रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार र राेशन
काठमाडौं – शनिबार सम्पन्न बाइक रेसिङ प्रतियोगिता नेपाल रोड रेसिङ च्याम्पियनसिपको विजेता राजकुमार कार्की र रोशन रानामगर भएका छन् । कार्की २ सय सीसी र रानामगर १ सय ५० सीसी सेगमेन्टका विजेता बनेका हुन् । २ सय सीसी सेगमेन्टमा पविन कार्कीले दोस्रो र भिम होनाले तेस्रो स्थान हासिल गरे । त्यसैगरी १ सय ५० सीसी सेगमेन्टमा नवीन खड्गीले दोस्रो र प्रताप बस्नेतले तेस्रो स्थान हासिल गरे । पहिलो, दोस्रो र तेस्रो हुने विजेताले क्रमशः ३५ हजार, २० हजार र १५ हजार नगद प्राप्त गरे । काठमाडौंको गुर्जुधारास्थित भेइकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा सम्पन्न बाइक रेसिङ प्रतियोगिता ‘टीभीएस रेसिङ’ अर्थात नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१९ नामक सो प्रतियोगिताको मुख्य प्रायोजक नेपालमा टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्स रहेको थियो । मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो रेसिङ प्रतियोगितामा नोभिस र ओपन गरी दुई क्याटागोरीमा राइडरहरु सहभागी भएका थिए । यसमा १ सय ५० देखि २ सय सीसी सम्मका बाइक गुडाइएका थिए । प्रतियोगितामा विभिन्न छनोट चरण पार गरेर अन्त्यमा विजेताको घोषणा गरिएको थियो । च्याम्पियनसिपका लागि पेट्रोनस लुब्रिकेन्ट, गल्फ लुब्रिकेन्ट, क्यास्ट्रोल लुब्रिकेन्ट र एभरेष्ट लुब्रिकेन्टले समेत प्रायोजन गरेका थिए । यस पटक लुब्रिकेन्ट कम्पनीहरुका अफिसियल राइडरहरु समेत प्रतियोगितामा सहभागी भएका थिए । मेभोक्स हेलमेट र लिक्वि मोली लुब्रिकेन्ट तथा पार्ट्सले समेत प्रायोजन गरेको उक्त प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, माउन्टेन स्पोर्ट्स फेडरेसन र नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को समेत सहयोग रहेको थियो ।
टाटाले ल्याउँदै गरेको इलेक्ट्रिक ‘नेक्शन’ एसयुभिमा यस्ता हुनेछन् विशेषता, जिपट्रोन ईभी टेक्नोलोजी समावेश गरिने
काठमाडाैं । भारतीय कार उत्पादक कम्पनी टाटाले भरखरै मात्र नेक्शन एसयुभिको इलेक्ट्रिक भर्जनलाई शोकेस गरेको छ । बहुप्रतिक्षित ‘नेक्शन ईभी’ लाई कम्पनीले सन् २०२० को सुरु तिर लञ्च गर्ने तयारी गरेको छ । यस फुल–इलेक्ट्रिक एसयूभीको एक्सटेरिअर डिजाइन स्ट्याण्डर्ड नेक्शनको तुलनामा केहि परिमार्जन गरिएको छ जसले गर्दा यसले एउटा इलेक्ट्रिक कारको झल्को दिन्छ । नेक्शन ईभीमा टाटाको नयाँ जिपट्रोन ईभी टेक्नोलोजी समावेश हुनेछ । यस टेक्नोलोजीमा ब्याट्रीको राम्रो माइलेज, लामो आयु, छिटो चार्ज हुने क्षमता, धुलो र पानी प्रतिरोधात्मक क्षमता, लिक्विड कुलिङ्गका साथै गाडी चलाउँदै ब्याट्री चार्ज हुने रिजेनेरेटिभ ब्रेकिङ्ग प्रविधि लगायत पर्दछन् । नेक्शन ईभीमा ३०.२ किलोवाटको लिथियम–आयन ब्याट्री जडान गरिनेछ भने कारको इलेक्ट्रिक मोटरले १२९ एचपीको पावर र २४५ एनएमको टर्क उत्पादन गर्दछ । टाटाले यस कारको सटिक रेञ्जको बारेमा केहि नखुलाएतापनि यो कार फुल चार्जमा औसतमा ३०० किलोमिटर भन्दा बढि गुड्न सक्छ भनेर दाबी गरेको छ । टाटाले जनाए अनुसार नेक्शन ईभी ‘एक्सएम’, ‘एक्सजेड प्लस’ र ‘एक्सजेड प्लस एलयुएक्स’ गरी तीन अलग भेरियन्टहरुमा उपलब्ध हुनेछ । भारतीय मिडियाहरुले गरेका अनुमान अनुसार १५ लाख रुपैयाँ देखि लिएर १७ लाख रुपैयाँ मूल्य सम्म पर्न सक्ने उपरोक्त भेरियन्टहरुमा निम्नानुसारका विशेषताहरु समावेश हुन सक्नेछन्ः
महिन्द्राका ‘एक्सयूभी–तीन सय’ अबप्रदेश–५को बुटवलमा
काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राको प्यासेन्जर सवारी साधनको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटेडले भारतीय बजारमा सार्वजनिक गरेको छ । छोटो समयमा नै आफ्नो अलगै पहिचान बनाउन सफल महिन्द्राको स्पोर्ट्स यूटिलीटी भेइकल (एसयूभी) ‘एक्सयूभी–तीन सय’ काठमाडौं र गण्डकी प्रदेश पश्चात बुटवलमा पनि बिक्रिवितरण शुरु गरेको हो । ‘एक्सयूभी–तीन सय’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले संयुक्त रूपमा सार्वजनिक गरेको छ । समारोहमा बोल्दै अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा भने– हामी एक्स यूभी तीन सय प्रदेश–५, बुटवलमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षा गरे झैं नयाँ पुस्ताका महिन्द्रा गाडीहरु मध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरू युक्त एक्स यूभी तीन सय ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।अग्नि ग्रुपका स्थानीय विक्रेता लोक शुशिला अटो कन्र्शन प्रा.लि.बुटवलका प्रबन्ध निर्देशक लोकहरि श्रेष्ठका अनुसार, महिन्द्राको लेटेस्ट एस यूभी महिन्द्रा एक्स यूभी–तीन सय नेपालीबजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एस यूभी हो । महिन्द्राको नयाँ एक्स यूभी–सय तीनको डिजाइन निकै आक्रमक रहेको छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजता पूर्वक सञ्चालन गर्ने सुविधा प्राप्त भएको यस गाडीले उच्च गति र जोशका लागि तपाईको आवश्यकता पूरा गर्नेछ र गाडीले प्रदेश–५, बुटवलमा निकै राम्रो बजार बिस्तार गर्नेे आशा कम्पनीले गरेको छ । यसमा आकर्षक सन्रुफको साथै, एलईडी डेटाइम रनिङ्ग–लाइट, पुश स्टार्ट–स्टप बटन, टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध छन् । मुटुको धडकन बढाउने खालको उल्लास पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्छ र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराइ रोमाञ्चकता प्रदान गर्ने कुरालाई सुनिश्चित गर्छ । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्स यूभी तीन सयको मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रुपैयाँ र डब्लु ८ (अप्शनल) वर्गका लागि ५६ लाख ५० हजार रुपैयाँ त्यस्तै गरि डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ डब्लु ६वर्गका लागि ४५ लाख रुपैयाँ डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ र यी सवारीसाधन नेपाल भरिरहेका अग्नि इन्कर्पाोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुनेछ । यो एस यूभी ६ रंगहरू जस्तैः एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोली ब्लाक, डी–स्याट सिल्भरमा उपलब्ध छ भने एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमामात्र उपलब्ध छ । एक्स यूभी तीन सयमा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचर समेत दिइएको छ । सातवटा एयर ब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएस जस्ता अत्याधुनिक विशेषताले एक्स यूभी–तीन सय निकै सुरक्षीत गाडी बनेको छ । नयाँ एसयूभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा एक सय १० पीएस पावरका साथै ३५ सय आरपीएममा २ सय एनएम–टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३ तीन ७ सय ५० आरपीएममा १ सय १५ पीएस पावरकासाथै १५ सय २५ सय आरपीएममा तीन सय एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्ने विश्वास रहेको जनाएको छ ।