इनड्राइभको ‘सुनको सवारी’ क्याम्पेन सुरु, यात्रुलाई सुनदेखि स्मार्ट टिभीसम्म जित्ने मौका

काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले दशैं–तिहारलाई लक्षित गर्दै ‘सुनको सवारी’ नामक चाडपर्व विशेष क्याम्पेन सुरु गरेको छ ।

छ हप्तासम्म सञ्चालन हुने क्याम्पेनमा इनड्राइभमार्फत राइड पूरा गर्ने यात्रुले ५ ग्रामका सुनका सिक्का, सामसुङ स्मार्ट टिभी र स्मार्टवाच जित्ने अवसर पाउनेछन् । क्याम्पेन अक्टोबर १ देखि नोभेम्बर ११, २०२६ सम्म सञ्चालन हुनेछ ।

क्याम्पेनअन्तर्गत यात्रुले हरेक हप्ता पूरा गरेको राइडको संख्याका आधारमा विभिन्न लक्की ड्रमा सहभागी हुन सक्नेछन् । एक हप्तामा पाँच वा सोभन्दा बढी राइड पूरा गर्ने यात्रु ५ ग्राम सुनको सिक्का जित्ने लक्की ड्रका लागि योग्य हुनेछन् ।

त्यस्तै, तीन वा सोभन्दा बढी राइड पूरा गर्ने यात्रुले ३२ इन्चको सामसुङ स्मार्ट टिभी तथा कम्तीमा एउटा राइड पूरा गर्ने यात्रुले स्मार्टवाच जित्ने लक्की ड्रमा सहभागी हुन सक्नेछन् ।

छ हप्ताको अवधिमा इनड्राइभले कुल ६ वटा ५ ग्राम सुनका सिक्का, ६ वटा ३२ इन्च सामसुङ स्मार्ट टिभी र १२ वटा स्मार्टवाच उपहारका रूपमा प्रदान गर्ने जनाएको छ ।

दशैं–तिहारको समयमा किनमेल, परिवार तथा आफन्तसँगको भेटघाट, टीका लगायतका गतिविधिका कारण यात्राको आवश्यकता बढ्ने भएकाले दैनिक यात्रालाई थप उत्साहपूर्ण र यादगार बनाउने उद्देश्यले क्याम्पेन ल्याइएको कम्पनीले जनाएको छ ।

इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले दशैं र तिहार परिवार, आफन्त तथा समुदायसँग जोडिने विशेष समय भएकाले यात्रालाई थप रमाइलो बनाउन क्याम्पेन ल्याइएको बताइन् ।

उनका अनुसार यात्रुले नियमित यात्रा पूरा गरेकै आधारमा विभिन्न उपहार जित्ने अवसर पाउनेछन् । क्याम्पेन नेपाली चाडपर्वसँग जोडिएको समृद्धि, शुभता र भाग्यको सांस्कृतिक भावनाबाट प्रेरित रहेको कम्पनीले जनाएको छ ।

क्याम्पेन अवधिभर इनड्राइभले सामाजिक सञ्जालमार्फत विजेताको घोषणा गर्नेछ । साथै डिजिटल सामग्री, प्रभावशाली व्यक्तिमार्फत प्रचारलगायतका गतिविधि सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

कसरी सहभागी हुने ?

इनड्राइभमार्फत क्याम्पेन अवधिमा यात्रा पूरा गरेपछि यात्रुहरू सम्बन्धित साप्ताहिक लक्की ड्रका लागि स्वतः योग्य हुनेछन् ।

५ वा सोभन्दा बढी राइड : ५ ग्राम सुनको सिक्का जित्ने अवसर

३ वा सोभन्दा बढी राइड : ३२ इन्च सामसुङ स्मार्ट टिभी जित्ने अवसर

१ वा सोभन्दा बढी राइड : स्मार्टवाच जित्ने अवसर

 

कम्पनीका अनुसार नोभेम्बर ११, २०२६ सम्म इनड्राइभमार्फत चाडपर्वका यात्रा पूरा गर्दै जाँदा यात्रुले सम्बन्धित साप्ताहिक लक्की ड्रमा सहभागी हुने अवसर पाउनेछन् ।

Share News