एमके ग्रुपको रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

काठमाडौं । एमके ग्रुपको रिटेलर मिट सम्पन्न भएको छ । एमके ग्रुपको नेपालका लागि आधिकारिक वितरक सत्यदिप इन्टरनेसनलको आयोजनामा सो रिटेलर मिट सम्पन्न भएको हो । सो अवसरमा हालै उत्पादन प्रारम्भ गरिएको पेपर क्लच एसेम्बली, क्लच एन्ड ब्रेक लिभर तथा योक, नन–एस्बेस्टस ब्रेक शु र क्लच भेरिएटर लन्च गरियो । देशभरका रिटेलर सहभागी सो कार्यक्रममा एमके क्लचका म्यानेजिङ डाइरेक्टर नितिन भण्डारीले एमके ग्रुप र यसका उत्पादन वारेमा जानकारी प्रस्तुत गरेका थिए । एमके क्लचका एक्सपोर्ट्स हेड योगेश काला तथा सत्यदिप इन्टरनेसनलका म्यानेजिङ डाइरेक्टर दिपेन्द्र मिश्र र मार्केटिङ डाइरेक्टर सञ्जिव हमालले सहभागीहरुलाई स्वागत गर्दै सवारी साधनमा प्रयोग गरिने विभिन्न पार्ट्स गुणस्तरीय हुनु पर्ने र सबै रिटेलरहरुले गुणस्तरीय सामग्री उपलब्ध गराउनका लागि भूमिका खेल्नु पर्ने बताए । सो अवसरमा रिटेलरहरुका लागि नयाँ स्किम समेत सार्वजनिक गरिएको थियो । सो स्किम अन्तर्गत एमकेका उत्पादन खरिद गर्ने रिटेलरहरुले हाल पाइरहेको छुट भन्दा थप ५ प्रतिशत छुट प्रदान गरिने बताइएको छ । सन् १९५९ मा रबर पार्ट्स र ग्यास्केट उत्पादनबाट शुरु भएको एमके ग्रुपको व्यवसाय हालको अवस्थामा आइपुगेको हो । सन् १९६४ मा रबर क्लच प्लेट, सन् १९७६ मा ब्रेक शु, सन् २०१२ मा क्लच एसेम्बली र सेन्ट्रिफ्युगल एसेम्बली, सन् २०१४ मा पेपर क्लच प्लेट हुँदै सन् २०२३ मा ह्यान्ड लिभर र योक उत्पादन कार्य समेत शुरु भएको छ । एमके ग्रुप अन्तर्गत हाल एमके अटो क्लच कम्पनी, एमके लाइड अटो क्लच इन्डष्ट्रिज, भीएनजी अटोमोटिभ्स, भीएनजी ब्रेक्स तथा भण्डारी फोर्ज एन्ड अलोय कास्ट कम्पनी छन् । उत्तरी भारतका विभिन्न ६ स्थानमा एमके ग्रुपका अत्याधुनिक क्लच एन्ड ब्रेक म्यानुफ्याक्चरिङ प्लान्ट छन् । सवारी साधनमा प्रयोग गरिने लिभर र योक, क्लच भेरिएटर, इनर क्लच एसेम्बलिज, कम्प्लिट क्लच एसेम्बलिज, ब्रेक शु, क्लच प्लेट, डिस्क ब्रेक प्याड र पेपर फ्रिक्सन प्लेटका लागि एमके ब्रान्ड लोकप्रिय मानिन्छ । दुई पांग्रे, तीन पांग्रे र चार पांग्रे सवारी साधनका लागि आवश्यक अटोमोटिभ क्लच र ब्रेक उत्पादक कम्पनीको रुपमा लोकप्रिय एमकेले आफूलाई ‘लिडर इन फ्रिक्सन टेक्नोलोजी’ दावी गर्छ ।

