धनगढीमा पनि गुड्ने भयो ट्रियो इलेक्ट्रिक अटो !

काठमाडाैं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो धनगढीमा सार्वजनिक गरेको छ । अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले शुक्रबार इलेक्ट्रिक थ्री–ह्विलर अटो सार्वजनिक गरेकाे हाे । यसकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ । यस अटाेले पेट्रोल अटोको तुलनामा दुई लाख रुपयाँ बचाउने कम्पनीले दावी गरेकाे छ ।    

महिन्द्राको सव​–डिलर अब स्याङ्जा र बाग्लुङ्गमा पनि

काठमाडाैं । महिन्द्राको सव​–डिलर स्याङ्जा र बाग्लुङ्गमा पनि खुलेकाे छ । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कशले स्याङ्जा र बाग्लुङ्गमा पनि महिन्द्राको सव​–डिलर खाेलेकाे हाे । बाग्लुङ्गकाे ऊँ नम शिवाय सर्भिसिङ्ग सेन्टरको उद्घाटन प्रमुख उघोग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्र मान श्रेष्ठले गरेका थिए भने र स्याङ्जनकाे श्रेष्ठ मोटो पार्टस​को उद्घाटन बाग्लुङ्ग नगरपालिकाका प्रशासकीय अधिकृत तुल बहादुर वि. क.ले गरेका थिए । आर्थिक समृद्धिका लागि व्यवसाय भन्ने मूल उद्देश्यका साथ सुचारु गरिएको यस सव–डिलरबाट स्याङ्जा बाग्लुङ्ग आसपासका जिल्लाका अत्याधिक ग्राहकहरुले गुणस्तरीय ​सेवा सुविधा प्राप्त गर्ने कम्पनीले जनाएकाे छ ।  

नायक राजेश हमालले किने एक करोड ३६ लाखकाे जिप

काठमाडौं । नायक राजेश हमाल एक करोड ३६ लाख ९० हजार रुपैयाँ पर्ने गाडी जिप कम्पास किनेका छन् । महानायक हमालले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पास लिएका हुन् । उनले युवा अवस्थादेखि नै जिपको डिजाइन र अफरोड क्षमताले आफुलाई प्रभावित बनाएको बताएका छन् । जिप कम्पासकाे लागि  एमएडब्लु लाइफ नेपालकाे एक मात्र आधिकारीक विक्रेता हाे । ‘जिपले यो वर्ष निकै राम्रो गति लिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिल गर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशक अनिश लामिछाने भने, ‘नेपाली बजारले नयाँ जिप कम्पासलाई सहजै स्विकारेको छ र हामी निकै उत्साहित छौं ।’ नेपालमा नयाँ जिप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ ।