दुई पाँग्रे सवारीमा पौने २१ लाखसम्मको पुरस्कार, कुन कम्पनीको कस्तो अफर ?

काठमाडौं । मोटरसाइकल तथा स्कुटर विक्रेता कम्पनीहरूले नयाँ वर्ष २०७९ का लागि अफरहरू सार्वजनिक गरेका छन् । ग्राहकलाई आफ्ना सवारी साधनमा आकर्षण गर्न विक्रेता कम्पनीहरूले नगद पुरस्कार, सर्भिसिङमा छुटदेखि स्क्रयाच कुपनका अफर सार्वजनिक गरेका हुन् । कोरोना महामारीका कारण बिक्री कम भएका दुईपाँग्रे मोटरसाइकल तथा स्कुटर खरिदका लागि कम्पनीहरूले आर्कषण अफर सार्वजनिक गरेका छन् । कोभिड–१९ महामारीपछि ह्वात्तै बढेको दुईपाँग्रे सवारीसाधनको व्यापार केही महिनायता भने ठप्पजस्तै छ । अटो व्यवसायीले बजार चलायमान बनाउन अफरले केही सहयोग पुग्ने विश्वास गरेका छन् । नयाँ वर्षको अवसरमा कम्पनीहरूले बम्पर उपहारमा २० लाख ७९ हजार रुपैयाँसम्म पुरस्कारको योजना ल्याएका छन् । यामाहामा २१ लाखसम्मको अफर यामाहाले नयाँ वर्षको अवसरमा ‘हजार गुणाले बढाउनुहोस् खुसी’ अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत यामाहाले एकजना ग्राहकलाई २० लाख ७९ हजार रुपैयाँ दिने जनाएको छ । ग्राहकले यामाहाका कुनै पनि सवारी साधन खरिद गर्दा आठ हजार ३१६ रुपैयाँदेखि दुई लाख सात हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् । कम्पनीले सो अफर चैत्र ०६ गतेबाट सुरु भई आगामी जेठ पहिलो हप्तासम्म चल्ने जनाएको छ । मोटरहेड किन्दा दुई लाख छुट एड्भेन्चर सेग्मेन्ट मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ वर्ष २०७८ का लागि विभिन्न अफर सार्वजनिक गरेको छ । कम्पनीले चैत १५ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि ‘स्क्रयाच एण्ड क्याच द क्यास’ अफर ल्याएको हो । सो अफर अन्तरगत तोकिएको समयमा मोटरहेडको नयाँ बाइक खरिद गर्दा सात हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म स्क्रयाच मार्फत छुट पाउन सकिनेछ । यस्तै, स्क्रयाचमा सहभागी ग्राहकमध्येबाट कम्पनीले एक जनालाई दुई लाख सात हजार ९०० रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने जनाएको छ । बजाजमा १० लाख पुरस्कार बजाज नेपालले नयाँ वर्षको अवसरमा ‘बजाजको ५ पञ्च’ अफर सार्वजनिक गरेको छ । बजाजको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले अफर अन्तर्गत ग्राहकले २/३ पटक हैन ५ पटकसम्म जित्ने अवसर भन्दै नयाँ वर्षको अफर सार्वजनिक गरेको हो । कम्पनीले नयाँ वर्ष योजना अन्तर्गत बजाजको नयाँ बाइक खरिद गर्नेमध्येबाट १ जनालाई १० लाख रुपैयाँसम्म पुरस्कार दिने योजना सार्वजनिक गरेको छ । उक्त योजनासँगै कम्पनीले सोचेर, हेरेर, किनेर, भरेर र बम्पर जित्न सकिनेछ । सबैभन्दा पहिला ग्राहकले फेसबुक पेजमा बजाजको पोष्ट सेयर गरेबापत १ हजार छुट पाउनेछन् । त्यसपछि शोरुममा गएर बाइक छनोट गरेपछि ५० हजारसम्मको छुट पाउनेछन् । जावा मोटरसाइकलमा १५ हजार छुट क्लासिक लिजेन्ड्सद्वारा निर्मित जावा मोटरसाइकलले नयाँ वर्षका लागि स्किम्स ल्याएको छ । नेपालका लागि अधिकृत विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालि अन्तर्गत जावा मोटरसाइकलले फोर्टी–टु ,जावा र पेराक सबै मोडलमा लागू हुने गरी न्यू ईयर स्किम ल्याएको हो । उक्त स्किम अन्तर्गत क्लासिक मोटरसाइकल प्रेमीहरूले जावा मोटरसाइकल खरिद गर्दा १५ हजारको फ्ल्याट डिस्काउन्ट पाउन सकिन्छ । बेनेलीको बाइकमा २५ हजार छुट इटालियन बाइक कम्पनी बेनेलीले बाइक किन्दा भाग्य परीक्षणदेखि स्क्रयाचसम्मको बिनाझन्झट छुट पाउने योजना ल्याएको छ । नयाँ वर्षको अवसरमा बेनेलीले नेपालमा रहेका बेनेली बाइक र स्कुटरका सबै भेरियन्टका लागि २५ हजार सम्मको नगद छुटको घोषणा गरेको हो । बेनेली बाइकका सबै नयाँ ग्राहकहरूले यो नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । टीभीएस मोटरसाइकल टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नयाँ वर्ष २०७९ अफर अन्तरगत सामाजिक सञ्जालबाटै बाइक खरिद गर्न सकिने योजना ल्याएको छ । कम्पनीले नयाँ वर्षका लागि ‘नयाँ वर्षमा आयो, पायो, पर्‍यो र सर्‍यो योजना’ ल्याएको छ । सामाजिक सञ्जालमै लाइक, कमेन्ट, सेयर गरेर ५० हजार हरेक हप्ता जित्न सकिन्छ । सामाजिक सञ्जालमा इन्गेजमेन्ट क्याम्पेनमार्फत एकजना भाग्यशाली विजेताले टीभीएस अपाचे आरआर ३१० जित्न सक्नेछन् । त्यस्तै टीभीएस नेपालमा न्यू इयरमा दर्ता गर्दा ५० हजार, बाइक खरिद गर्दा १ लाख रुपैयाँ जित्न सकिन्छ । तारो ब्राण्डको बाइक एसजी ग्रुपअन्तर्गत रहेको ओम मोटोकर्पले इटालियन प्रविधिको तारो ब्राण्डको बाइक र स्कुटर चैत २३ गते नेपाली बजारमा लन्च गरेको छ । इमोला १५० एलेक्स र टी ९१५० गरी दुई मोडलका दुईपाङग्रे सवारीसाधन नेपाली बजारमा लन्च गरेको हो । नेपाली बजारमा भर्खरै आएको उक्त बाइक किन्दा छुट अफरसमेत ल्याएको छ । तारो ब्राण्डका कुनै पनि स्कुटर खरिद गर्दा सिधै १५ हजार छुट पाउने छ । साथै कम्पनीले यस चैत २४ देखि वैशाख ३१ गतेसम्म खरिद गर्नेमध्ये दुईजना भाग्यशाली ग्राहकहरूलाई लक्की ड्रमार्फत बैंककको प्याकेज अफर गरेको छ ।

