महिन्द्राले नेपालमा ल्यायो अल–न्यू स्कर्पियो, लोगो पनि नयाँ

काठमाडौं । महिन्द्राले एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको छ । महिन्द्राकाे नयाँ लोगो सहितको स्कोर्पियो एन सार्वजनिक गरिएकाे हाे । एसयुभी डिजाइन रहेको डिजेल र पेट्रोल इन्जिनमा नयाँ स्कर्पियो सार्वजनिक गरेको छ । अटोमेटिक र म्यानुअल ड्राइभमा रहेको छ । कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्ने जनाईएको छ । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ । यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवको लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्दछ । कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखेको छ । ‘ट्विन पिक’ लोगोले साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआईडीएस), मुम्बई मा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर(एमआरभी) र चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित अल न्यू स्कपिर्यो एन साँच्चिकै एक वैश्विक उत्पादन हो । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले अहिले स्कर्पियो नेपालको हरेक ठाउँमा पुगेको बताउँदै ८० भन्दा बढी सर्भिस सेन्टर रहेको जानकारी गराए । उनले २० वर्षअघि स्कोर्पियो नेपालमा ल्याएको ल्याएको बताउँदै सुरूमा विक्री अप्ठारो भएपनि संविधानसभापछि स्कर्पियोको विक्री ह्वात्तै बढेको बताए । नेपालमा महिन्द्राले ३० वर्षमा ७५ हजार बढी ग्राहक बनाएको बताएको छ । भारतपछि नेपालमा सबै भन्दा बढी स्कर्पियो बिक्री हुने महिन्द्राले जानकारी गराएको छ । एम एन्ड एम लिमिटेड, अटोमोटिभ डिभिजनका अध्यक्ष विजय नाकराले भारतसँगै दक्षिण अफ्रिका र नेपालमा अल–न्यू स्कर्पियो–एन एकैसाथ अनावरण गर्न गरिएको बताए । अल–न्यू स्कर्पियो–एन यस वर्ष नेपालमा ल्याउने योजना बनाइएका एसयूभीको श्रृङ्खलामध्ये पहिलो हो । यो नयाँ ‘ट्विन पिक्स लोगो’ बोक्ने पहिलो एसयूभी पनि हो । ‘‘यो नयाँ ब्रान्ड पहिचान परिष्कृत र प्रामाणिक एसयूभीहरूको निर्माता बन्ने महिन्द्राको रणनीति अनुरूप छ । यसले हाम्रो एसयूभी पोर्टफोलियोमा रणनीतिक परिवर्तनको घोषणा गर्छ, यो नयाँ संसारका लागि प्रस्तुत गरिने प्रामाणिक एसयूभीहरू श्रृंखलाको यो पहिलो कदम हो”अध्यक्ष नाकरा भने । कम्पनीको अनुसार नयाँ युगको प्रामाणिक एसयूभी खोज्नेहरूका लागि नयाँ द स्कर्पियो–एनलाई इञ्जिनियरिङ गरिएको छ । ‘हाम्रो नयाँ तेस्रो पिढीको बडी–अन–फ्रेम प्लेटफर्ममा निर्माण गरिएको द स्कर्पियो–एनले अग्रणी वर्ग– (क्लास लिडिङ) संरचनात्मक कठोरता, अफ–रोड क्षमता र उदाहरणीय अन–रोड व्यवहारको गर्व गर्दछ’ कम्पनीले भनेको छ । द स्कर्पियो–एनमा १४९.