सेरेस ब्राण्डका ईभीमा हुवावेको टेक्नोलोजी, २० दिनपछि नेपालमा
काठमाडौं । विश्वकै अग्रणी ‘टेलिकम जायन्ट’ हुवावेसँग साझेदारी रहेको विद्युतीय सवारी ब्रान्ड सेरेसले नेपाली अटो बजारमा प्रवेश गर्ने घोषणा गरेको छ । विश्वका ७० भन्दा बढी देशमा उपस्थिति रहेको सेरेसले एसियामै सबैभन्दा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीसाधनको बजार नेपाललाई आफ्नो नयाँ गन्तव्य छनोट गरेको हो । चिनियाँ कम्पनीले इलेक्ट्रीक कार बनाउन स्थापना गरेको ‘डेडिकेटेड’ ब्रान्ड सेरेस नाडा अटो शोमा सार्वजनिक हुन लागेको हो । एमएडब्लू ग्रुपले सेरेस ब्रान्डलाई नेपाल ल्याउन लागेको हो । हुवावे र सेरेसले केही साताअघि मात्रै आफ्नो साझेदारीलाई विस्तार गर्दै ईभी विकास गर्ने घोषणा गरेका थिए । यी दुई कम्पनीले यो वर्षको अन्तसम्ममा हुवावेको ‘एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’ भएको आफ्नो पहिलो ‘आइटो–ब्रान्डेड’ कार सार्वजनिक गर्ने योजना बनाएका छन् । अहिले नेपाल आउन लागेको मोडल सेरेस-३ मोडलमा भने हुवावेको टेक्नोलोजी प्रयोग हुने छैन । हुवावेको सहयोगमा सेरेसले सन् २०२६ सम्ममा १० लाख इलेक्ट्रीक कार उत्पादन गर्ने लक्ष्य राखेको छ । उनीहरुले सहकार्यमा आविष्कार केन्द्रको स्थापना गर्ने पनि जनाइसकेको छ । सेरेसले हालसम्म एक लाखभन्दा बढी इलेक्ट्रीक कार डेलिभर गरिसकेको छ । प्रविधिको हब मानिने अमेरिकाको ‘सिलिकन भ्याली’मा स्थापना भएको सेरेस ब्रान्डलाई प्राविधिक विशिष्टताका कारण इभी क्षेत्रमा अग्रज मानिन्छ । हुवावे र सेरेसबीचको नयाँ सम्झौताअनुसार बन्ने इलेक्ट्रीक कार बिल्कुल नयाँ प्लेटफर्ममा निर्माण हुनेछ । यसका लागि सेरेरले औद्योगिक संसाधन र नयाँ प्रविधि तथा प्रक्रिया उपलब्ध गराउनेछ । त्यसैगरी, हुवावेले ‘स्मार्ट’ र ‘इनोभेटिभ इन्टरफेस’, ‘एड्भान्स्ड स्मार्ट ड्राइभिङ्ग टेक्नोलोजी’ र पछिल्लो ‘हार्मोनी अपरेटिंग सिस्टम सफ्टवेयर इकोसिस्टम’ बाट चल्ने ‘ककपिट’ उपलब्ध गराउनेछ । सेरेसले ‘सिलिकन भ्याली’मा मात्र नभई ७० भन्दा बढी मुलुकमा आफ्नो दमदार उपस्थिति देखाइसकेको छ । ईभीको उपलब्धतालाई सहज र दिगो बनाउनले उद्देश्यका साथ अघि बढिरहेको सेरेसले विश्वलाई प्रदुषण मुक्त बनाउने दीर्घकालिन लक्ष्य लिएको छ । सेरेर नविनतम प्रविधिको विकास गर्न चीनमा मात्र होइन अमेरिका र जापान लगायत मुलुकमा पनि आफ्नो अत्याधुनिक ‘रिसर्च एन्ड डेभलपमेन्ट विंग’लाई संचालन गर्दै आएको छ । ‘ड्राइभिङ’लाई थप पर्यावरण-मैत्री र व्यावहारिक बनाउने अभियानमा सेरेसले अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । आउँदो २६ भदौ (२० दिनपछि)बाट सुरु हुने नाडा अटो शोमा सेरेसले आफ्नो सफल उत्पादन ‘सेरेस-३’ लाई सार्वजनिक गर्ने योजना बनाएको छ ।
नाडा अटो-शोमा ५ हजार गाडी बुकिङ हुने अपेक्षा, विद्युतीय गाडीकै डोमिनेन्स्