रिटेलर्स एण्ड मेकानिक्स मिट सम्पन्न

काठमाडौं । टोटल इनर्जिज (लुब्रिकेन्ट) को आधिकारिक विक्रेता लक्ष्मी ल्युव आयल प्रालिको आयोजनामा ‘रिटेलर्स एण्ड मेकानिक्स मिट’ सम्पन्न भएको छ । लक्ष्मी ल्युवले आफ्नो व्यवसायको रुपमा मोटरसाइकल, पेसेन्जर कार, बस, ट्रक, टिपर, ट्राक्टर, ग्रीज र ईन्डष्ट्रियल गरि ६ वटा सेग्मेन्ट अन्तर्गत ७३ वटा प्याक साईज उपलब्ध छन् । सम्पन्न आयोजनामा २०० भन्दा बढी रिटेलर्स र मेकानिक्ससँग अन्तक्रियाको कार्यक्रम रहेको थियो । महाराजगंजदेखि कलंकी एरियाका लागि टोटल इनर्जीका विक्रेता सुनकोशी ईन्टरप्राइजेज प्रालि र लक्ष्मी ल्युव आयल प्रालि को सहकार्यमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा टोटल इनर्जीद्वारा उत्पादित विभिन्न सेग्मेन्ट र साइजमा उत्पादित टोटल लुब्रिकेन्टहरूको बारेमा जानकारी दिइएको थियो ।

पाँच दिने टीभीएस एक्सचेन्ज मेलामा ग्राहकको आकर्षण

काठमा‌डौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी टीभीएस टु ह्विलर्सको एक्चेन्ज मेलामा ग्राहकहरू आकर्षित छन् । नेपालको लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सको आयोजनामा जारी मेला वैशाख ३ गतेसम्म जारी रहने आयोजकले जनाएको छ । जारी एक्स्चेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर घर लिएर जान सक्नेछन्। यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउनेछन् भने नयाँ सवारी खरिदमा किनु अगाडी नै टीभीएसको वेबसाइटमा दर्ता गरी ५० हजार रुपैयाँसम्मको छुट पाउन सक्ने र किने पश्चात एक लाख सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ । साथै मासिक पाँच हजार ९९९ रुपैयाँ किस्तामा पनि टीभीएस खरिद गर्न पाइने कम्पनीले जनाएको छ।