“होण्डा व्हिल अफ फर्चुन ३” का विजेताहरु घोषित, १० जनाले पाए लाखाैंका नगद उपहार

काठमाडौं ।  स्याकार ट्रेडिङ्ग कम्पनीले  दशैं तथा तिहार स्किम “होण्डा व्हिल अफ फर्चुन ३” का विजेताहरु घोषणा गरेको छ । सोमबार सम्पन्न एक इभेन्टमा लक्की ड्र मार्फत चुनिएका १० जना भाग्यशाली विजेताहरुले व्हिल अफ फर्चुन लाई घुमाएर लाखौंको नगद पुरस्कार प्राप्त गरेका छन् । बम्परमा सोही लक्की ड्र अन्तर्गत इभेन्टमा सहभागी भई व्हिल अफ फर्चुनलाई घुमाएर सालिक राम अधिकारीले रु. ४ लाख, आयुष महर्जनले रु. ३ लाख, गंगा गुरुङले २ लाख, त्यसैगरी सुरेन्द्र कुमार यादव, कृष्णप्रसाद तिमिल्सिना, आकाश कुर्मी, मन्जु बासकोटा, रामहरि त्रिपाठी, तिलबहादुर खामु मगर, र बाबुराम सुनारले रु. १ लाख नगद पुरस्कार जितेका थिए । यसका साथै, मोरङका तोयानाथ गौतम र धनगडीका जयेन्द्र खड्काले कल एण्ड वीन कन्टेस्ट अन्तर्गत निःशुल्क थाईल्याण्ड भ्रमण जितेका छन् । होण्डा कार अन्तर्गत महेन्द्र श्रेष्ठ ,ऋषि पाण्डे ,कृष्णमुरारी पुडासैनी ,मेघा मेटल क्राफ्ट, तथा भरत श्रेष्ठ सहित ५ भाग्यशाली विजेताले लक्की ड्र मार्फत निःशुल्क दुबई भ्रमण जितेका छन् । सन् १९७६ मा स्याकार कम्पनी लिमिटेडको रुपमा स्थापित यस कम्पनीमा ््््होण्डा मोटरसाइकल, स्कूटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा एक मात्र अधिकृत बिक्रेताको रुपमा स्थापित भएको छ ।

