नयाँ वर्षमा टोयोटाद्वारा अपग्रेड इभेन्ट आयोजना
काठमाडौं । टोयोटा गाडीको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले नयाँ वर्ष २०७९ को अवसरमा अपग्रेड इभेन्ट आयोजना गरेको छ । चैत्र २४ देखि २७ गते सम्म चल्ने उक्त इभेन्टमा ग्राहकले अफ्नो जुनसुकै कारलाई नयाँ टोयोटा रस, हाइलक्स, कोरोला क्रस, फर्चुनर, र्याभ फोर हाइब्रिड, प्राडोसँग साट्न सक्नेछन्। ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारीसाधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न युटिएसले उक्त योजना ल्याएको हो । यस अपग्रेड इभेन्टमा युटिएसले प्रत्येक गाडीको खरिदमा आफ्ना ग्राहकहरूलाई पुरानो गाडीको उचित मुल्याङ्कन, सजिलो फाइनन्सिङ्ग तथा टेस्टड्राइभ गर्नेहरूका लागि आकर्षक गिफ्ट प्याकेजलगायत अफरहरू प्रदान गर्दैछ ।
तारो ब्राण्डको नयाँ मोडलको बाइक र स्कुटर नेपाली बजारमा : नयाँ वर्षमा विशेष छुट
काठमाडौं । एसजी ग्रुप अन्तर्गत रहेको ओम मोटोकर्पले इटालियन प्रविधिको तारो ब्राण्डको बाईक र स्कुटर नेपाली बजारमा लन्च गरेको छ । इमोला १५० एलेक्स र टी ९१५० गरी दुई मोडलका दुईपाङग्रे सवारीसाधन नेपाली बजारमा लन्च गरेको हो । कम्पनीले नक्सालको नारायण चोक, भत्केकोपुल र रातोपुलको कोरेडोरमा सर्भिस सेन्टरको निमार्ण अन्तिम चरणमा पुर्याएको छ । यसका साथै टेकुस्थित वाइकर्स मार्टसले पनि कम्पनीको आधिकारीक बिक्री प्वाइन्ट लिँदै यस ब्राण्डको बाइक तथा स्कुटर बिक्री गर्दै आएको छ । नेपाली बजारमा भर्खरै आएको उक्त बाइक किन्दा छुट अफरसमेत ल्याएको छ । तारो ब्राण्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार छुट पाउने छ । साथै कम्पनीले यस चैत २४ देखि वैशाख ३१ गतेसम्म खरिद गर्ने मध्ये दुईजना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्रमार्फत बैंककको प्याकेज अफर गरेको छ ।
निसान गाडी किन्दा साढे तीन लाख छुट
काठमाडौं । नयाँ वर्षको अवसरमा निसानले छुट योजना ल्याएको छ । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले निसान किक्स किन्दा ३ लाख ५० हजार नगद छुट अफर ल्याएको हो । कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको भनाइ छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफरसमेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुनेछ । सो अफर मंगलबारदेखि प्रारम्भ भएको छ र आगामी अप्रिल ३० अर्थात् वैशाख १७ सम्म लागू हुनेछ ।