काठमाडौं । आगामी भदौ २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डामा नाडा अटो एक्सपो २०२३ आयोजना हुँदैछ । ६ दिनसम्म चल्ने अटो एक्सपोको मुख्य आकर्षक विद्युतीय तथा कर्मसियल भेइकल रहेको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)ले जनाएको छ । ४ वर्षपछि हुन लागेको अटो–शोमा दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनकोे उल्लेख्य सहभागिता हुने नाडाले जनाएको छ । नाडाका अनुसार अटो–शोका लागि ८२ वटा स्टलहरु बुकिङ भैसकेका छन् । विगतका चार वर्षमा कारोना महामारी लगायतका कारणले नाडा अटो–शो हुन सकेको थिएन । लामो अन्तरालपछि हुन लागेको अटो–शोमा अटोमोबाइल कम्पनीहरुको अत्यधिक सहभागिता हुने नाडाका महासचिव सुरेन्द्र उप्रेतीले जानकारी दिए । उनका अनुसार अटो एक्सपोमा विभिन्न ब्राण्ड र मोडेलका सवारी साधनहरु र त्यसमा प्रयोग हुने टायरट्यूव, लुब्रिकेन्टस, स्पेयर पार्टस, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु ल्गायतका सामग्रीहरु रहनेछन् । नाडाका अनुसार एक्सपोमा चारपाङ्ग्रे सवारी साधन १७, दुई पाङ्ग्रे २३, कमर्सियल सवारी साधन ६, बैंक तथा वित्तीय निकायहरु ५, स्पेयर पार्टस, टायर लुब्रिकेन्टस, कम्पोनेन्ट तथा एसेसरिजका ३१ वटा स्टल रहनेछन् । उक्त–शो मा २२ ब्राण्डका मोटरसाइटल तथा स्कुटर, १६ ब्राण्डका कार तथा जिप, २६ वटा स्पेयर पार्टसका स्टलहरु रहनेछन् । प्राथमिकतामा इभी र कमर्सियल भेइकल अटो–शो मा विद्युतीय गाडी तथा कर्मसियल भेइकल मुख्य आकर्षण रहने भएका छन् । पछिल्लो समय डिजेल तथा पेट्रोलका गाडी बिक्री गर्दै आएका कम्पनीहरुले विद्युतीय गाडी भित्र्याउन थालेका छन् । सरकारले विद्युतीय गाडी (इभी)मा भन्सार तथा अन्तशुल्कमा छुट दिनेदेखि विद्युतीय गाडीलाई प्रोत्साहनको नीति लिएपछि अटो–शोमा इभीलाई मुख्य आकर्षणको रुपमा हेरिएको नाडाले जनाएको छ । अटो–शो २०२३ मा विभिन्न १२ वटा इभी कम्पनीले स्टल बुक गर्दा डिजेल तथा विद्युतबाट सञ्चालित गाडीका १० वटा कम्पनीले स्टल बुक गरेका छन् । अटो–शोमा टोयोटा, मित्सुबिसी, प्रोटोन, स्कोडा र होन्डाका चारपाङ्ग्रे सवारीसाधन देख्न नपाइने नाडाले जनाएको छ । पछिल्लो समय नेपाली बजारमा नयाँ मोडलको गाडी नआएको भन्दै टोयोटाले स्टल नराखेको नाडा स्रोतले जनायो । चारपाङ्ग्रेमा सुजुकी, निसान, टाटा मोटर्स, महिन्द्रा, हुन्डाई, सेरेस, ग्रेटवाल मोटर्स, फोर्ड, सिट्रोन सहभागी हुँदै छन् । त्यस्तै, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ र अर्को एउटा ब्रान्ड नखुलेको कम्पनी सहभागी हुने तय भएको छ । यी हुन अटो–शोमा देखिने दुई पाङ्ग्रे साधन यस वर्षको अटो शोमा यामाहा र हिरोले सहभागिता जनाउने छैनन् । मोटरसाइकलको बिक्री बढ्न नसकेकाले राम्रो बजार हिस्सा भएको यामाहा र आधिकारिक बिक्रेताको विवादका कारण हिरोले सहभागिता नजनाउने भएको हो । यी दुई बाहेक अन्य अधिकांश ब्राण्ड अटो शोमा रहने छन् । बजाज, टीभीएस, होन्डा, सुजुकी, केटीएम, जोन्टेस, भेस्पा, अप्रिलिया, जावा, रोयल