१४ किलोवाट (२०० पीएस) शक्ति र ३८० एनएम टेर्क उत्पादन क्षमताको टीजीडीआई एमस्टालियन (पेट्रोल) इन्जिनद्वारा सञ्चालित छ र १२८.६ किलोवाट (१७५ पीएस) शक्ति र ४०० एनएम टकको एमहक (डीजल) इन्जिनयुक्त पनि छ, दुवै म्यानुअल र अटोमेटिक ६ स्पिड ट्रान्समिसन र फोरव्हील ड्राइभ विकल्पसहित छ । प्रिमियम रूपमा सजाइएको आन्तरिक साजसज्जा पूर्णतः नयाँ द स्कर्पियो–एन बाहरिजस्तै भित्री रूपमा पनि मनमोहक छ । उत्कृष्ट कफी–ब्ल्याक लेथरेट अपहोल्स्ट्री, उत्कृष्ट कमाण्ड सिट पोजिसन, बलियो मेटल फिनिस्ड डुअल रेलमा घेरिएको सेन्टर कन्सोल, उन्नत इन्फोटेनमेन्ट प्रणाली र थप कुराहरूका साथ यात्रुहरूलाई स्वागत गर्दछ, जसले ‘प्रिमियम–नेस’लाई अर्को स्तरमा लैजान्छ । द स्कोर्पियो–एनका भित्री भागलाई अत्यधिक परिष्कृत अनुभूति प्रदान गर्नका डिजाइन गरिएको छ, जसले चालक र यात्रुहरूलाई समान रूपमा आनन्दित तुल्याउँछ ।

पेट्रोलबाट चल्ने बाइक/स्कुटरलाई तीन घण्टामै विद्युतीय बनाउन सकिने, कति लाग्छ खर्च ?

काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यवृद्धि सँगै धेरैको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेकाे छ । खरिदमा पनि महँगो र पेट्रोल पनि महँगो नै भएपछि मानिसहरुको रोजाइ विद्युतीय सवारी साधन पर्न थालेको हो । यसअघि पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात गर्ने ठूला घरानाका अटो व्यवसायीहरुको पनि ध्यान पछिल्लो समय विद्युतीय सवारीमा गएको छ । केहीले विद्युतीय सवारी नेपालमा नै उत्पादन गर्ने गरी उद्योग समेत दर्ता गरेका छन् । आम उपभोक्ताको ध्यान विद्युतीय सवारीमा पर्दा सरकारले पनि विद्युतीयसँगै डिजेल तथा पेट्रालबाट चल्ने सवारी साधन नेपालमा नै उत्पादन गर्ने उद्योगलाई विभिन्न छुट दिएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत् नेपालमा नै सवारी साधन उत्पादन गर्ने उद्योगलाई अन्तशुल्कमा छुटदेखि पार्टस् आयातमा समेत छुटको घोषणा गरेको छ । त्यसैले पनि बिक्रेता र खरिदकर्ता दुवैको ध्यान अहिले विद्युतीय सवारीमा गएको छ । अहिले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई पनि विद्युतीय बनाउन सकिने भएको छ । सुन्दर अटो इञ्जिनियरिङले तीन घण्टामै सहज रुपमा पेट्रोलका मोटरसाइकल र स्कुटरलाई विद्युतीय सवारीमा परिवर्तन गर्दै आएको छ । सुन्दर अटो इञ्जिनियरिङले करिब तीन महिनादेखि पुराना स्कुटरलाई पेट्रोल र बिजुली दुवैबाट चल्ने ‘हाइब्रिड स्कुटर’ बनाउन थालेको छ । लामो प्रयासपछि कम्पनीले पुराना स्कुटरलाई नयाँ स्वरूपमा पेट्रोल र बिजुली दुवैमार्फत् चल्ने बनाउँदै आएको हाे । बढ्न थाल्यो माग सुन्दर अटोका अध्यक्ष