हेबी इक्युपमेन्टमा बैंकले लिने व्याज निकै महँगाे भयाे-विष्णुकुमार अग्रवाल
एमएडब्लु अाेटाेबाेवाइल क्षेत्रकाे चर्चित नाम हाे । यस कम्पनीले माेटर साइकल, स्कूटर, कार, जीपका साथै हेविइक्वीप्टमेन्ट पनि बेच्दै अाएकाे छ । प्रस्तुत छ पछिल्लाे समय नेपालमा किन हेबी इक्युपमेन्ट माग कस्तो छ ? बजार कस्ताे छ ? भन्ने विषयमा एमएडब्लुका कार्यकारी निर्दैशक विष्णु अग्रवालसँग विकासन्युजले गरेको कुराकानी । हेबी इक्युपमेन्ट बजार कस्ताे छ ? पूर्वाधार निर्माणको क्रियाकलाप बढ्दै जाँदा ठूला निर्माण सामग्री हेभी इक्युपमेन्टको बजार पनि फराकिलो बन्दै गएको छ । ठूला पूर्वाधार निर्माणमा हेभी इक्युपमेन्टको प्रयोग अनिवार्य हुने भएकोले पनि यसको माग बढ्दै गएको हो । हामीले जेसीबीका डाेजर, लाेडर, राेलर, व्याकुलेडर लगायत सामाग्रीहरू बेच्दै अाएका छाैं । पछिल्लाे समय सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएकाे छ । यसले बजार विस्तारमा झनै सहयाेग पुग्ला, हाेइन ? मैले अघि पनि भनेँ, नेपाली बजार बढ्नु भनेको हाम्रो लागि एकदमै महत्वपूर्ण अवसर हो । अहिले पूर्वाधार विकासको कामले तीव्रता पाएकाले हेभी इक्युपमेन्टको बजार बढ्ने क्रममा छ । यस्तोमा नेपाली बजार हाम्रो लागि साँच्चै नै महत्वपूर्ण छ । आशा गरौं नेपाल सरकारले पूर्वाधार विकासमा दिइरहेको प्राथमिकताले हाम्रो बजार अझ बढ्नेछ । जेसीबीकाे बजार कस्ताे छ ? सबैलार्इ थाहा छ जेसीबी ब्राण्ड विश्वकाे अग्रणी ब्रण्ड हाे । नेपालमा पनि याे ब्रण्डलार्इ धेरैले मन पराउनु भएकाे छ । नेपालकाे बजारमा सबैभन्दा ठूलाे हिस्सा हामीले लिएका छाैं । हामीले हाम्रा प्रडक्टलार्इ बिक्रीमा मात्र जाेड दिएका छैनाै । बिक्रीपछिकाे सेवा, पार्टसकाे उपलब्धतालार्इ बढी जाेड दिएका छाैं । विक्री, सेवा र स्पेयर्स पार्टस् एउटै स्थानमा उपलब्ध गराउन एमएडुब्लुले धेरै लगानी गरेकाे छ । डाेजर र रोलर छ । पूर्वाधार विकासको लागि अत्याधिक खर्च गर्नेमा पर्ने भएकोले यी उत्पादन नेपालको विकासका लागि अभिन्न अंग बन्न सक्ने विश्वास छ । हाम्रो मुख्य प्राथमिकता भनेको हाम्रा ग्राहकसँगको सम्बन्धलाई सुमधुर बनाइराख्नु हो । हाम्रो सेवा मेशिन बेचिसकेपछि सकिँदैन । बिक्रीपछिको सुविधा पनि हाम्रो दायित्वभित्र पर्दछ । जसको लागि हामी विश्वसनीय सामान बेच्नुका साथै हाम्रा डिलरसँग पनि निरन्तर सम्पर्कमा हुन्छ । सामान किनेपछि ग्राहकलाई कुनै समस्या नहोस् । बैंकहरूमा लगानी याेग्य पुँजी छैन भन्ने समाचार अार्इरहेकाे हुन्छ । हेबी इक्युपमेन्ट खरीदमा बैंकले कर्जा कतिकाे दिएका छन् ? बैंकले हेभी इक्युपमेन्टकाे मूल्यकाे ७० प्रतिशतसम्म लागनी गरिरहेका छन् । केन्द्रीय बैंकले यस क्षेत्रमा गरिएकाे लगानीलार्इ सकारात्मक सूचिमा राखेकाे छ । अरू अटाेमाेवाइल जस्ताे याे क्षेत्रमा कर्जा लगानीमा सरकारले कडा नियम बनाएकाे छैन । तर बैंकहरूले दिने कर्जामा १२ देखि १६ प्रतिशतसम्म व्याज लिने गरेका छन् । पूर्वाधार निर्माण र उत्पादन वृद्धिमा सहयाेग गर्ने यस्ताे क्षेत्रमा जाने कर्जामा सरकारले अरू क्षेत्रलार्इ जस्तै ५ प्रतिशत अनुदान दिएर ७ प्रतिशतमा कर्जा पाउने व्यवस्था हुनुपर्छ ।
मजदुरको धम्कीपछि बजाजको रात्रिकालिन सर्भिस सेन्टर बन्द
