नेपालमै बन्दैछ सस्ताे इलेक्ट्रिक स्कुटर, ७ पैसाको बिजुलीले १ किलोमिटर यात्रा

काठमाडौं । न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारी साधन आएको छ, जुन १० रुपैयाँ मूल्य बराबरको बिजुलीले चार्ज गरेर ७० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो । नेपाली बजारमा यस्तो विद्युतीय स्कुटर बजारमा आइसकेको छ । वाहन अटो इन्टरप्राइजेजले नेपालमा नै उत्पादन भइरहेको ईएम ३१५ नामक विद्युतीय स्कुटरले प्रति किलोमिटर ७ पैसाको मात्रै विद्युतीय ऊर्जा खपत गर्छ । अर्थात ७ पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ । वाहन अटो इन्टरप्राइजेज कम्पनीले एसेम्बल गरेको ईएम ३१५ स्कुटर १० रुपैयाँ बराबरको विद्युत चार्ज गरेर ७० किलोमिटरसम्म गुडाउन सकिने सञ्चालक बलराम प्रजापतीले जानकारी दिए । मूल्यमा र मर्मत खर्च अरुको तुलनामा न्यून रहेको कम्पनीले जानकारी दिएको छ । पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्यूनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर, वाहन अटो इन्टरप्राइजे उत्पादन गरेको विद्युतीय स्कुटरको मूल्य जम्मा ८५ हजार रुपैयाँ छ । कम्पनीले बजारमा ल्याएको विद्युतीय स्कुटरको ब्याट्री चार्ज गर्न ४ घन्टा देखि ६ घन्टासम्म लाग्छ, ७० किलोमिटर गुड्छ । ईएम३१५ स्कुटरमा २० एम्पीए र ७२ भोल्टेजको ब्याट्री प्रयोग भएको छ । रातो, कालो, निलो र पहेँलो रङका स्कुटर बिक्री भैसकेको कम्पनीको जानकारी दिएको छ । पेट्रोलबाट चल्ने बाइक वा स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ छ । ७० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक वा स्कुटरले झण्डै १६० रुपैयाँको इन्धन खपत गर्छ । तर, विद्युतीय स्कुटर ईएम ३१५ नामक विद्युतीय स्कुलरले १० रुपैयाँमा त्यत्ति नै माइलेज दिन्छ । वाहन अटो इन्टरप्राइजेजका सञ्चालक बलराम प्रजापतीले भने भिजिट नेपाल २०२० लाई लक्षित गरि १ लाख मूल्यको स्कुटर ८५ हजारमा नै बिक्री गरेको बताए । विश्व बजारमा नै विद्युतीय सवारी धासनको माग बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेकोले नेपालमा नै विद्युतीय स्कुटर उत्पादन सुरु गरेको बताए । उनले भने हामीले सातदाेबोटोमा एसेम्बल गरिरहेका छौँ । चीनबाट स्कुटरको सामान ल्याएर एसेम्बल गरेर बजारमा ल्याएको कारणले पनि अन्य विद्युतीय स्कुटरभन्दा ईएम सस्तो मूल्यमा उपलब्ध भएको बताए । विश्वमै इलेक्ट्रिक सवारीको माग  विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म पेट्रोलबाट चल्ने सवारी साधनहरुको विकल्पका रुपमा इलेक्ट्रिक सवारी साधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाइ छ । इएम ३१५ ब्याट्री, मोटर कन्ट्रोलरमा १ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ । विद्युतीय सवारीलाई भन्सार सस्तो डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले अन्यको भन्दा सस्तो छ । सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कुल सवारी मध्ये २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सरकारले घोषणा गरेको थियाे । तर, अहिले केहीमात्रमा यस्ता सवारी साधन सञ्चालन हुन भने थालेका छन् । वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपूर्जामा लाग्दै आएको भन्सार  महशुललाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिँदै आएको छ ।

हुण्डाईको सर्वाधिक बिक्री हुने मोडेल ‘ग्रयान्ड आई१०’, के छ यसमा खास ?

काठमाडाैं । नेपालमा हुण्डाईको सर्वाधिक बिक्री हुने मोडेलमध्येमा पर्छ ‘ग्रयान्ड आई१०’ । नेपाली बजारमा यसको सुरुवाती मूल्य २९ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । नेपालमा यस कारका ‘म्याग्ना’ र ‘स्पोर्ट्स’ गरी दुई अलग भेरियन्टहरु उपलब्ध रहेका छन् । कम्प्याक्ट डाइमेन्सन भएतापनि ठूलै स्पेस रहेको यस ह्याचब्याकको लुक्स आकर्षक रहेको छ । यस कारको फिचरहरुको रुपमा १४ इञ्चको अलोए व्हिल्स, रियर वाइपर तथा वासर, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, इलेक्ट्रीक एडजस्टेवल मिरर्स, एलईडी डिआरएल, रुफ एन्टेना, एनालग इन्स्ट्रुमेन्ट कन्सोल, मल्टि इन्फर्मेशन डिस्प्ले, १२ भोल्टको ब्याट्री, पावर विन्डो, एयर कण्डिस्नर, हिटर लगायतका विशेषताहरु समावेस रहेका छन् । सेफ्टी फिचरको रुपमा भने ग्रयान्ड आई१० मा ड्राइभर र पेसेन्जर एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, इञ्जिन इमोविलाइजर, सेन्ट्रल लकिङ्ग, इम्प्याक्ट सेन्सन अटो डोर अनलक, रियर पार्किङ्ग सेन्सर, रियर क्यामेरा लगायत समावेस छन् । हुण्डाई ग्रयान्ड आई१० मा प्रयोग भएको इञ्जिन ११९७ सीसी ४ सिलिण्डर डीओएचसी पेट्रोल इञ्जिन हो जसले ८३ बीएचपीको पावर र ११४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी ५–स्पिड म्यानुअल गियरबक्स र ४-स्पिड अटोमेटिक गियरबक्सका साथ उपलब्ध रहेको यस कारले १८.९० केएमपीएलको माइलेज प्रदान गर्दछ । ५ सिटर यस ह्याचब्याकको लम्वाई ३७६५ मिलिमिटर, चौडाई १६६० मिलिमिटर र उचाई १५२० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १६५ मिलिमिटर र बुट स्पेस २५६ लिटरको रहेको छ । त्यसैगरी ४३ लिटरको फ्युल ट्याङ्क क्यापासिटी रहेको ग्रयान्ड आई१० को अगाडिका चक्काहरुमा डिस्क र पछाडिका चक्काहरुमा ड्रम ब्रेक दिइएको छ । हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले म्याग्नालाई २९ लाख ५६ हजार रुपैयाँ र त्यसैगरी स्पोर्ट्सलाई चाहिँ ३१ लाख ९६ हजार रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ । कम्पनीले जनाए अनुसार हाल यस कारको खरिदमा एक लाख २० हजार रुपैयाँको नगद छुटको व्यवस्था गरिएको छ ।

टाटा मोटर्सद्वारा चौथो ग्लोबल सर्भिस क्याम्प सञ्चालन

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले ग्लोबल सर्भिस क्याम्प यही मंसिर १९ देखि २१ गते सम्म संचालनमा ल्याएको छ । उक्त कार्यक्रमको उद्घाटन टाटा मोटर्स् कमर्सियल गाडीका प्रेसिडेन्ट गिरिस वाग तथा सिप्रदी टेडिङ्गका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जवराले संयुक्त गरेका हुन् । गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प विश्वभरी एकै साथ आयोजना गरिएको छ । यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्सका सम्पूर्ण डिलर एवं आधिकारीक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । यस क्याम्पमा चालकहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको पार्टस्मा विशेष छुट, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर, जस्ता प्रमुख विशेषताहरु रहेका छन् । सिप्रदी ट्रेडिङ्गले यसै अवसर पारेर टाटा मोटर्सकाे टाटा विङ्गगर ‘बिएसआइभी २.२ एल डिकोर’ गाडीको औपचारिक रुपमा उद्घाटन गरिएको छ । त्यस क्याम्पमा एक्साईड व्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूव्रिकेन्टस्, इन्सुरेन्स, बैंक र अन्य अटोमोटिभ ब्राण्डहरूले सहभागिता जनाएका छन् ।