एमजीको नयाँ विद्युतीय गाडी सार्वजनिक, मूल्य ४९ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रा.लि.ले नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको छ । पारामाउन्ट मोटर्सले नक्साल शोरुमबाट सार्वजनिक गरेको उक्त गाडीको शुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ । एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ्ग भइसकेको छ । विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ ।   पारामाउन्ट मोटर्स प्रा.लि.का जनरल म्यानेजर सचिन अर्यालले भने, “हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं । हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहनेछ ।” एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ । यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा ३००० भन्दा बढि अर्डर प्राप्त गरिसकेको छ । विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढि देशहरुमा बिक्री हुँदै आइरहेको छ । 

टाटा मोटर्सले ‘विन्टर ब्लेसिगं’ आयोजना गर्दै

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालि. ले जाडोयामको अवसरमा विन्टर ब्लेसिगं कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रम टाटा मोटर्सको थापाथलीस्थित सोरुममा शुक्रबारदेखि शुरु भई आइतबार सम्म संचालन हुनेछ । उक्त कार्यक्रममा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, एन.आर.जी लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन । साथै, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ । साथै, कार्यक्रममा नगद छुट, डोर प्राईज, गाडी सजावटका सामानहरु, बीमा सुविधा, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा कार परफ्युम र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष आर्कषणहरु रहेका छन ।

