अब मात्र ०.९९ प्रतिशत ब्याजमा प्रोटोनको गाडी किन्न सकिने
काठमाडाैं । प्रोटोनको एकमात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले नेपाल मै पहिलो र उत्कृष्ट ‘विशेष ०.९९ प्रतिशत’ योजना ल्याएकाे छ। विशेष ०.९९ प्रतिशत ब्याजदर योजनाका साथै अन्य थुप्रै ब्याजदरको विकल्प समेत यस योजनामा समावेश गरिएको कम्पनीले जनाएकाे छ । नेपालमा बैंकको ब्याजदरमा उताडचडाव भैरहेको अवस्थामा पनि यस योजना अन्तर्गत ग्राहकले प्रोटोनको क्बनब र ह्ठण् मात्र ०.९९ प्रतिशत ब्याजदरमा फ़ाइनेन्सिङ्ग गरेर खरिद गर्न सक्नेछन्। उचित कागजपत्र बुझाएको ४८ घण्टामै ग्राहकहरुले आफुले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्नेछन् । यस प्रोटोन ‘विशेषू योजना बाहेक ग्राहकहरुले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फ़ाइनेन्सिङ्गको योजनाहरु पाउन सक्नेछन् जस अन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुविधा पनि रहेको छ । यी योजनाहरु सिमित अवधिका लागि मात्र लागु हुनेछन् । किस्तावन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्टले इन-हाउस फ़ाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आइरहेको छ । २४ असोज गतेबाट सुरु भएकाे यस याेजना चाडपर्व जारि रहुन्जेलसम्म निरन्तर रहने कम्पनीले जनाएकाे छ । विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन क्बनब को सुरुवाती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन ह् ठण्को सुरुवाती मुल्य ८६ लाख ९९ हजार तोकिएको छ भने यस योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा लागु हुने कम्पनीले जानका दिएकाे छ । प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमा प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी रहेको छ जसले १९८५ मा प्रोटोन साँगाकै रुपमा आफ्नो प्रथम गाडी बजारमा ल्याएको थियो । त्यसपश्चात एकपछि अर्को गर्दै विभिन्न नयाँ मोडलहरु स्वदेशी तथा विदेशी बजारमा विक्री–वितरण गर्दै सफलता हाँसिल गरेको प्रोटोनका गाडीहरु हाल संसारका ७० भन्दा धेरै मुलुकहरुमा देख्न सकिन्छन भने यसका लगभग ४.४ मिलियन प्रयोगकर्ता रहेका छन् ।
हाेण्डा फेस्टिभ बोनान्जा: बुटवलका संजयले जिते साढे ३ लाख
काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको “होण्डाको फेस्टिभ बोनान्जा” योजना अन्तर्गत पहिलो विजेता घोषणा भएको छ । कम्पनीले लक्की ड्र मार्फत विजेताको घोषण गरेको हो । बुटवलको ड्राइभवे व्हिलस्बाट डब्लुआरभि एसभिएमटी खरिद गरी संजय नेपाल याेजनाकाे पहिलाे विजेता बनेका छन् । उनले लक्की ड्र मार्फत साढे ३ लाख नगद उपहार प्राप्त गरेका छन् । यस योजना अन्तर्गत ग्राहकहरुले होण्डा कारको खरिदमा हात खाली नजाने गरी २ लाखसम्मको नगद छुट, १ वर्षसम्मको लागि फ्रि इन्स्योरेन्स, १ वर्षसम्मको लागि फ्रि रोड ट्याक्स, ३ वर्षसम्मको लागि फ्रि सर्भिसिङ्ग, ३ वर्षसम्मको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुटका साथै अन्य धेरै फ्रि आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । यसका साथै यस याेजनामा हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले ३.५ लाखसम्मको क्यासब्याक जित्न सक्नेछन् । यो योजना होण्डाको सबै कारमा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।
हिरो मोटोकर्पले सार्वजनिक गर्यो ‘माएस्ट्रो एज ११०’, मूल्य दुई लाख माथि
काठमाडौं । हिरो मोटोकर्पले नयाँ ‘माएस्ट्रो एज ११०’ सार्वजनिक गरेको छ । मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्पले नेपाली ग्राहकलाई नवीनतम प्रविधि उपलब्ध गराउने प्रतिवद्धता बमोजिम उक्त नयाँ मोडल सार्वजनिक गरेको हो । ‘कनेक्ट’ सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपालका ग्राहकका लागि उपयुक्त डिजाइन छ । यस स्कुटरले युवालाई ध्यानमा राख्दै सौन्दर्य र आधुनिक प्रविधिको मेलमिलाप गरेको कम्पनीकाे दावी छ । नयाँ माएस्ट्रो एज ११० मा युवा वर्गकै पहिलो फर्ष्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आईथ्री स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न-बाइ-टर्न नेभिगेसन सहित नयाँ शार्पर डिजाइन रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नेपाली बजारमा माएस्ट्रो एज वभिन्न दुई कलर म्याट रातो र नीलोमा २ लाख १५ हजार रुपैयाँमा उपलब्ध हुनेछ । ‘ग्राहकलाई केन्द्रबिन्दुमा राखेर नेपालमा हामी ग्राहकलाई नवीनतम प्रविधि र डिजाइनसहितको बढी सान्दर्भिक उत्पादनहरु उपलब्ध गराउन प्रतिवद्ध छौं । नयाँ माएस्ट्रो एज ११० ले युवाहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिज्ञासँग मेल राख्छ । हामी नेपालमा अझ बढी रोमान्चक उत्पादनहरु भित्र्याई रहनेछौं र यहाँका ग्राहकलाई हिरो मोटोकर्पको विश्वस्तरीय उत्पादन तथा सेवाहरु उपलब्ध गराइ रहने छौं,’ हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले भने । आईथ्रीएस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्दछ भने ग्राहकको लागि बाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था पनि रहेको कम्पनीले जनाएको छ । यो स्कुटरमा सिल्कर डिजाइन र वर्गमा पहिलो पटक शक्तिशाली एलईडस् हेड लाइट रहेको कम्पनीले जनाएको छ । यो स्कुटर बीएस४ अनुरुपको ११० सीसी इन्जिनद्धारा सञ्चालित छ, जसले ७५०० आरपीएममा ८ बीएचपीको शक्तिशाली उर्जा प्रदान गर्छ, जुन अधिकतम ५५०० आरपीएममा ८.७ एनएमको टर्क उत्पादन गर्न सक्षम छ । नेपालमा हिरो मोटोकर्पको एकमात्र वितरक नेपाल जनरल मार्केटिङ (एनजीएम) छ । यो कम्पनीले ७५ डिलर, ८७ सर्भिस सेन्टर, ९० स्पेयर पार्ट आउटलेटहरु सहित देशभरका ९० वटा बिक्री केन्द्र मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।