूर्ण विकल्प हुने छ कोरिडोर । उपत्यकाका विभिन्न क्षेत्रका कोरिडोर सञ्चालनमा आएपछि भित्री सडक मात्रै होइन काठमार्डौँका मुख्य मार्गमा समेत जामको समस्या कम भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तराज पन्तले बताए । महाशाखाकै अगुवाइमा अण्डरपास गर्ने र कोरिडोर खुलाउने काम भएको हो । सामान्य काम गर्दा पनि महत्वपूर्ण उपलब्धि हुन्छ भन्ने उदाहरण ट्राफिक प्रहरीले पेश गरेको छ । ठेक्कापट्टातर्फ लाग्दा प्रशासनिक झन्झटलगायतका कारणले कुनै काम शुरु गर्न नै दुई÷तीन महीना लाग्ने तितो यथार्थ छ । यसलाई चिर्दै प्रहरीले स्थानीय तह तथा निजी कम्पनीको सहयोग लिएर तीन महीनाको अवधिमा उक्त काम गरेको हो । कतिपय बोलपत्र नै गर्नुपर्ने जस्ता काम समेत प्रहरीको अगुवाइमा विभिन्न सङ्घ संस्थाको सहयोगमा भएको छ । इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भन्ने यो दरिलो प्रमाण हो । “रुख उखेल्नु पर्ने ठाउँमा पनि उखेल्यौँ, माटो, ढुङ्गा, गिटी हटाउने र थप्ने ठाउँमा पनि खटियौँ, महानगर, वडा कार्यालय, निजी कम्पनीको सहयोग लिग्यौँ, कतिले व्यक्तिगत रुपमा डोजरसमेत सहयोग गर्नुभयो, त्यसैले यो प्रगति हासिल भयो”, उक्त अभियानको अगुवाइ गर्नुहुने महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ शाहले अनुभव सुनाए । उनका अनुसार तीन महिने अभियानमा धेरै क्षेत्रका अण्डरपास र कोरिडोर खोलिएका र आगामी दिनमा बाँकी कामलाई अगाडि बढाइने छ । “ठेक्का पट्टाले समस्या होला भनेर ट्राफिकको दृष्टिकोणले बढी दबाब देखेपछि ठेक्काबिनै काम गर्न सकिन्छ भनेर लागेका हौँ” उनले भने । कहाँ कहाँ खोलियो कोरिडोर ? ट्राफिक प्रहरीले २०७५ चैत २१ बाट सञ्चालन गरेको तीन महीने कार्ययोजनाको मुख्य लक्ष्य कोरिडोर सञ्चालन गर्ने थियो । उक्त अभियानमा दैनिक ३०० ट्राफिक प्रहरी खटिने गरेका महाशाखाले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अहिलेसम्म विष्णुमति कोरिडोरको बसपार्कदेखि भ्याली कोल्ड स्टोर्ससम्मको सडक सञ्चालन भएको छ । यहाँको अतिक्रमण समेत हटाएर बसपार्क पुलको अण्डरपाससमेत खोलिएको छ । धोबिखोला कोरिडोरको गोपिकृष्ण पुलदेखि अनामनगर सडकको सेतोपुलको पारी (पुरानो बानेश्वर पट्टि) बाहेक सबै अण्डरपास सञ्चालन भएका छन् । बालकुमारी कोरिडोरको नरेफाँट–शङ्खमुल सडकको केही क्षेत्र खोलिएको छ । आगामी योजना भने विष्णुमति कोरिडोरको भ्याली स्टोर्सदेखि बल्खुसम्म, बालकुमारीका अन्य बाँकी क्षेत्रमा काम गर्ने योजना प्रहरीको छ । अण्डरपासका कारण कतिपय ठाउँमा ट्राफिक बसेर सवारी पास गर्नुपर्ने र पालो गरेर जानुपर्ने अवस्था नरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । “अब हामीले त्यो क्षेत्रमा पिच गर्नका लागि सम्बन्धी कार्यालयलाई अनुरोध गरेका छौंँ, त्यसपछि अझै सहज हुने छ” उनले भने । उपत्यकामा झण्डै १२ लाख सवारी सञ्चालन हुन्छन् । अधिकांश निजी सवारी गुड्छन् । ट्राफिक जाम, धुलो, धुँवा प्रदूषण उपत्यकाको मुख्य समस्या हो । मापसे, तीव्र गति, चालकको लापरवाही, लेन मिच्ने, जथाभावी रोक्ने, हर्न बजाउने समस्या उपत्यकामा कायमै छ । पछिल्लो समय कारवाहीमा केही कडाइ गरेपनि पर्याप्त हुनसकेको छैन । लापरवाही बढ्दो छ । चिल्ला सडकमा हुने तीव्रगतिका कारण जीवन क्षति हुँदै आएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पहिलो कुरा हामी आफैँले आफैँलाई नियन्त्रण गर्नु जरुरी रहेकाले ढिलो हिंड्ने र छिटो पुग्नुपर्ने मानिसको बानीका कारण जामलाई जटिलता बनाएको बताए । उनले मानवीय रुपमा नभइ अब प्रविधिबाट ट्राफिक व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने आवश्यकता औंल्याए । रासस
