रेनोकाे एक्सचेन्ज क्याम्प पुस ५ गतेदेखि शुरु, गाडी एक्सचेञ्जमा सडक कर फ्री हुने
काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा. लि. ले रेनो कार प्रेमीहरुका लागि यहि पुस ५ गतेदेखि पुुस ८ गतेसम्म रेनो एक्सचेन्ज क्याम्प शुरु गरेको छ । उक्त क्याम्प रेनोको सोरुम थापाथली र नक्साल , काठमाडौं र भक्तपुरमा हुने छ । ‘‘पुरानो छोडाैं ! नयाँ गुडाऔँ’’ भन्ने ट्यागलाईनका साथ आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, नि:शुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् । रेनो एक्सचेन्जले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिने छ ।
हुण्डाईले ल्यायो ‘हुण्डाई क्येर’ योजना, गाडी किन्नेलाई १० लाखसम्मको स्वास्थ्य बीमा
काठमाडौं । नेपालको लागि हुण्डाई मोटर्सको एक मात्र आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि ले हुण्डाई परिवार अन्तर्गत ‘हुण्डाई क्येर’ योजना ल्याएको छ । जस अन्तर्गत हरेक नयाँ हुण्डाई गाडीको खरिदमा १ वर्षको स्वास्थ्य बीमा प्रदान गरिनेछ । यस योजना अन्तर्गत हुण्डाई परिवारको नयाँ ग्राहकले प्रत्येक हुण्डाई गाडीको खरिदमा आफ्नाे नजिकको परिवारको लागि १० लाख रुपैयाँसम्मको बीमा योजना(फेमिली फ्लोटर योजना)प्रदान गरिनेछ । हुण्डाई मोटर्सले निरन्तर रुपमा ग्राहकसगँ नजिक र आत्मियताको सम्बन्ध बनाउँदै आइरहेका छ । यो नयाँ योजनाले नयाँ ग्राहकहरुको लागि हुण्डाई परिवारको साथ जोडिन मद्दत गर्ने कम्पनीको विश्वास छ ।
भिजि अटोमाबाइल्सको नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ को बिक्री शुरु, मूल्य २ लाख २९ हजार रुपैयाँ
काठमाडौं । नेपालको लागि सुजुकी टु ह्वीलर्सको आधिकारिक आयतकर्ता तथा वितरक भिजि अटोमोबाइल्स प्रा.लि.ले नयाँ स्कुटर ‘सुजुकी बर्गम्यान १२५’ लाई नेपाली बजारमा भित्र्याएको छ । सुजुकीको प्रिमियम स्कूटर समूहमा यो नयाँ संस्करण हो । सुजुकी बर्गम्यान १२५ नेपालमा रहेका सबै सुजुकीशोरुमहरुमा आजबाटसजिलै उपलब्ध छ । यो स्कुटरमा १४ इन्चको आकारको ठूला पाँग्राहरु र ट्युबरहित टायर छन् । सुजुकी बर्गम्यान १२५ मा७५०० आरपिएममा ८.७ बिएचपि उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सिसिको शक्तिशाली इन्जिन जडित छ । स्कूटरको अग्रभागमा डिस्क ब्रेक र पछाडिपट्टी ड्रम युनिट रहेका छन् । सुजुकी बर्गम्यान १२४.३ मा रहेको इन्धन ट्याँकमा ५.६ लिटर इन्धन अट्ने क्षमता रहेकाे छ । यसैगरी, यो म्याक्सी स्कूटरमा एलइडि हेड लाइट, एलइडि टेल ल्याम्प जडान गरिएका छन् भनें हावाको बहाव फेर्ने, क्रोम फिनिसिङ, मध्यवर्ती लक प्रणाली, युएस बिचार्ज गर्ने स्थानएवं पञ्जा राख्ने खण्ड जस्ता विविध सुविधाजनक विशेषताहरु पनि अवस्थित छन् । यो स्कूटर सबै १२५ सिसिका स्कुटरहरुको समूहमा एक बेन्चमार्कको रुपमा स्थापित हुन सक्दछ । नेपालमा आज(शुक्रबार)बाट बिक्री शुरु भएको यस स्कुटरको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।