नयाँ वर्षमा गाडी विक्रेताको अफर : ४ लाखसम्म छुटदेखि बोनससम्म
काठमाडौं । नेपाली नयाँ वर्षलाई लक्षित गर्दै अटो व्यवसायीले विभिन्न अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना सवारी साधन खरिदमा आकर्षित गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदेखि मासिक किस्तामा कार खरिद गर्न सकिने अफर सार्वजनिक गर्न थालेका हुन । पछिल्लो समय सरकारले विदेशी मुद्राको सञ्चितिमा कमी आएको भन्दै गाडी लगायतका वस्तुको आयातमा कडाई गरेको छ । सरकारले केही समयका लागि गाडी आयातमा रोक लगाए पनि अटो व्यवसायीहरुले भने नयाँ वर्षको अफर सार्वजनिक गरेका छन् । ग्राहकलाई गत वर्षहरुमा दिईदै आएकोे छुट अफरलाई निरन्तरता दिन नयाँ वर्ष अफर सार्वजनिक गरिएको व्यवसायीहरुले बताउने गरेका छन् । ग्राहकलाई आकर्षित गर्न व्यवसायीहरुले नगद छुटदेखि मासिक किस्तामा गाडी खरिद गर्न सकिनेसम्मका योजना सार्वजनिक गरेका हुन् । हुण्डाईको गाडी खरिदमा ४ लाखसम्म नगद छुटदेखि बोनससम्म नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘नयाँ वर्षको सुरुवात हुन्डाईको साथ’ योजना ल्याएको छ । कम्पनीले सो योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा चार लाख रुपैयाँसम्म नगद छुट, नयाँ वर्ष बोनस ७९ हजार रुपैयाँ, एक्सचेन्ज बोनस ७९ हजार र मोडल योर डिस्काउन्टमा ९९ हजार रुपैयाँसम्म छुट तथा स्पट एक्सचेन्जमा एक वर्षको लागि निःशुल्क बीमा र सडक कर छटु पाइने कम्पनीले जानकारी दिएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १६ शोरुमहरू तथा १९ सर्भिस सेन्टरहरूबाट सेवा दिइएरहेको छ । निसान गाडी किन्दा साढे तीन लाख छुट नेपालका लागि निसान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कम्पनीले निसान किक्स किन्दा ३ लाख ५० हजार रुपैयाँ नगद छुट अफर सार्वजनिक गरेको छ । कम्पनीले एक वर्षसम्मको इन्स्योरेन्स र सडक कर छुट दिनेछ । समग्रमा ४ लाख ५२ हजारको छुट उपलब्ध हुने कम्पनीको जानकारी दिएको छ । कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ निसान किक्स साट्न सकिने अफरसमेत उपलब्ध छ । यसका लागि स्पट एक्सचेन्ज र भ्यालुएसन उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो अफर आगामी अप्रिल ३० अर्थात् वैशाख १७ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ । सुजुकी कार किन्दा दुई लाख छुटदेखि बोनससम्म नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नयाँ बर्षको योजना सार्वजनिक गरेको छ । नयाँ वर्ष योजना अनुसार कम्पनीले कार किन्दा दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख २५ हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, एक वर्षको सवारी बीमा र स्क्रयाच कार्डमार्फत ७५ हजार रुपैयाँसम्म अतिरिक्त छुट दिएको छ । नयाँ वर्षको अवसरमा सस्तो किस्तामा गाडी किन्न सकिने अफर फक्सवागनले ल्याएको छ । फक्सवागनको गाडी मासिक किस्तामा खरिद गर्न सकिने नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनलले नयाँ वर्षको अफर सार्वजनिक गरेको छ । फक्सवागनको नयाँ वर्ष अफर अन्तरगत टाइगुन गाडी मासिक २२ हजार ९९९ रुपैयाँ र पोलो मासिक १४ हजार ९९९ रुपैयाँ किस्तामा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको हो ।
फक्सवागनको नयाँ वर्ष अफर : सस्तो किस्तामा गाडी किन्न सकिने
काठमाडौं । नयाँ वर्षको अवसरमा सस्तो किस्तामा गाडी किन्न सकिने अफर फक्सवागनले ल्याएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनलका अनुसार नयाँ वर्षको अवसरमा फक्सवागनको टाइगुन मासिक किस्ता २२ हजार ९९९ मा किन्न सकिने छ भने पोलो मासिक किस्ता १४ हजार ९९९ तिरेर लिन सकिन्छ । इएमआई अफरका सन्दर्भमा फक्सवागनका मार्केटिङ म्यानेजर प्रज्वल महर्जनले यो कठिन वित्तीय अवधिमा ब्रान्डले तुरुन्त र सजिलो फाइनान्सिङमा जोड दिएको बताएका छन् । उनका अनुसार फक्सवागेनका कारहरू १५ हजार किलोमिटर गुडेपछि मात्र सर्भिसिङ गर्न सकिने भएकोले सस्तो सर्भिसिङ हुने कम्पनीले जनाएको छ । महर्जनका अनुसार एक वर्षको लागि नि:शुल्क सडक कर, प्रत्येक नयाँ फक्सवागन गाडी खरिदको लागि चार वर्षको नि:शुल्क सेवा र आवश्यकता अनुसार नि:शुल्क सहायक उपकरणको समेत सुविधा रहेको छ ।
यामाहाको एम्टी बीए ०६ नेपाली बजारमा
काठमाडौं । नयाँ वर्षको अवसरमा यामाहाले एम्टी बीए ०६ मोटरसाइकल बजारमा ल्याएको छ । कम्पनीका अनुसार एम्टी बीएस ०६ मास्टर अफ पर्फेक्सनको परिणाम हो । छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल-च्यानल एबीएसका लागि परिचित, प्योर-ब्रेड हाइपर नेकेड, एमटी स्टेबलबाट परिस्कृत सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक रहेको कम्पनीले जनाएको छ । यस बाइक उग्र नेकेड स्ट्रीट फाइटरको कुनै पनि बाइकले प्रतिस्पर्धा गर्न नसक्ने कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा यस बाइकको माग सर्वत्र रहेको कम्पनीले जनाएको छ ।