पोखराका ट्याक्सी अब मिटरमा सञ्चालन हुने
कास्की । कास्कीको पोखरा उपत्यकाभित्र सञ्चालन हुने ट्याक्सी आगामी भदौ १ गतेदेखि मिटरमा सञ्चालन हुने छन् । यातायात व्यवस्था कार्यालय कास्कीले ट्याक्सीमा मिटर अनिवार्य गरेको हो । पर्यटकीय सहर पोखरामा ट्याक्सी मिटरमा सञ्चालन नहुँदा यात्रु ठगिँदै आएका थिए । यातायात व्यवस्था कार्यालयले आज सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखि अनिवार्यरुपमा विलिङसहितको मिटरजडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिल अनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न आग्रह गरेको छ । कार्यालयले मिटरमा ट्याक्सी नचलाउने चालकलाई कारबाही हुनेसमेत जनाएको छ । कार्यालयका प्रमुख डिल्लीराम रिजालका अनुसार मिटरमा नचल्ने र अटेर गर्ने चालकलाई कारबाही गरिने बताए । उनले भने, ‘यसपटक यो नियम कार्यान्वयन गरी छाड्छौँ ।’ ट्याक्सी मिटरमा सञ्चालन भए/नभएको बारेमा नियमित अनुगमन गर्छौँ । भाडादर २०७८ सालमा प्रदेश सरकारले समायोजन गरेअनुसार हुने उनको भनाइ छ । प्रदेशले समायोजन गरेको पछिल्लो भाडादर अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको ८० र त्यसपछि प्रति दुई सय मिटर बराबर १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी ३७ रुपैयाँ ५० पैसाका दरले भाडा तिर्नुपर्नेछ । पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले आफूहरु मिटरमा चलाउन तयार रहेको बताए । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिका आधारमा सरकारले भाडादर समायोजन गर्नुपर्छ’, उनले भने । इन्धनको भाउ घटबढ हुँदा स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा तिवारीले जोड दिए । कार्यालयले अनाधिकृत रुपमा सञ्चालन भएका एप तथा अन्यरुपले रातो प्लेट (निजी) सवारीसाधन प्रयोगमा ल्याई भाडाको रुपमा सञ्चालन गरेको पाइएमासमेत कानुन बमोजिम कारबाही हुने जनाएको छ । रासस
सतप्रतिशत बायोइथानोलबाट चल्ने टोयोटा फर्च्युनर, पेट्रोल डिजेलको झन्झट अन्त्य हुने
काठमाडौं । टोयोटाले पाइलट प्रोजेक्ट स्वरुप हाइड्रोजन पावर सहितको मिराई कार ल्याएको छ । जापानी अटोमोबाइल कम्पनी टायोटाले इन्डोनेसिया आटो शो २०२३ मा फ्लेक्स फ्युल सहितको टोयोटा फच्र्युनर प्रस्तुत गरेको छ । यसलाई एसयुवीको २.७ लिटर एस्पिरेटेड फोर सिलिन्डर पेट्रोल इन्जिनको साथमा प्रस्तुत गरिएको छ । यसलाई शतप्रतिशत रुपमा बायोइथानोलमार्फत सञ्चालन गर्नको लागि फ्लेक्स इन्धनको लागि इन्जिनमा केही परिवर्तन गरिएको छ, जुन यसको फ्युल सिस्टम र इसियुमा प्रोग्रामिमार्फत गरिएको छ । यसको फ्लेक्स फ्युलको विषयमा कुरा गर्दा पेट्रोल भर्सनको तुलनामा केही कम पर्फमेन्स गर्न सक्छ । फ्लेक्स फ्युलमा इन्जिनले १६३ एचपी अधिकतम पावर र २४३ एनएम पीक टर्क जेनेरेट गर्छ भने पेट्रोलमा १६६ एचपी पावर र २४५ एनएम पीक टर्क जेनेरेट गर्छ। यसमा अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ, जसले पावरलाई रियर व्हिलमा सप्लाई गर्ने काम गर्र्छ । यसका साथै कम्पनीले हाइड्रोजनमा चल्ने गरी डिजाइन गरिएको कोरोला क्रस इ–१०० र कोरोला एचटु पनि सार्वजनिक गरेको छ । एजेन्सीको सहयोगमा ।