बुटवलमा दोस्रो पटक एनओजी राइड

काठमाडौं । टिभिएस मोटरको नेपालमा आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा दोस्रो पटक एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । साउन ६ गते शनिबार आयोजना भएको यस राइड टिभिएसको बुटवल शोरूम (बालाजी अटोमोबाइल्स) बाट शुरु भएर बनबाटिका, बुटवल पुगेर समापन भएको थियो । राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ भने अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो । करिब ४० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरेका थिए ।

२५ लाखसम्मको सवारी कर्जामा जोखिम भार घट्यो

काठमाडौं । राष्ट्र बैंकले २५ लाख रुपैयाँसम्मको सवारी कर्जामा जोखिम भार घटाएको छ । शुक्रबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले २५ लाख रुपैयाँ भन्दा कम मूल्यका निजी सवारी साधनको कर्जामा जोखिम भार घटाएको हो । अब २५ लाख रुपैयाँसम्मका् सवारी खरिद गर्न कर्जा लिँदा १ सय प्रतिशत मात्रै जोखिम भार लागू हुनेछ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् जोखिम भार घटाउने घोषणा गरेको थियो । यसअघि २५ लाखमुनिका गाडी कर्जामा जोखिमभार १५० प्रतिशत थियो । अब बैंक तथा वित्तीय संस्थाहरु २५ लाख रुपैयाँसम्मका सवारी खरिद गर्नका लागि कर्जा प्रवाह गर्न प्रोत्साहित हुने छन् । साथै, महँगा गाडी खरिद गर्न भने निरुत्साहित गर्न खोजेको देखिन्छ ।

जिडब्लुएमका गाडी किन्दा एभरेष्ट बैंकले ८० प्रतिशतसम्म ऋण दिने

काठमाडौं । भिजि ईम्पेक्स र एभरेष्ट बैंक लिमिटेडबीच वित्तीय (फाइनान्सिङ) सम्झौता भएको छ । भिजि ईम्पेक्स नेपालमा जिडब्लुएम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंकसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच ६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूमा ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउका लागि सम्झौता गरेको हो । उक्त सम्झौतामा आज भिजि ईम्पेक्स, जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले हस्ताक्षर गरेका हुन् । जिडब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् । जिडब्लुएमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् । एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ब्याजदर सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ब्याजदर १०.८० प्रतिशत ८ रहने कम्पनीले जानकारी दिएको छ । जिडब्लुएमका इलेक्ट्रिक गाडी इलेक्टीकको लागि ब्याजदर मात्र बिआर८+ २.०० प्रतिशत (११.३० प्रतिशतको प्रभावकारी ब्याज) दर रहनेछ । जि.डब्लु.एमका आईसी मोडेलको गाडीको लागि ब्याजदर मात्र बिआर८+ २.५० प्रतिशत (११.८० प्रतिशतको प्रभावकारी ब्याज दर) रहनेछ । जिडब्लुएमका इलेक्ट्रिक गाडी इनेक्टिकको लोन–टु–भ्यालु (लोन–टु–भ्यालु/बैंक फाइनान्स) मा ५० प्रतिशत सम्मको लगानीमा ब्याजदरमा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको छ । ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।