नामीले नेपालमा नयाँ भिगो ई२ ‘फुल एसयूभी’ सार्वजनिक गर्दै

काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले अगस्ट १९, २०२६ मा नयाँ नामी भिगो ई२ सार्वजनिक गर्ने भएको छ । कम्पनीले नयाँ भिगो ई२ लाई ‘फुल एसयूभी’का रूपमा नेपाली बजारमा प्रस्तुत गर्न लागेको जनाएको छ ।

नयाँ भिगो ई२ ले पर्याप्त ठाउँ, आधुनिक फिचर र व्यावहारिक प्रदर्शनमार्फत ग्राहकलाई पूर्ण एसयूभी अनुभव प्रदान गर्ने कम्पनीको जनाएको छ ।

नेपालमा नामी ब्रान्डले ग्राहकबाट राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ । हालसम्म देशभर २ हजारभन्दा बढी नामी गाडी सडकमा सञ्चालनमा रहेका छन् ।

भिगोले मनाङ, मुस्ताङ र शुक्लाफाँटालगायत चुनौतीपूर्ण गन्तव्यमा आफ्नो क्षमता प्रदर्शन गरिसकेको कम्पनीले जनाएको छ । यस्ता यात्राले भिगोलाई भरपर्दो तथा प्रमाणित विद्युतीय एसयूभीका रूपमा स्थापित गर्न सहयोग पुगेको कम्पनीको भनाइ छ ।

नयाँ भिगो ई२ ले भिगोको एसयूभी पहिचान, फराकिलो क्याबिन र व्यावहारिक प्रदर्शनलाई निरन्तरता दिनेछ । दैनिक प्रयोगदेखि लामो यात्रासम्मका लागि उपयुक्त विद्युतीय एसयूभी खोजिरहेका ग्राहकलाई लक्षित गरी यो मोडल तयार गरिएको कम्पनीले जनाएको छ ।

भिगो ई२ को आधिकारिक मूल्य तथा सम्पूर्ण उत्पादनसम्बन्धी जानकारी अगस्ट १९ मा हुने सार्वजनिक कार्यक्रममा घोषणा गरिनेछ ।

Share News