भेषबहादुर थापा वाइरिङ, कन्टोलर, ब्याट्री, मोटर र डिस्प्ले परिवर्तन गरेर पेट्रोलबाट सञ्चालन हुने बाइक तथा स्कुटरलाई तीन घण्टामा विद्युतीय सवारी साधनका रूपमा परिवर्तन गर्न सकिने बताउँछन् । काठमाडौंको धुम्बाराहीमा रहेको प्लान्टबाट दैनिक ठूलो संख्यामा पेट्रोलियम पदार्थबाट चल्ने मोटरसाइकल र स्कुटरलाई विद्युतीय सवारीका रुपमा रुपान्तरण भइरहेको उनको भनाइ छ । उनले पेट्रोलका साधनलाई विद्युतीय सवारीमा परिवर्तन गर्न सरकारको अनुमति लिनै लामो समय लागेको बताए । ‘हामीले सवारी परिवर्तन गर्नका लागि अनुमति पाउन झन्डै ३ महिना पर्खियौं, सरकारको त्यस्तो नीति नै थिएन’, उनले भने, ‘हाम्रै कारणले सरकारले डिजेल तथा पेट्रोलका सवारीलाई ईभीमा परिवर्तन गर्ने निर्णय गरेको हो, सरकारले सूचना जारी गरेको ७२ घण्टाबाटै हामीलै एकैपटक १२ वटा स्कुटरलाई ईभीमा परिवर्तन गरेर देखायौँ ।’ सरकारलाई सुन्दरले नै दबाब दिएपछि मात्र गत चैत १४ गते सरकारले राजपत्रमा सूचना प्रकाशन गरेर विद्युतीय सवारीमा परिवर्तन गर्न बाटो खुला गरिदिएको उनले दाबी गरे । उनका अनुसार पछिल्लो समय सवारी परिवर्तन गर्न कम्पनीमा रहेका कामदारलाई भ्याइनभ्याई हुन थालेको छ । ‘पुराना काम नै नगर्ने साधनलाई समेत हामीले इभीमा परिवर्तन गछौँ, सस्तो र सुपथ मूल्यमा परिवर्तन गर्न मिल्ने भएपछि अहिले हाम्रा प्राविधिकलाई भ्याननभ्याई छ’, उनले भने । ‘हामीले यातायातको नियमभन्दा बाहिर गएर बनाउन पाइँदैन, नियम सबैलाई एउटै हो तर, अहिले हामीले थाम्नसक्ने अवस्था नै छैन, ग्राहकको संख्या बढ्दा पेट्रोलियम पदार्थको मूल्य बढ्दा धेरै असर गरेको देखियो’, उनले भने । नेपालमा मात्र नभएर चीन तथा भारतमा समेत विद्युतीय सवारीको किटको माग उच्च छ । सुन्दरले हाल चिनियाँ तथा भारतीय प्राविधिक तथा उक्त देशका पार्टसबाट विद्युतीय सवारीमा परिवर्तन गर्दै आएको छ । उनले उपभोक्ताको माग बढ्न थालेपछि भारतीय तथा चिनियाँ कम्पनीसँग थप ५०/५० हजार किट आवश्यक रहेको जानकारी गराइसकेको बताए । तीन वर्षको वारेन्टी अहिले १ लाख रुपैयाँ खर्च गरेर आफूसँग भएको पेट्रोलको बाइक तथा स्कुटरलाई विद्युतीयमा परिवर्तन गर्दा बाँकी २ वर्ष फाइदा हुने अध्यक्ष थापाको दाबी छ । उनका अनुसार कम्पनीले तीन वर्षको वारेन्टीमा विद्युतीय सवारीमा परिवर्तन गरेको छ । दुई वर्ष निःशुल्क रुपमा विद्युतीय बाइक तथा स्कुटर चलाउन सकिन्छ । ब्याट्री र मोटरको वारेन्टी तीन वर्ष र एक वर्षको बीमा सुविधा कम्पनीले दिएको छ । स्कुटरमा कुनै समस्या आयो भने कम्पनीले घरमै पुगेरसमेत सेवा दिने कम्पनीले जनाएको छ । दुर्घटना तथा विभिन्न कारणले टुटफुट हुने कतिपय पाटपूर्जाहरूमा कम्पनीले आठ वर्षसम्म वारेन्टी दिने अध्यक्ष थापाले दावी गरे । स्कुटरका पाटपूर्जा आवश्यक पर्दा बुटवलको कालिकानगर, पोखराको अमरसिंह चोक र धुम्बाराहीबाट लिन सकिनेछ। छिट्टै काठमाडौंको नक्साल, चितवन, विराटनगर र ललितपुर लगायत विभिन्न ठाउँबाट पनि लिन सकिने उनले बताए । मानौँ, तपाईले प्रयोग गर्ने स्कुटर प्रत्येक दिन ५० किलोमिटर गुड्छ, दैनिक ५० किलोमिटर गुड्दा तपाईको स्कुटरले २ लिटर तेल खान्छ । स्कुटरले २५ किलोमिटर भन्दा बढी दिदैन । अहिलेको मूल्यमा २ लिटर पेट्रोलको हिसाब गर्दा मानौँ ३५० रुपैयाँ खर्च लाग्छ । त्यसमा मविल सर्भिसिङकोे खर्च राख्नुछ, महिनामा थप ३५० रुपैयाँ खर्च हुन्छ । एक महिनामा एउटा स्कुटरले खाने तेल र सर्भिसिङको खर्च धेरै आउँछ । तर, त्यही खर्चमा विद्युतीय स्कुटरको दैनिक खर्च २४ रुपैयाँ मात्र आउँछ । स्कुटरमा दैनिक ३५० रुपैयाँको तेल खाने स्कुटरले दिनमा २४ रुपैयाँ मात्र खान्छ । सबै खचै जोड्दा स्कुटरको मासिक खर्च ९ हजार रुपैयाँ पर्न आउने रैछ । एक वर्षमा स्कुटरको तेल र सर्भिसिङ खर्चमात्रै १ लाख बढी आउँछ । स्कुटरलाई विद्युतीय बनाउँदा १ लाख खर्च आउँछ, पेट्रोल र सर्भिसिङमा वार्षिक रुपमा हुने १ लाख रुपैयाँ खर्च विद्युतीय बनाउँदा खर्च गर्र्यो भने वाँकी २ वर्ष सित्तैमा स्कुटर चलाउन पाइन्छ नी, हैन । ‘स्कुटरमा दैनिक रुपमा हुने ठूलो खर्चतिर कसैको ध्यान छैन, अहिले इभीमा परिवर्तन गर्दा लाग्ने १ लाख रुपैयाँमा मात्रै धेरै मान्छेले चासो दिएको देख्छु, पेट्रोलमा खर्च गरेको लाखौँ रकम बाहिरिएको कसैले देख्दैनन्’, उनले भने । उनले कम्पनीले मिलेसम्म असार महिनाबाटै ट्याक्सीलाई समेत इभीमा परिवर्तन गर्ने तयारी थालेको बताए । ट्याक्सीमा लाग्ने खर्चको बारेमा कम्पनीले तयारी थालेको बताउँदै केही दिनमा नै खर्च सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । उनले पछिल्लो समय दुई पाँग्रे ईभीमा ग्राहकले धेरै चासो देखाएका छन् । उनका अनुसार स्कुटर तथा बाइकमा मात्रै पेट्रोल खर्च कम गर्नसकेमा काठमाडौंबाट मात्रै मासिक रुपमा २ करोड नेपाली रुपैयाँ बाहिरिनबाट रोकिन्छ । भिडियाे:

सार्वजनिक गाडीको भाडा घट्यो, कुन रुटमा कति ?

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ । यातायात व्यवस्था विभागले आइतबारदेखि लागू हुने गरी अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै विभागले यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको हो । विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो । नेपाल आयल निगमले शनिबार रातिबाट लागू हुने गरी पेट्रोलियम प्रतिलिटर २० र डिजेलमा २९ रुपैयाँ घटाएको थियो । कुन रुटको कति ? [pdf id=336125]