‘यामाहा एमटि–१५’ को नयाँ संस्करण आउँदै, ४ हजार महँगिने अनुमान
काठमाडाैं । यामाहाले २०२० संस्करणको एमटि–१५ लाई शोकेस गरेको छ । कम्पनीले यस बाइकलाई सन् २०२० को जनवरीमा भारतमा सार्वजनिक गर्ने तयारी गरेको भएतापनि यसको मूल्यको वारेमा भने हालसम्म पनि केहि खुलाएको छैन । भारतिय अटो पोर्टलहरुले भने भारतिय बजारमा सो बाइकको मूल्य पहिलेभन्दा ४,००० रुपैयाँले बढ्ने अनुमान गरेका छन् । नयाँ एमटि–१५ मा पहिलेको तुलनामा केहि परिमार्जन गरिनुका साथै केहि फिचरहरु समेत थप गरिएको छ जसले यस बाइकलाई पहिलेभन्दा प्रिथक बनाएको छ । यामाहाले २०२० एमटि–१५ मा गरेको ३ परिमार्जनहरुलाई यसप्रकार चर्चा गर्न सकिन्छः नयाँ कलर अप्सन यामाहाले एमटि–१५ लाई इण्डोनेशियन एमटि–१५ मा भएकै ‘आइस फ्लुवो भर्मिलियन’ कलरमा उपलब्ध गराएको छ । म्याट व्हाइट पेन्ट र नियन ओरेन्ज हाइलाइट्समा आउने एमटि–१५ एकदमै आकर्षक देखिन्छ । साइड–स्ट्याण्ड इञ्जिन इन्हिबिटर र रियर रेडियल टायर यामाहाले एमटि–१५ लाई साइड–स्ट्याण्ड इञ्जिन इन्हिविटरका साथ बजारमा ल्याएको छ । यस फिचरले साइड–स्ट्याण्ड लागेको वेला इञ्जिनलाई अटोमेटिक बन्द गरिदिन्छ । त्यसैगरी २०२० एमटि–१५ को पछाडिको चक्कामा रेडियल टायर समावेश गरिएको छ जसले टायरको ग्रिपलाई पहिलेको तुलनामा केही बढाउनेछ । बीएस६–कम्प्लायन्ट इञ्जिन नयाँ एमटि–१५ मा बीएस६ प्रदुषण मापदण्डको १५५ सीसी इञ्जिन समावेश गरिएको छ जसले १८.३ बीएचपीको पावर र १४.१ एनएमको टर्क उत्पादन गर्दछ । पहिलेको बीएस४ इञ्जिनको तुलनामा यस इञ्जिनले ०.७ बीएचपी कम पावर र त्यसैगरी ०.६ एनएम कम टर्क उत्पादन गरेको हो ।
नेपाली इलेक्ट्रिक मोटरसाइकल ‘यात्री’ मा यस्ता छन् विशेषता, पहिलो ग्राहक सौरभ ज्योती
काठमाडाैं । यात्री मोटरसाइकल्सले आफ्नो पहिलो मोडेल ‘प्रोजेक्ट जिरो’ लाई नेपाली बजारमा अनावरण गरेको छ । यात्री मोटरसाइकल्सका संस्थापक असिम पाण्डे हुन् भने उनी लगायतकायुवा इञ्जिनियरहरुको समूहले उक्त बाइक निर्माणका लागि खोज र अध्ययन गर्ने काम सन् २०१७ बाट नै शुरु गरिसकेको थियो । अनावरण गरिएसँगै ‘प्रोजेक्ट जिरो’ नेपालमा पूर्ण रुपमा निर्माण भएको पहिलो इलेक्ट्रिक मोटरसाइकल बन्न पुगेको छ । क्याफे रेसरको डिजाइनमा आधारित भएको यो मोटरसाइकल शहरी क्षेत्रलाई लक्षित गरेर बजारमा ल्याइएको हो । बुधवार अनावरण गरिएको प्रोजेक्ट जिरोको पहिलो ग्राहक भने ज्योती ग्रुपका निर्देशक सौरभ ज्योती बनेका छन् । यस्ता छन् प्रोजेक्ट जिरोका विशेषता कम्पनीका संस्थापक असिम पाण्डेका अनुसार प्रोजेक्ट जिरोमा आधुनिक टेक्नोलोजी र प्रिमियम मेटेरियलहरु समावेश गरिएको छ ।यस मोटरसाइकलमा ३० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ जसले ४२ बीएचपीको पावर र १२० एनएमको टर्क उत्पादन गर्दछ । त्यसैगरी यस बाइकले फुल चार्जमा २३० किलोमिटरको रेञ्ज समेत प्रदान गर्छ भनी कम्पनीले दावी समेत गरेको छ । यस बाइकले प्रदान गर्ने पावर फिगरलाई चर्चित बाइक ड्युक ३९० को पावरसँग तुलना गर्न सकिन्छ । कम्पनीले यस बाइकमा कार्वन फाइबरको पार्ट्सहरु प्रयोग गरेको छ जुन मेटल पार्ट्सभन्दा दह्रो मानिन्छ र त्यसैगरी यसले बाइकको तौललाई न्यून पनि राख्दछ । कम्पनीले उक्त बाइकको आधिकारिक लञ्च र मूल्यको बारेमा भने हाल केही पनि जानकारी दिएकाे छैन ।
कियाको सेल्टोस मिड-एसयुभी कार सार्वजनिक, सुरुवाती मूल्य ५० लाख
काठमाडौं । किया गाडीको अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भारतीय प्लान्टमा उत्पादित किया मिड–एसयुभी सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । शुक्रबारदेखि नेपाली बजारमा कार बिक्री वितरणका सुरु भएको छ । नाडा अटो शोमा सार्वजनिक गरिएको सो कार २ सयभन्दा धेरै बुकिङ भइसकेको कम्पनीले जानकारी दिएको हो । एसयुभी अन्तर्गत रहेको यो गाडीको सुरूवाती मूल्य ४९ लाख ९० हजार रूपैयाँ र अधिकतम मूल्य करिब ८० लाख रूपैयाँ रहेको कम्पनीले जनाएको छ । गाडीको ब्रेकिङ हर्स पावर क्षमता एक सय ३८ रहेको कम्पनीले जनाएको छ । म्यानुअल र अटोमेटीङ ट्रान्समिसनयुक्त गाडीमा प्रतिलिटर २०.८ किलोमिटर माइलेज क्षमता रहेको छ । १५ सय सिसीको रहेको छ । सेल्टोस पेट्रोल र डिजल इन्जिनमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो गाडीमा तेस्रो संस्करण भारत स्टेज सिक्स एमिसन अन्तर्गत इन्जिन जडान गरिएको छ । गाडीमा १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडान गरिएको छ । ग्राहकले एप्पल कारप्ले, एण्ड्रोइड अटो, मुड लाइटिङ सहितको आठ वटा बोस स्पिकर, एम्वियन्ट लाइटिङ र वायरलेस फोन चार्जिङको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । नर्मल, इको र स्पोर्ट लगायत तीनवटा ड्राइभिङ मोडयुक्त गाडी हिलो र हिउँ भएको सडकमा पनि सहजै गुड्न सक्ने कम्पनीको दाबी छ । हुण्डाईको क्रेटा, भेनु, टाटाको ह्यारियर, एमजी हेक्टर, जिप कम्पास लगायत एसयुभीसँग सेल्टसले अटो बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीले जनाएको छ ।