यी हुन् नेपाली बजारमा पाइने १५० सीसीका ४ पावरफुल स्कुटरहरू

एउटा समय थियो जब धेरैले स्कुटरको सट्टा मोटरसाइकलचढ्न मन पराउँथे । त्यो समयमा स्कुटरलाई भने वयस्कहरुको मात्र रोजाइ मानिन्थ्यो । तर विस्तारै गियरलेस स्कुटरहरुको आगमन भएसँगै स्कुटरले निक्कै लोकप्रियता कमाउन थाल्यो । पुरुष होस् या महिला, समय क्रमसँगै स्कुटर हरेक उमेरका माझ लोकप्रिय बन्दै जान थाल्यो र त्यसको कारण थियो यसको हलुका वजन, सामान राख्नलाई प्रशस्त स्पेस र गियर तथा क्लच लगायतको झन्झट बाट छुटकारा ।बढि ट्राफिक भएकोसिटी एरियामा स्कुटर लोकप्रिय हुँदै गएको भएपनि यसमा एउटा कुराको चाहिँ कमी थियो र त्यो थियो यसले प्रदान गर्ने पावर । कम पावर भएको हुनाले स्कुटरलाई छोटो यात्रामा मात्र प्रयोग गर्न मिल्ने साधनको रुपमा लिने गरिन्थ्यो । पछिल्ला दिनहरुमा स्कुटर उत्पादक कम्पनीहरुले हाइवे र टुरिङ्गलाई फोकस गर्दै ठूला सीसीका इञ्जिन समावेस गरिएका स्कुटरहरुलाई बजारमा ल्याउन थालेका छन् । मोटरसाइकलले जस्तै पावर प्रदान गर्ने र चलाउन पनि धेरै सहज भएको हुनाले यस्ता स्कुटरहरुले बजारमा राम्रो पकड पनि जमाउन थालेको पाइन्छ । आज हामी नेपाली बजारमा उपलब्ध १५० सीसी इञ्जिन जडित ४ पावरफुल स्कुटरहरुको बारेमा चर्चा गर्न गइरहेका छौंः भेस्पा भिएक्सएल १५० यस स्कुटरमा १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ४५ केएमपीएलको माइलेज र ९० केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको भिएक्सएल १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटर रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य तीन लाख ४९ हजार नौ सय ४६ रुपैयाँ तोकिएको छ । भेस्पा एसएक्सएल १५० यस स्कुटरमा पनिभिएक्सएल १५० कै जसरी १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले पनि ४५ केएमपीएलकै माइलेज प्रदान गर्छ भने यसको टप स्पिड चाहिँ ९५ केएमपीएच रहेको छ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको एसएक्सएल १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटरको रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको स्ट्याण्डर्ड र म्याट गरी दुई भेरियन्टहरु उपलब्ध छन् जसमध्ये स्ट्याण्डर्डको मूल्य तीन लाख ६५ हजार नौ सय ४६ रुपैयाँ रहेको छ भने म्याटको चाहिँ तीन लाख ७० हजार रुपैयाँ तोकिएको छ । भेस्पा एलिगान्टे १५० एलिगान्टे १५० मा १५० सीसीको इञ्जिन समावेश गरिएको छ जसले ११.४ बीएचपीको पावर र ११.५ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ५० केएमपीएलको माइलेज र ९५ केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ८ लिटर फ्युल ट्याङ्क क्यापासिटी भएको एलिगान्टे १५० को तौल ११४ के.जी.को रहेको छ भने सिट हाइट चाहिँ ७७० मिलिमिटरको रहेको छ । अगाडि ११ इञ्च र पछाडि १० इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य तीन लाख ९५ हजार नौ सय रुपैयाँ तोकिएको छ । अप्रिलिया एसआर १५० यस स्कुटरमा १५४.८ सीसीको इञ्जिन समावेश गरिएको छ जसले १०.४ बीएचपीको पावर र ११.४ एनएमको टर्क उत्पादन गर्दछ । कम्पनीका अनुसार यस स्कुटरले ४० केएमपीएलको माइलेज र १०० केएमपीएचको टप स्पिड प्रदान गर्दछ । त्यसैगरी ६.५ लिटर फ्युल ट्याङ्क क्यपासिटी भएको एलिगान्टे १५० को तौल १२२ के.जी. रहेको छ भने सिट हाइट चाहिँ ७७५ मिलिमिटरको रहेको छ । दुवैतिर १४ इञ्चको व्हिल दिइएको यस स्कुटरको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । नेपाली बजारमा यस स्कुटरको मूल्य दुई लाख ९५ हजार नौ सय रुपैयाँ तोकिएको छ । भेस्पा तथा अप्रिलियाको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा एमभि दुगड ग्रुप रहेको छ । हाल एमभि दुगड ग्रुपका साथै डि लाइफ स्टाइल प्रा.लि.ले पनि उक्त दुवै ब्राण्डका बाइक तथा स्कुटरहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।

३५० सीसीकाे रोयल इनफिल्ड क्लासिक नेपाली बजारमा , मूल्य ६ लाख रूपैयाँ

काठमाडौं । नेपालका लागि आधिकारीक बिक्रेता एभ.भी.दुगड ग्रुपको विवेक अटोमोबाइल्स प्रा.लि.ले रोयल इनफिल्डको मोडल क्लासिक ३५० सी.सी.ड्युअल च्यानल एबिएस सहितको बिएस आइभि नेपाली बजारमा सार्वजनिक गरेको छ । विवेक अटोमोबाइल्सले आफ्ना १९वटा शाखा एवं डिलहरु मार्फत रोयल इनफिल्डको मोडल क्लासिक ३५० सी.सी. विक्री वितरण शुरु गरेको छ । रोयल इनफिल्ड दोस्रो विश्वयुद्ध पश्चातको व्रिटिस मोटर साईकलहरुको स्मरण गराउँदछ । रोयल इनफिल्ड क्लासिक ३५० सी सी इन्जिन,फ्युल इन्डिकेटर, हेडलाइट केसिङ,फ्युल ट्याङक, ड्युअल डिक्स ब्रेक, ओभल टुल बक्स, एक्सहस्ट फिन्स, स्पिड मिटर डायल,सिङगल सिट स्प्रिङ, सेडल टेल लाइट एसेम्बली र हेडलाइट क्यापमा देख्न सकिन्छ । हाल थपिएको ड्युअल च्यानल एबिएस का कारण टुरिङ्ग, दैनिक राइडिङ्गका लागि सुरक्षित भेैरहेको रोयल इनफिल्ड अब झन सुरक्षित हुनेमा कम्पनी विश्वस्त छ । रोयल इनफिल्ड क्लासिक–३५० सीसी ड्युअल च्यानल एबिएस सहितको बिएसलाई केही समय सम्मका लागि मात्र रु. ६ लाखमा उपलब्ध गराईएको छ । रोयल इनफिल्ड क्लासिकड्युअल च्यानल एबिएस सहितकोे बिएस आइभिको १९वटै शाखा तथा डिलहरुबाट बिक्री भइरहेको पि.आर.हेड बिमला थापाले बताएकी छन् ।