सवारीसाधनमा भाडादर समायोजन, ११ देखि १४ प्रतिशतसम्म बढ्ने
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको छ । मन्त्रालयले बिहीबार यातायात व्यवस्था विभागलाई वैज्ञानिक भाडादरका आधारमा नयाँ भाडादर कायमका लागि सैद्धान्तिक सहमति दिएको हो । हाल कायम रहेको भाडादरमा ११ देखि १४ प्रतिशतसम्म भाडादर वृद्धि हुनसक्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । राष्ट्रिय लामा दूरीका सवारीसाधनमा भाडादर समायोजन गर्न लागिएको र त्यसमा बस, ट्रक पहाड र ट्रक तराई गरी तीन प्रकारका सवारीसाधन रहेको विभागले जनाएको छ । यसअघि भाडा समायोजन गर्न विभागले सैद्धान्तिक सहमतिका लागि मन्त्रालय फाइल पठाएको थियो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्णय गरेपछि पुनःफाइल विभाग पुगेको छ । आइतबार प्राविधिकले सूत्रका आधारमा कुन रुटमा कति भाडा कायम गर्ने भनी निर्णय गर्ने महानिर्देशक घिमिरेले बताए । ‘प्राविधिकले आवश्यक काम गरेर आइतबार सूचना निस्कन सक्छ,’ उनले भने । मन्त्रालयबाट पेट्रोलियम पदार्थको भाडा पाँच प्रतिशत घटबढ हुँदा समायोजन स्वतः हुने र कसैले माग गर्न नपर्ने व्यवस्था गर्न लागेको विभागले जनाएको छ । विगतमा पनि स्वचालित भाडादर लागू गर्ने भनिए पनि लागू भएको थिएन । सरकारले पछिल्लो पटक गत असार २८ गते सवारीसाधनको भाडादर समायोजन गरेको थियो । त्यसयता डिजेलको मूल्य ३४ प्रतिशत बढेको विभागले जनाएको छ । वैज्ञानिक भाडा निर्धारणका १३ सूचक छन् जसमध्ये पेट्रोलियम पदार्थले ३५ प्रतिशत ओगट्छ । अहिले विभागले अन्तर प्रदेश चल्ने सवारीसाधनको भाडादर समायोजन गर्न लागेको हो । संविधानअनुसार दुई वा त्योभन्दा बढी प्रदेशमा चल्ने राष्ट्रिय लामो दूरीको सवारीसाधनको भाडादर सरकारले निर्धारण गर्छ । प्रदेशभित्र चल्ने सवारीसाधनको प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीसाधनको भाडादर सम्बन्धित सरकारले निर्धारण गर्ने व्यवस्था छ । लामो रुटमा भाडादर बढेपछि स्वतः मध्यम र स्थानीय रुटमा चल्ने सवारीसाधनमा भाडादर बढ्ने गर्छ ।
यामाहाको नयाँ वर्ष अफर : सवारीसाधन किन्दा २० लाखसम्मको चिठ्ठा
काठमाडौं । यामाहा नेपालले नयाँ वर्षको अवसरमा आफ्ना ग्राहक र समर्थकका निम्ति आकर्षक अफरहरू सार्वजनिक गरेको छ । नयाँ वर्ष २०७९ लाई लक्षित गरी नेपालका लागि यामाहा मोटर कम्पनीको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले २०८९ मा हजार गुणाले खुसी बढाउँनुहोस् भन्ने अफर ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनैपनि सवारी साधन खरिद गर्दा ८ हजार ३१६ देखि २ लाख ७ हजार ९०० रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन्। त्यस्तै बम्पर पुरस्कारमा एकजना भाग्यशाली २० लाख ७९ हजार रुपैयाँ जित्न सक्नेछन्। यामाहाका बाइक/स्कुटर लिन इच्छुक ग्राहकहरू यामाहाको अधिकारिक शोरूमबाट खरिदपश्चात यस अफरमा भाग लिन पाउनेछन् । यस अफर चैत्र ०६ गतेबाट शुरु भएको र जेठ पहिलो हप्तासम्म चल्ने कम्पनीले जनाएको छ ।
विद्युतीय सवारीसाधन खरिद गर्न इपानको आग्रह