माेटरसाइकल बजारमा पकड जमाउँदै सिएफ मोटो, २ लाखदेखि १६ लाख मूल्यका ७ माेडल

काठमाडौं । चाइनिज मोटरसाइकल ‘सिएफ मोटो’ सन् २०१७ को अगष्ट महिनामा नेपाल भित्रिएको थियो । यो दुई वर्षको छोटो अवधिमै यस ब्राण्डका बाइकहरुले नेपाली बजारमा राम्रो पकड जमाउन सफल पनि भएका छन् । सिएफ मोटोका ७ मोडेलहरुका विशेषता के छन् ? मुल्य कति पर्छ ? धेरैको चासोको विषय हुनसक्छ । सिएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता अन्ना इन्टरनेशनल प्रा.लि.ले हाल यस ब्राण्डका ७ ओटा मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ । कम्पनीका अनुसार नेपाली बजारमा उक्त ब्राण्डका मिनि, नेकेड र टुरिङ्गमा गरी १२५ सीसीदेखि लिएर ६५० सीसीसम्मका बाइकहरु उपलब्ध भइरहेका छन् । बाइकले साेचेभन्दा राम्राे बजार लिएकाे  कम्पनीका मार्केटिङ चिफ लेक्स शाक्यले बताए । एसटि पापिओ यो एउटा मिनि बाइक हो जसमा १२४.५ सीसीको सिङ्गल सिलिण्डर ४–स्ट्रोक ईएफआई इञ्जिन समावेस गरिएको छ । उक्त इञ्जिनले ९.३९ बीएचपीको पावर र ८.३ एनएमको टर्क उत्पादन गर्दछ । ६ गियर दिइएको यस बाइकको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । त्यसैगरी ७७५ मिलिमिटर सिट हाइट रहेको यस बाइकको फ्युल ट्याङ्क क्यापासिटी ७ लिटरको रहेको छ भने कर्ब वेट चाहिँ ११४ केजीको रहेको छ । नेपाली बजारमा एसटि पापिओको मूल्य दुई लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ । १५० एनके एनके फेमिलीकै सवैभन्दा सानो सदस्य १५० एनकेमा १४९.४ सीसी सिङ्गल सिलिण्डर, लिक्विड कुल्ड ईएफआई इञ्जिन समावेश गरिएको छ । यस इञ्जिनले १४.३५ बीएचपीको पावर र १२.२ एनएमको टर्क उत्पादन गर्दछ भने बाइकमा ६-स्पिड गियरबक्स समावेश गरिएको छ । त्यसैगरी १० लिटर ट्याङ्क क्यापासिटी रहेको यस बाइकको सिट हाइट ७७५ मिलिमिटर, कर्व वेट १३५ केजी र ग्राउण्ड क्लियरेन्स चाहिँ १५० मिलिमिटरको रहेको छ । कम्पनीले १५० एनकेको बजार मूल्य तीन लाख २१ हजार पाँच सय रुपैयाँ मूल्य तोकेको छ । २५० एनके एग्रेशिभ लुकिङ्ग यस बाइकमा टिएफटि डिस्प्ले, स्टिल ब्रेडेड ब्रेकलाइन्स, यूएसडी फर्क लगायतका प्रिमियम पार्टर्सहरुको प्रयोग गरिएको छ । यसमा २४९.२ सीसीको सिङ्गल सिलिण्डर ओयल कुल्ड ईएफआई इञ्जिन समावेस गरिएको छ जसले २६.१५ बीएचपीको पावर र २२ एनएमको टर्क उत्पादन गर्दछ । ६ स्पिड गियरबक्स दिइएको उक्त बाइकमा डुअल-च्यानल एबीएस र दुई अलग राइडिङ्ग मोड पनि समावेस गरिएको छ । कम्पनीले नेपालमा २५० एनकेको मूल्य पाँच लाख २५ हजार पाँच सय रुपैयाँ तोकेको छ । याे माेडल बजारमा सबैभन्दा पपुलर रहेकाे सेल्सम्यान नितु पाैडेलले बताइन् । ४०० एनके यस बाइकमा ४००.४ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ । यो सिएफ मोटोको एक पावरफुल इञ्जिन हो जसले ४२.२४ बीएचपीको पावर र ३५.४ एनएमको टर्क उत्पादन गर्दछ । ६–स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क र पछाडि चाहिँ सिङ्गल डिस्क जडान गरिएको छ । कन्टिनेन्टल एबीएस सिस्टम दिइएको यस बाइकको सिट हाइट ७९५ मिलिमिटर, ग्राउण्ड क्लियरेन्स १५० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १७ लिटर र कर्ब वेट १९३ केजी रहेको छ । ४०० एनकेको नेपाली बजार मूल्य भने सात लाख ९० हजार रुपैयाँ रहेको छ । ४०० जिटि यो सिएफ मोटोको टुरिङ्ग बाइक हो जसमा एडजस्टेवल विङ्गशिल्ड, टिएफटि डिस्प्ले, स्पोटर्स र टुरिङ्ग गरी दुई ओटा राइडिङ्ग मोड लगायतका विशेषताहरु समावेश छन् । यस बाइकमा ४०० सीसी डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन दिइएको छ जसले ४२.२४ बीएचपीको पावर र ३६.५ एनएमको टर्क उत्पादन गर्दछ । नेपाली बजारमा ४०० जिटिको मूल्य नौ लाख ४१ हजार पाँच सय रुपैयाँ तोकिएको छ । ६५० एनके यस बाइकमा ६४९.३ सीसीको डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिन समावेश गरिएको छ जसले ५५.६५ बीएचपीको पावर र ६२ एनएमको टर्क उत्पादन गर्दछ । ६-स्पिड गियरबक्स समावेश गरिएको यस बाइकको अगाडिको चक्कामा ट्वीन डिस्क जडान गरिएको छ भने सेफ्टी फिचरको रुपमा कन्टिनेन्टल एबीएस सिस्टम दिइएको छ । ६५० एनकेको नेपाली बजार मूल्य भने १५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । ६५० एमटि यो सिएफ मोटोको अर्को टुरिङ्ग बाइक हो जसमा ६४९.३ सीसीको पावरफुल इञ्जिन जडान गरिएको छ । यस डवल सिलिण्डर लिक्विड कुल्ड इञ्जिनले ६९.७३ बीएचपीको पावर र ६२.० एनएमको टर्क उत्पादन गर्दछ । ६-स्पिड गियरबक्स रहेको यस बाइकमा मेट्जिलर टायरहरु समावेश गरिएका छन् । त्यसैगरी यस बाइकको सिट हाइट ८४० मिलिमिटर, फ्युल ट्याङ्क क्यापासिटी १८ लिटर र ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटरको रहेको छ । कम्पनीले ६५० एमटि लाई १६ लाख ५० हजार रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।