पायोनियर मोटो कर्पद्वारा निसान गाडीहरूका लागि मनसुन एक्सचेन्ज मेला आयोजना, ५ लाखसम्म छुट
काठमाडौँ । नेपालमा निसान गाडीको आधिकारिक वितरक कम्पनि पायोनियर मोटो कर्पले निसान गाडीका लागि मनसुन एक्सचेन्ज मेला आयोजना गरेको छ । मनसुन एक्सचेन्ज मेला असार १६ देखिअसार २२ गते सम्म सन्चालन हुनेछ । मनसुन एक्सचेन्ज मेलाको सिमित अवधिसम्म ग्राहकहरूले विभिन्न आकर्षक अफरहरु जस्तै रू. ५ लाख सम्मको छूट, रू. ३ लाखसम्मको एक्सचेन्ज बोनस, रू. २५,००० सम्मको लोयल्टी बोनस, रू. २७,००० मुल्यको गाडी–एक्सेसरिजहरु, १ वर्ष सम्मको निःशुल्क बाटो कर, ३ वर्ष सरवीसिङका साथै ३ वर्षको वारेन्टीको सेवा आदि प्राप्त गर्न सक्छन् । मेलामा पुराना गाडीको अनुगमन गरी उचित मूल्याङ्कन र किस्ताबन्दीको सुविधापनि मेलामा नै तुरून्तै प्राप्त गर्न सकिनेछ । टेस्ट ड्राइभ गर्दा पनि ग्राहकहरुले उपहारहरु प्राप्त गर्नेछन् ।
धराशायी हुँदै गएको साझामा प्रदेश सरकार र महानगरको ४५ करोड लगानी, सोमबार २० सिटी बस एक साथ सञ्चालन
काठमाडौं । निरन्तर घाटामा गएपछि करिब १२ वर्ष बन्द भएर पुनः सञ्चालनमा आएको साझा यातायात फेरि विगतकै बाटोमा फर्किने संकेत गरेको बेला प्रदेश नम्बर ३ को प्रदेश सरकार, काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र साझा यातायातले ४५ करोड लगानी गर्ने भएको छ । ३ नम्बर प्रदेशले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललिपुर महानगरपालिकाले २ करोड ५० लाख र साझा यातायातले २ करोड ५० लाख बसमा लगानी गर्न लागेको हो । नेपाल विद्युत प्रधिकरले भने चार्जजिङ स्टेसनको व्यवस्था गर्ने भएको छ । साझा यातायातले ल्याएका २० वटा नयाँ बस असार १६ बाट सञ्चालनमा आउने भएको छ । साझा यातायातले आफ्नो २० वटा सिटी बस एक साथ सञ्चालनमा ल्याउन लागेको हो । ललितपुर महानगरपालिका मेयर चिरीबाबु मर्हजनले भने ‘ प्रदेश सरकार, काठमाडौं महानगरपालिकार, ललितपुर महानगरपालिकाले साझामा लगानी गर्न लागेको हो ।’ भोलि सहमती पत्रमा हस्तक्षर हुने मेयरले जानकारी दिए । कमजोर व्यवस्थापन र उच्च व्यवस्थापनकै शंकास्पद गतिविधिका कारण साझाको घाटा वर्षैपिच्छे बढ्दै गएसँगै सिञ्चित नोक्सान चुलिँदा साझाले सोही बाटोको पुनरावृत्तिको संकेत गरेको हो । आर्थिक वर्ष २०७२ र ७३ मा १ करोड ९८ लाख रुपैंया नाफा कमाएको साझाले २०७३ र ७४ देखि निरन्तर घाटा व्यहोर्दै गएको छ । साझाको कार्यसञ्चालनमा सुधार हुनुको सट्टा झन् फितलो हुँदै गएपछि चालु आर्थिक वर्ष समेत थप नोक्सान बेहोर्ने संभावना छ । साझाले आर्थिक वर्ष २०७३ र ७४ मा १ करोड ८२ लाख रुपैंया खुद घाटा बेहोरेको थियो । त्यस्तै, २०७४ र ७५ मा १ करोड ७८ लाख घाटामा गएको भएको वित्तीय विवरण उल्लेख छ । दैनिक रुपमा भरिभराउ यात्रु बोकेर काठमाडौंका प्रमुख रुटहरुमा गुड्ने साझा यातायातको प्रमुख कार्य मानिने यातायात सेवा नै घाटामा गएको देखिएको छ । बस सञ्चालनबाट मात्रै साझाले आर्थिक वर्ष २०७४ र ७५ मा २ करोड ९३ लाख रुपैंया घाटा व्यहोरेको छ । २०७३ र ७४ मा २ करोड ३४ लाख रुपैंया घाटा व्यहोरेको थियो । सर्भाइभलको ग्यारेन्टीबिनै प्रदेश सरकार र महानगरको अर्को लगानी त्यसो त घाटामा गएको साझामा लगानी थप्न सरकारी निकायहरुले गरेको हतारो समेत अचम्म लाग्दो छ । अघिल्लो दुई वर्षदेखि निरन्तर घाटामा रहेको संस्थामा लगानी थप्न काठमाडौं प्रदेश सरकार, महानगरपालिका र ललितपुर महानगरपालिका भोलिबाट लगानी गर्दे र थप्दै छन् । नयाँ बसको सञ्चालन र नाफा वा कम्तीमा घाटा पूर्तिको सुनिश्चितता नै नगरी काठमाडौं महानगरपालिकाले साझालाई थप २० ओटा बस खरीद गर्न साझाको शेयर किनिदिने गरी सहमति गरिसकेको छ ।