इनफिल्ड, बेनेली जस्ता ब्राण्डले अटो–शोमा भाग लिनेछन् । त्यस्तै, विद्युतीय दुई पाङ्ग्रेतर्फ इभोक, स्लेन, एफ्टेक, सनरा, प्योर ईभी, कोमाकी, इलेक्ट्रिक वान, सेग–वे, एनआईयू, याडिया र लेभ्निङ सहभागी हुने छन् । इभीकाे बाेलवाला रहने अटो–शोमा टाटा, हुन्डाई, सेरेन, ग्रेटवाल, सिट्रोन, नेटा, बीवाईडी, किया, एमजी, म्याक्सस, विलिङ लगायतका कम्पनीका विद्युतीय गाडीहरु प्रदर्शनमा आउने भएका छन् । हुन्डाईले कोना र आयोनिक शोमा राख्ने नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टले अटो शोमा यसअघि नै बिक्री हुँदै आएको कोना र आयोनिक मोडलका गाडीहरु राख्ने जनाएको छ । कम्पनीले अटोशोमा पुरानै विद्युतीय गाडीहरु राख्ने जनाएको हो । हुन्डाइ कोना र आईओएनआईक्यू ५ नेपालमा धेरै रुचाएको विद्युतीय गाडी भएको भन्दै कम्पनीले अटोशोमा सोही गाडीहरु राख्न लागेको हो । हाल कोना ३ वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध रहेको छ । कोना एनएसको मूल्य ६० लाख ९६ हजार, जीएल ६१ लाख ९६,००० र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रहेको कम्पनीले जनाएको छ । आईओएनआईक्यू ५ जीएलएस भिजन रुफ भेरियन्टको मूल्य १ करोड २ लाख ९६ हजार बराबरको रहेको कम्पनीले जनाएको छ । एमजी इभी–४ ल्याउँदै पारामाउन्ट नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले अटो–शोका लागि नै लक्षित गरेर एमजी फोर मोडलको गाडी बिक्री गर्ने तयारी गरेको छ । एमजी फोर दुई ब्याट्री अप्सनसहित आउँदै छ । जसमा ५१ र ६४ किलोवाट आवर ब्याट्री प्याकमा सार्वजनिक हुन लागेको यो गाडीले क्रमशः ३५० र ४५० माथि नै रेन्ज दिने कम्पनीको दाबी छ । तर, कम्पनीले हालसम्म मूल्य भने सार्वजनिक गरेको छैन । डल्फिन गाडी भित्र्याउँदै बीवाईडी बीवाईडी गाडीको आधिकारिक वितरण साइमेक्स इंकले नाडा अटो शोमा डल्फिन गाडी बिक्रीका लागि राख्ने जनाएको छ । बीवाईडीले डल्फिनसँगै एटो–थ्रि समेत राख्ने तयारी गरेको छ । नेपाली बजारमा करिब ४५ लाख रुपैयाँ हाराहारिमा रहेको डल्फिन मोडलको गाडीमा ४४.९ किलोवाट प्रति घण्टा ब्याट्री क्षमता, ४२० किलोमिटर रेन्जको चार्च तथा ७० किलोबाटको मोटर जडान भएको कम्पनीले जनाएको छ । महिन्द्रा एक्सयूभी ४०० नेपालमा महिन्द्रा गाडीको आधिकारिक वितरक अग्नि समूहले नाडा अटोशोमा महिन्द्रा एक्सयुभी ४०० देखाउने भएको छ । नाडा अटो शोका लागि नै नयाँ कम्पनीले उक्त गाडी नेपाल ल्याउन लागेको हो । लिथियम आयोन ब्याट्री जडान गरिएको उक्त गाडाीमा ३४.५ र ३९.४ किलोवाट आवर गरी दुई वटा ब्याट्री अप्सन रहेको छ । तर, कम्पनीले हालसम्म नेपाली मूल्य भने सार्वजनिक गरेको छैन । सेरेस मोडलको नयाँ गाडी भित्रिँदै नाडा अटो शोमा नेपालमा नयाँ विद्युतीय गाडी भित्रन लागेको छ । एमएडब्लू कम्पनीले अटोशोका लागि नै चिनियाँ ब्रान्डको सेरेस–३ गाडी भित्र्याउन लागेको हो । सेरेस–३ मा ५२.७ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । सस्तो मूल्यमा टाटा टियगो टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटोशोमा टियगो गाडी राख्ने तयारी गरेको छ । कम्पनीले २५ लाख रुपैयाँ हाराहारीमा अटोशोमा नै टियागो गाडीको लन्च गर्ने तयारी गरेको छ । सो मोडलको गाडी भारतमा लन्च भएसँगै कम्पनीले नेपाल ल्याउने तयारी गरेको हो । कम मूल्यमा सस्तो विद्युतीय गाडी उपलब्ध भएसँगै अटोशोको मुख्य आकर्षक टियगो नै हुनसक्ने नाडाले जनाएको छ । ५ हजार गाडी बुक हुने अनुमान चार वर्षपछि हुन लागेको आटोशोमा ५ हजार हाराहारीमा गाडीको बुकिङ हुने व्यवसायीहरुले अनुमान गरेका छन् । पछिल्लो समय धेरै उपभोक्ताको रोजाइ विद्युतीय गाडी रहेको र अटो शोमा नयाँ मोडलका गाडीहरु भित्रिएपछि उक्त संख्यामा गाडीहरु बुकिङको अनुमान गरिएको उनीहरुको भनाई छ । नाडाले समेत २० अर्ब रुपैयाँ बराबरको कारोबार हुँदा २ लाख मानिसले अटो–शो भिजिट गर्ने अनुमान गरेको छ । यसअघि भएको अटो शोमा ५ अर्ब हाराहारीमा कारोबार हुँदा ८० हजार बराबरको टिकट काटिएको थियो ।
नेपालका बैंक व्यवसाय मैत्री भएनन्, राष्ट्र बैंक पनि चुक्यो : अनुप बराल
काठमाडौं । पछिल्ला वर्षहरुमा नेपाली सडकमा विद्युतीय सवारीको उपस्थिति उल्लेख्य रूपमा बढेको देखिन्छ । जसले पेट्रोल र डिजेलबाट चल्ने गाडीको व्यवसायलाई चुनौति थपिरहेको छ । अर्कोतर्फ, अर्थतन्त्रमा देखिएको शिथिलता र छिटाछिटो फेरिने सरकारी नीतिले पनि अटोमोबाइल्स व्यवसायलाई प्रभावित गरिरहेको छ । यस क्षेत्रमा संलग्न व्यवसायीहरु सकसपूर्ण अवस्थामा रहेको बताउँने गरेका छन् । नेपालमा अटोमोबाइल्सको बजार, अबको सम्भावना, सरकारी नीति र व्यवसायीका समस्या आदि विषयलाई केन्द्रित गरेर नारायणी अटो बिजनेस कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपकुमार बरालसँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : नेपाली बजारमा अटोमोबाइल्सको व्यापारमा सुस्तता आएको चर्चा छ । नारायणी अटो बिजनेसको अवस्था चाहिँ कस्तो छ ? अटो बजार खस्किएको अवस्थाबाट नारायणी अटो पनि अछुतो छैन । आर्थिक मन्दीले अटो व्यवसायलाई ठूलो चोट पारेको छ । हामी पनि त्यही क्षेत्रका परिवारको सदस्य भएकाले खराब अवस्था बाटै गुज्रिरहेका छौं । नेपाली बजारमा विद्युतीय सवारीप्रतिको आकर्षण असाध्यै बढेको छ । सुजुकीले भने अहिलेसम्म विद्युतीय सवारी ल्याएको छैन । विद्युतीय सवारीको सन्दर्भका कम्पनीले के भनिरहेको छ ? सुजुकी भारतको नम्बर वान गाडी निर्माता कम्पनी हो । यसले आफ्नो यात्रा निरन्तर राख्छ । पाइपलाइनमा धेरै गाडीहरू छन् । हामीले नेपालमा सुजुकीको विभिन्न मोडलका गाडीहरू ल्याएर लन्च ग रिरहेका छौं । केही समय अगाडि मात्रै जिम्नी र फ्रोन्क्स गाडी सार्वजनिक गरेका छौं । पछिल्लो समय धेरै कम्पनीहरू ईभीतर्फ लम्कँदै गर्दा सुजुकीले पनि ईभीको योजना बनाइ रहेको होला । हाम्रो कम्पनीको पनि ईभी गाडी आउँछ । तर, कहिले आउँछ भनेर चाहिँ भन्न