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले विद्युतीय सवारीसाधन खरिद गर्न आव्हान गरेका छन् । नेपालमा विद्युतीय सवारीसाधनमा सरकारले छुट दिए पनि माग कम रहेको भन्दै खरिद गर्न आग्रह गरेका हुन् । तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोले आज प्रत्रकार सम्मेलनमा विद्युतीय सवारीसाधन खरिद गर्न आग्रह गरेका हुन् । नेपालमा विद्युतीय गाडीको माग र आयात अत्यान्तै न्यून छ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि, वातावरणीय प्रभाव र विदयुत खपतलाई ध्यान दिँदै सन् २०२० सम्म २५ प्रतिशत विदयुतीय सावरीसाधन पुर्याउने लक्ष्य राखेको थियो । तर, देशभर रहेका सवारीसाधनमध्ये २ प्रतिशत मात्र विद्युतीय गाडी रहेको यातायात व्यवस्था विभागको तथ्यांक छ । भन्सार विभागको तथ्यांक अनुसार पछिल्लो साढे चार वर्षको अवधिमा १२ हजार विद्युतीय सवारीसाधन भित्रिएका छन् । आव २०७४/७५ मा ५ हजार २३९ वटा, २०७५/७६ मा यो संख्या ४ हजार ७४५ वटा, आव २०७६/७७ मा ५७५ वटा सवारीसाधन भित्रिएका थिए । त्यसैगरी आव ०७७/७८ मा २४९ वटा र चालु आर्थिक वर्षको ६ महिनामा फेरि एक हजार १०३ वटा विद्युतीय सवारीसाधन नेपालमा भित्रिएका छन् । यस्तै, तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ चैत १९ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । यस अघि चैत १८ देखि २० गतेसम्म आयोजना हुने भनिएको एक्स्पो घोडेजात्राका कारण एक दिन पर सारिएको आयोजकले जनाएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना गर्न लागिएको हो । एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिस प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले पुर्वनिर्धारित कार्यक्रमलाई घोडेजात्राका कारण असर पर्न सक्ने भएकाले चैत १९ गते शनिबारदेखि सुरु गर्न लागिएको बताए । नेपालस्थित भारतीय राजदुतावासको समन्वय तथा बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने एक्स्पोमा एक्स्पोमा १०० भन्दा बढी स्टल रहने छन् । भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने आयोजकको अपेक्षा छ । हाइड्रो सम्बन्धी अन्तर्राष्ट्रिय स्तरको पछिल्लो प्रविधिका बारेमा जानकारी गराउन, हाइड्रो सम्बन्धी सरोकार राख्नेहरुलाई एकै छानामूनि भेला पार्न तथा विभिन्न मुलुकसँग हाइड्रो विकासका सम्बन्धमा छलफल गर्ने उद्देश्यले एक्स्पो अयोजना गर्न लागिएको हो । एक्स्पोमा ड्रोन हाइड्रोपावर भिडियो मेकिङ कम्पिटिशन आकर्षणका रुपमा रहने छ । हाइड्रोपावरका विषयमा जानकारी दिने स्टल पनि राखिने, साथै हाइड्रोपावरमा आधुनिक प्रविधिको सम्भावित प्रयोगका सम्बन्धमा एक्स्पोमा जानकारी दिइने छ । ४ दिनसम्म चल्ने एक्सपोमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए । उक्त एक्स्पाको राष्ट्रियपति विद्यादेखि भण्डारीले उद्ध्घाटन गर्ने भएकि छन् । यस एक्स्पेले उर्जासँग सम्बन्धित नयाँ प्रविधि साथै हाइड्रो पावरमा रोबोटर्सको भूमिका आषर्कण बन्ने आयोज टिमले विषवास गरेको छ ।