जावाकाे बाइक किन्दा ज्याकेट तथा कस्टम हेल्मेट उपहार
काठमाडौं । दसैं तथा तिहारको अवसरमा जावाले नयाँ अफर ल्याएको छ । यस अफर अन्तर्गत यस बाइकले आफ्ना नयाँ ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट ९तथा कस्टम जावा हेलल्मेट प्रदान गर्नेछ । जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट वास्तवमै ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीले जनाएको छ । त्यसैगरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीको दावी छ । लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्कले भित्र्याएको हो । आग्नि माटो इन्क अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्कको हाल १३ वटा डिलर नेटवर्क रहेका छन् ।
यामाहाको एमटी १५ बिएससिक्स नेपाली बजारमा
काठमाडौं । यामाहाको एमटी १५ बिएससिक्सको लामो प्रतिक्षा पछी नेपालमा आइपुगेकाे छ । एमटी १५ बिएसफोरले प्राप्त गरेको अपार सफलता पश्चात् यामाहाले नयाँ एमटी १५ बिएससिक्सलाई बजारमा ल्याएकाे हाे । यस बाइकमा सम्पूर्ण सुधारिएको एफआइ इन्जिन, एबिएस, असिस्ट सिल्पर कल्च, भिभिए, १४० एमएम रेडियल रियर टायर जडित छन् । यामाहाले यो नयाँ एमटि १५ बिएस ६ अझ धेरै नयाँ भेरियन्ट मा उपलब्ध गराएको छ । नयाँ एमटी १५ बिएससिक्स आइस फल्युड एण्ड नियन ग्रिन, मेटालिक बल्याक एण्ड भरमिलियन, डार्क म्याट ब्लु एण्ड नियन ग्रिन, मेटालिक बल्याक, डार्क म्याट ब्लु र आइस फल्युड एण्ड भरमिलियन कलर नेपालमा भित्राएको छ । कम्पनीले ‘यामाहम महा एक्सचेन्ज मेला’मा यसको लन्च गरी प्रि बुकिङ्ग भएको १८० बाइक पनि वितरण गरिसकेकाे छ । यामाहाले सन् २००५ मा निर्माण शुरु गरेको एमटी श्रृङ्खला यमाहाको नेकेड बाइक सिरिज परिवारको सदस्य हो । एमटीको यो श्रृङ्खला डार्क साइड अफ जापान नामले पनि परिचित छ । मास्टर अफ टर्कको विरासत सन् २००५ मा एमटी ०१ बाट शुरु भएको थियो । जुन हालसम्म पनि यामाहाले ग्लोबल्ली सफलतापूर्वक निर्माण र वितरण गर्दै आइरहेको छ । एमटी १५ श्रृङ्खलाका बाइकहरु सिटी/अर्बन स्पोर्टस बाइक हुन् ।
होण्डा कारमा फेस्टिभल अफर: हरेक १५ दिनमा साढे तीन लाख जित्ने मौका
काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘होण्डाको फेस्टिभ बोनानजा’ ल्याएको छ । यस अवसरमा नयाँ होण्डा कार खरिद गर्ने ग्राहकहरुले हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशतको छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले साढे ३ लाखसम्मको क्यास ब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएकाे छ ।