सक्ने अवस्था छैन । यसको लागि समय लाग्छ । नेपाली ग्राहकको रोजाइमा कस्ता गाडि पर्ने गरेको पाउनुभएको छ ? ग्राहकको रोजाइमा परिवर्तन आएको छ । पहिला साना गाडीहरू धेरैको रोजाइमा पथ्र्यो । अहिले एसयूभी लक्षित ग्राहक धेरै भएको पाएका छौं । किनभने, सानादेखि ठूला गाडीको मूल्य वृद्धि भयो । एकदमै सानो कारको मूल्य २५/२६ लाखदेखि ४० लाख रुपैयाँसम्म पुग्यो । ४० लाख रुपैयाँ हालेर सानो कार किन्नु भन्दा त्यहीँ हाराहारीको मूल्यमा एसयूभीका गाडी पाइने भएकाले यस प्रति ग्राहकको आकर्षण बढेको छ । यस सँगसँगै ग्राहको क्रेज इभी प्रति पनि बढ्दै गएको छ । यो बजारको माग हो । महँगो वा सस्तो गाडीप्रति उपभोक्ताको रूचि वा छनोटको विधि के पाउनुभएकाे छ ? उपभोक्ताले दुई वटा विधिबाट गाडीको छनोट गरेको पाइन्छ । एउटा बजेट र अर्को आवश्यकता । आफ्नो आवश्यकता अनुसारको गाडी र त्यसमा अधिकतम फिचर भयो भने पुग्छ । गाडी छान्ने तरिका नै सबै भन्दा पहिलो ग्राहकको आवश्यकता हुन्छ । मेरो परिवार यति जान छन् । यति सिटर गाडी चाहिन्छ । अथवा ४ वा ५ सिटर गाडी भए हुन्छ । मेरो यति बजेटसम्म भए हुन्छ । र, मेरो घरमा राख्ने स्पेश यत्रो छ । आफ्नो आम्दानी यस्तो छ भन्ने कुरामा निर्भर हुने रहेछ । उहाँहरूलाई सुहाउँदो गाडी किन्नको लागि हामी पनि सुझाव दिन्छौं । बैंक फाइनान्सले पनि गाडी किन्न सकिने भएकाले त्यसको लागि पनि हामी सहयोग गर्छौं । अटोमोबाइल्स बजारप्रतिको सरकारको नीतिलाई कसरी मूल्याङ्कन गर्नुभएको छ ? सरकारले पछिल्लो समय विद्युतीय सवारी किन्न प्रोत्साहन गरिरहेको छ । यसअघि कहिल्यै पनि सरकारले सवारी किन्न प्रोत्साहन गर्दैनथ्यो । ईभी गाडीको आयातमा भन्सार छुट लगायतका सेवा सुविधा दिइरहेको छ । आइसीई इन्जिनमा लाग्ने भन्सार ईभीमा पनि लगाएको भए ईभीका गाडी किन्नै नसक्ने अवस्था हुन्थ्यो । बैंकले ईभीको सवारीमा ८० प्रतिशतसम्म फाइनान्स गर्दै आएको छ । त्यो चाहिँ सरकारले गरेको सपोर्ट हो । नेपाली बजारमा ईभी गाडी आएसँगै इन्धनबाट चल्ने गाडीको व्यापारमा गिरावट आएको हो ? ईभी नेपाली बजारमा आएपछि इन्धनबाट चल्ने गाडी व्यापारमा कमी आएको छ । किनभने यस बीचमा अर्थतन्त्रमा समस्या आयो । सरकारले गाडी आयातमा पनि प्रतिबन्ध लगायो । अहिले आयात खुलेको छ, नयाँ विशेषताका गाडीहरू आउन थालेका छन् । त्यो बेला ईभी गाडी भित्रिए । मान्छेको ध्यान ईभीतिर भयो । भन्सार विभागको डाटाले ६० प्रतिशतसम्म ईभीको गाडी भित्रिएको देखाउँछ । त्यो संख्यामा ईभी आउँदा इन्धनका गाडीलाई धक्का परेको हो । चालु आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि इन्टर्नल कम्बसन (आइसी) इन्जिनका गाडीलाई पनि ब्याक हुन सजिलो भएको छ । आइसी इन्जिनमा खर्बौं रुपैयाँ लगानी भएको छ । ईभीमा भर्खर लगानीको सुरुवात हुँदै छ । त्यो बामे सर्दैै गरेको इन्डस्ट्री हो । तर, आइसी इन्डस्ट्रीको इतिहास ६०/७० वर्ष पुरानो छ । यसलाई आँखा चिम्म गरेर बस्ने अवस्था