विश्वव्यापी रूपमा फास्टेस्ट ग्रोइङ्ग अटोमोटिभ ब्राण्ड ‘सेरेस’ नाडामा लन्च हुँदै

काठमाडौं । ब्राण्ड डाइरेक्टरीले हरेक वर्ष विश्वव्यापी रूपमा शीर्ष पाँच हजार कम्पनीहरूको प्रदर्शन मूल्याङ्कन गर्दछ। सोहि ब्राण्ड डाइरेक्टरीद्वारा तयार पारिएको २०२३ को वार्षिक प्रतिवेदन अनुसार सोकोन (हाल सेरेस) एक सफल अटोमोबाइल कम्पनी बन्न सफल भएको छ। साथै २०२२ पछि सबैभन्दा छिटो बढिरहेको र वार्षिक रुपमा २१ प्रतिशत बढी गाडीहरु बेचिरहेको छ। प्रतिबद्धता, नवीनता र उत्कृष्टताको अटुट प्रयास पछि सेरेस द्रुत गतिमा विस्तार हुने अटोमोबाइल ब्राण्ड बन्न सफल भएको छ। विश्वको अग्रणी ‘टेक्नोलोजी जायन्ट’ हुवावेसँग साझेदारी हुनु सेरेसलाई थप उचाईमा पुर्याएको छ। सोहि साझेदारी स्वरूप सेरेसले डिजिटल समाधान, स्मार्ट प्रविधि र कनेक्टिभिटीका लागि हुवावेको टेक्नोलोजी प्रयोग गरी आफ्ना ग्राहकहरुलाई सिमलेस तथा इन्टेलिजेन्ट ड्राइभिङ अनुभव प्रदान गर्दै आइरहेको छ। सेरेसले ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ। इभीको उपलब्धतालाई सहज र दिगो बनाउने उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दिर्घकालिन लक्ष्य लिएको छ। सेरेस नविनतम प्रव्रिधिको विकास गर्न चीनमा मात्र नभई अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एण्ड डेभलपमेन्ट विंग’ लाई संचालन गर्दै आएको छ। ‘ड्राइभिङ’लाई थप पर्यावरण-मैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। आउँदो २६ भाद्रबाट सुरु हुन गइरहेको नाडा अटो सोमा लन्च गर्ने भनिएको सेरेसलाई नेपालमा भने एमएडब्लु ग्रुपले भित्र्याउन लागेको हो। सेरेस ३ को टेस्ट(ड्राइव तथा अनुभवका लागि सेरेसको बुथमा ‘ए-६’ सम्पर्क गरी बिस्तृत जानकारी लिन सकिने कम्पनिले जनाएको छ।

नेपाल भित्रियो अउडीका ईभी गाडी, मूल्य डेढ करोड

काठमाडौं । काइरोस इन्टरनेसनल काठमाडौंले अउडीको ‘क्यू फोर ई-ट्रोन र क्यू फोर ई-ट्रोन स्पोर्टब्याक’ गाडी सार्वजनिक गरेको छ । जर्मनी विलासी कार अउडीको नेपालको लागि आधिकारिक बिक्रेता कम्पनी काइरोसले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त दुई मोडलको विद्युतीय कार (ईभी) सार्वजनिक गरेको हो । पहिलो चरणमा अउडीकाे क्यू फोर ३५ ई-ट्रोनकाे दुई भेरियन्ट नेपाल ल्याएको काइरोस इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद श्रेष्ठले बताए । उक्त विद्युतीय कारमा ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान छ भने मोटरको पिकपावर १ सय २५ किलोवाट रहेको छ । अउडीको यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको सीईओ श्रेष्ठको भनाइ छ । अउडीको विद्युतीय कारमा नयाँ तथा आधुनिक फिचरहरू समावेश भएको पनि श्रेष्ठले जानकारी दिए । जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले अउडीका विद्युतीय कार नेपाल भित्र्याएको श्रेष्ठले बताए । यी दुवै मोडलका गाडीको ग्राउन्ड क्लियरेन्स १८० मिलिमिटर छ । क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज २० इन्च छ भने स्पोर्टब्याक क्यू फोर ई-ट्रोन ३५ को व्हील साइज १९ इन्च रहेको छ । कम्पनीका अनुसार उक्त कार ६ वटा रङमा उपलब्ध छन् । सो गाडी १६० किलोमिटर प्रति घण्टाको रफ्तारमा दौडन सक्छ । ‘हामीले गाडी सार्वजनिक गरेसँगै बुकिङ पनि खुल्ला गरेका छौं, आजैबाट गाडी बुक गर्न सक्नु हुनेछ, बुकिङ गरेको तीन महिनाभित्र गाडी उपलब्ध गराउँछौं, गाडी टेस्लाको सोरुममा गएर बुक गर्न सकिने छ,’ उनले भने । काइरोसले उपलब्ध गराएको अउडी क्यू फोर ३५ ई-ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै अउडीको क्यू फोर ३५ ई-ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँ निर्धारण गरिएको छ । अउडीका अन्य मोडलका विद्युतीय कार पनि ल्याउने बताइएको छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउने तयारी थालिसकेको छ ।