फेरी बढ्यो गाडी भाडा, यस्तो छ नयाँ मूल्यसूचि

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएकाे छ ।नेपाल आयल निगमले पेट्रोल तथा डिजेलको मूल्य बढाएसँगै सरकारले सार्वजनिक यातायातकाे भाडा पनि बढेको हाे । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गर्दै दुई वा सो भन्दा बढी प्रदेश भई (राष्ट्रियस्टरका रुटमा) सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको हो । विभागले स्वचालित प्रणाली बमोजिम आजदेखि नै बढेको मूल्य लागू हुने जनाएको छ । विभागले यात्रुवाहक सवारीमा ५.३०, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ७.७ प्रतिशतले भाडा बढाएको हो । नेपाल आयल निगमले आइतबार पेट्राेलियम पदार्थकाे मूल्य बढाएकाे थियाे । निगमले आइतबार राति पेट्रोल लिटरको २१ रुपैयाँ, डिजेल र मट्टितलेकाे मूल्य २७ रुपैयाँ बढाएकाे थियाे । मूल्य बढेसँगै पेट्रोल १९९ रुपैयाँ लिटर र डिजल १९२ रुपैयाँ प्रतिलिटर पुगेको छ। [pdf id=334904]

यस्तो छ फक्सवागनको नक्सालमा खुलेको सुविधासम्पन्न सोरुम (फोटोफिचर)

काठमाडौं । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्री वितरक, पूजा इन्टरनेसनल नेपालले नक्सालमा सोरुम खोलेको छ । कम्पनीले बुधबारबाट उक्त सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको हो । नयाँ सोरुम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त सोरुमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको छ । पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी बिक्री वितरण गर्दै आएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी सोरुम र ९ वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन् । o;

चांगन अटोले रामेछापका विद्यार्थीलाई दियो ट्याबलेट

काठमाडौं । चांगन अटोले के फाउण्डेसनसँगको सहकार्यमा विद्यार्थीलाई ट्याबलेट प्रदान गरेको छ । विद्यार्थीलाई प्रविधीसँग जोड्न चांगनले रामेछापका पञ्चकन्या विद्यालय र सर्वसुधा विद्यालयका विद्यार्थीलाई पाँचपाँच वटा ट्याब्लेट प्रदान गरेको हो । यस्तै चांगनले फाउण्डेसनको भेइकल पार्टनरको सहकार्यलाई निरन्तरता दिएको छ । चांगनले सामाजिक उत्तरदायित्व अन्तर्गत फाउण्डेसनको भेइकल पार्टनरको सहकार्यलाई निरन्तरता दिएको हो । यसअघि पनि चांगन अटोले के फाउन्डेसनसँग रामेछापको एक विद्यालयको सहयोगका लागि सहकार्य गरेको थियो । कम्पनीले देविश्वर विद्यालयमा आवश्यक विद्यार्थी समाग्री लिएर जानका निम्ति चांगनको हन्टर प्रयोग गरेको थियो ।