हैन । यद्यपी, हामीले प्रविधिलाई आत्मसाथ गर्नुपर्छ । नेपालको भौगोलिक अवस्था बाटोको अवस्था, नेपालमा हुँदै गरेको पूर्वाधारको विकास यी सबै कुरालाई मध्यनजरमा राखेर ग्राहकले के चाहान्छन, आवश्यकता के हो ? त्यसलाई पहिचान गरेर ग्राहकलाई सन्तुष्ट बनाइ प्रडक्ट बजारमा दिनुपर्छ । अहिले नेपाली अटो बजारले भोगिरहेको मूख्य समस्या के हो ? नीतिगत कारणले गर्दा व्यापार खस्किएको छ । अर्थतन्त्रमा आएको शिथिलताले पनि ब्यापार घटाउन सघायो । एउटा डिलरले करौडौं रुपैयाँ बराबरको ब्याजदरको भार बोक्नु परेको छ । उनीहरूले सबै सम्पत्ती राखेर ऋण लिएका छन् । तर, कारोबार भने भएको छैन । ऋणको ब्याज बढेर करोडौं भएको छ । बैंकले घाटामा गएको ठाउँमा लगानी गर्दैन । राष्ट्र बैंकले जोखिम भार घटाएको छ । कारोबार अनुसारको मात्र लगानी गर्छौं भनेर बैंकहरु भनिरहेका छन् । आयात प्रतिबन्ध भएको बेला पनि कारोबार भएन । त्यसपछि, वित्तीय संस्थामा देखिएको तरलता अभावले पनि कारोबार हुन सकेन । बैंकहरुले लगानी गर्दै गरेनन् । चालु आर्थिक वर्षको बजेटपछि गाडीको व्यपारमा केही चहल पहल देखिन थालेको छ । हामी आशावादी छौं, घाम लागेपछि उज्यालो हुनेछ भन्ने आशामा छौं । गाडीमा आयात प्रतिबन्ध लागेको र अर्थतन्त्रमा शिथिलता आएको कारण कतिपय शोरूम बन्द भएका थिए । अहिलेको अवस्था चाहिँ कस्तो छ ? मेरो आफ्नै कम्पनीको कुरा गर्ने हो भने सोरुममा १८/२० महिनादेखि गाडी थिएन । भएको स्टक सकियो । उठ्नुपर्ने पैसा उठाएर बैंकमा ब्याज ति¥यौं । धेरै व्यपारीकोहरुको बैकिङ च्यानल नै भत्कियो । बैंकसँगको च्यानल नै बिग्रिएपछि अन्य लगानी कहाँबाट जुटाउने ? नेपालका बैंकहरु फ्रेन्ड्ली छैनन् । यसमा राष्ट्र बैंकको पनि भूमिका छ । कारोबार नगर्दा चाहिँ उहाँहरू कारोबार गर्नु पर्याे भन्दै आउनुहुन्छ । ८-९ महिना आयात बन्द हुँदा र तरलता अभाव हुने वित्तिकै तपाईंको घर लिलाम गर्नु पर्याे भन्दै घर अगाडी सेक्युरेटी पठाउनुहुन्छ । बैंकहरु कस्टुमर तथा व्यवसाय मैत्री हुनुप¥यो । उद्योगी व्यवसायीहरू अर्बौैं घाटामा गएको बेला खर्बौं रुपैयाँ बैंकहरुले नाफा गर्छन् । पारस्पारिक लाभ हुने गरी काम नगर्ने हो भने कुनै पनि उद्योग फस्टाउँदैन । केही अघिसम्म कतिपय कम्पनीले कर्मचारीलाई तलब नै दिन नसक्ने अवस्थामा छौं भनेका थिए । तपाईंको कम्पनीको अवस्था चाहिँ कस्तो छ ? मेरो कम्पनीमा यस्तो अवस्था छैन । मेरो कम्पनीमा करिब ५०/६० जना काम गर्नुहुन्छ । आजका दिनसम्म जस्तोसुकै जोखिम आए पनि कर्मचारीको तलब रोक्नु परेको छ्रैन । बरु कम्पनी करोडौं रुपैयाँ घाटामा होला । कर्मचारीलाई चाहिँ समयमै तलब दिदै आएका छौं । उहाँहरू कोही पढ्दै हुनुहुन्छ, केही साथीहरूले बाआमालाई ल्याएर पाल्नु भएको छ । उहाँहरूको पहिलो स्रोत नै जागिर हुन्छ । मैले पनि जागिर नै खाएर आएको भएर होला, मैले उहाँहरूको मर्मलाई बुझेको छु । अहिलेसम्म तलब रोक्नु परेको छैन । भिडियाेमा हेर्नुहाेस्