काठमाडौं । मजदुर युनियनको धम्कीपछि बजाजले आफ्नो रात्रीकालिन वर्कशप बन्द गरेको छ । बजाज मोटरसाईकलको नेपाली बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ललितपुरको गुसिंगालमा रहेको रात्रीकालिन वर्कशप बन्द गरेको हो । गुसिंगालमा रहेको वर्कशपमा क्रियाशिल अखिल नेपाल अटोमेकानिक्स मजदुर संघ, एच.एच बजाज कमिटीले व्यवस्थापनलाई पत्र लेख्दै मंसिर ११ गतेदेखि रात्रीकालिन सेवा बन्द गर्ने बताएको थियो । मजदुरहरुले रात्रीकालिन सेवा बन्द गर्ने घोषणा गरेपछि कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
वजाज मास्टर मेक कार्यक्रम २०१८ बुटवल र काठमाडौमा
काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराजहुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले बुटवल र काठमाडौमा क्षेत्रीय स्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ । यो कार्यक्रमको मूल उद्देश्य देशभरिका वजाजका विक्रेताहरुका प्राविधिकहरुलाई सहभागी गराउने, प्राविधिकतवरले अग्रसर बनाउने र कार्यलाई मनोरञ्जनात्मक बनाउने हो । साथै प्रतिस्पर्धीहरु मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो, साथै विजय नहुने प्रतिस्पर्धीहरुलाई आफ्नो कम्जोरि पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्ने पनि हो । यो प्रतियोगीतालाई एचएच वजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रिय चरणमा गरि ४ चरणमा सञ्चालन गर्ने जानकारी हंसराजहुलासचन्दका तालिम विभागिय प्रमूख श्री उमेश श्रेष्ठले गराउनु भएको छ । प्रतियोगीताका क्रममा प्राथमिक चरणमा ५४१ ज्ना प्रतियोगिहरु मध्येबाट क्षेत्रीय चरणका लागि १३० जना प्रतियोगिहरु छनोट भएका थिए । ती मध्ये बुटवल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १८ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरु बीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुको प्रतियोगितामा नेपालगजको नेपाल ट्रेड च्यानलबाट भुवनेश्वर सिंह ठाकुरले प्रथम, सुर्खेतको असीम अटो पार्टसबाट धनबहादुर डेङगा मगरले द्घितिय र कावासोतीको चेक इन अटोबाट नरेश कुमार महतोले तृतिय स्थान हासिल गरे । आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगितामा दलदलेको बाइक केयर सेन्टरबाट भुषण कुमार कुशवाहाले प्रथम, पाल्पाको राजनशाहीले द्घितिय र सल्ली बजारका किरण अटो पार्टसबाट समसुलहक खानले तृतिय स्थान हासिल गरे । ती मध्ये काठमाडौक्षेत्रबाट विक्रेताहरुको तर्फबाट १९ जना प्रतिस्पर्धीहरुर आधिकारिक सर्भिस पोइन्टबाट ८ जना प्रतिस्पर्धीहरुबीच क्षेत्रीय प्रतियोगीता भएको थियो जसमा बिक्रेताहरुकोप्रतियोगितामा कुमारीपाटीकोएम एण्ड एम मोटरसाइकल सपी बाट सुनिल महर्जनले प्रथम, नया बानेश्वरको अटो भ्युबाट हरेन्द्र चौधरीले द्घितिय र भक्तपुरकोएस एण्डएस इन्टरप्राइजेजबाट पुष्कर महर्जनले तृतिय स्थान हासिल गरे । आधिकारिक सर्भिस पोइन्टहरुकोप्रतियोगितामा ठेचोकोबिष्णु मोटरसाइकल वर्कशपबाटबिनोद महर्जनले प्रथम, दहचोककोदिप ज्योति ट्रेड कन्र्सनबाट प्रवेश पुडासैनिले द्घितिय र गोदावरीका हाम्रो मोटरसाइकल वर्कशपबाट रिकेश्वर श्रेष्ठले तृतिय स्थान हासिल गरे । यस्ता प्रकारका प्रतियोगीताहरुले प्राविधिकहरुको ज्ञान र सिप निखारिने तथा अभिवृद्घि हुने र कार्यगत विश्वास बढने र अभिप्रेरित पनि गर्ने कुरामा हंसराजहुलासचन्द एण्ड कम्पनीर बजाज अटो लिमिटेड पूर्ण रुपमा विश्वस्त जनाएको छ ।